स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि धनकुटा जिल्ला अस्पताल र आसपासको क्षेत्रलाई सिल गरिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा आइतबार धनकुटाकी एक स्वास्थ्यकर्मी संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि आइतबार राति संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले संक्रमित क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो ।
सोही निर्णय वमोजिम धनकुटाको संक्रमित क्षेत्रलाई चार किल्ला कायम गरेर मानिसहरुको आवातजावत निषेध गरिएको छ । सिल गरिएको क्षेत्रमा नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन गरिएको धनकुटा प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए । ‘चारकिल्ला कायम गरेर संक्रमित क्षेत्रलाई सिल गरिएको छ, र सुरक्षाकर्मी परिचालन गरिएको छ,’उनले भने ।
धनकुटामा पहिलो पटक कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएको हो । जिल्ला प्रशासनका अुनसार धनकुटाको वडा नं ७ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रदेखि बसपार्क, जिरो पोइन्ट, परिचय मोडे, यलम्बर चोक, सिनेमा हल, याक्चना घाट जाने त्रिवेणी चोकसम्मको चारकिल्ला कायम गरिएको छ । यो क्षेत्रलाई चारकिल्ला कायम गरेर अर्को आदेश नभएसम्म सिल गरिएको प्रजिअ विमलीले बताए ।
संक्रमित स्वास्थ्यकर्मीलाई विराटनगर पठाइयो
जिल्ला अस्पताल धनुकटाकी कोरोना संक्रमित महिला स्वास्थ्यकर्मीलाई विराटनगर पठाइएको निमित्त मेडिकल सुपरिटेण्डेट डा.पुजन विश्वकर्माले जानकारी दिए । उनलाई विराटनगरस्थित कोभिड-१९ उपचार केन्द्रमा राखिनेछ ।
डा. विश्वकर्माका अनुसार संक्रमित स्वास्थ्यकर्मीको ट्राभल हिष्ट्री छैन । लकडाउन भएदेखि स्वास्थ्यकर्मीहरु बाहिर नगई नै नियमित अस्पतालमा उपचारमा खटिएकोले विरामीबाट नै कोरोना भाइरस सरेको प्रारम्भिक निष्कर्षमा पुगेको उनले बताए । ‘कोही पनि बाहिर गएको छैनौं, हामी चौबिसै घण्टा जसो सेवामा छौं,’उनले भने,‘त्यसैले कोही विरामीबाट नै कोरोना सरेको प्रारम्भिक निष्कर्षमा पुगेका छौं ।’ धनकुटामा बाहिरबाट धेरै मानिसहरुलाई ल्याइएको कारण पनि कोरोनाबाट संक्रमण भयो भन्ने पत्ता लगाउन निक्कै गाह्रो हुने उनले बताए ।
५ सयको परीक्षण गरिने, भिटिएमको अभाव
निमित्त मेडिकल सुपरिटेण्डेट डा.विश्वकर्माका अनुसार जिल्ला अस्पतालमा कार्यरत ५५ स्वास्थ्यकर्मीसहित ५ सयको हाराहारीमा कोरोना परीक्षण गरिने भएको छ । अस्पताल क्षेत्र सिल भएदेखि अड्किएका र कन्ट्याक्ट ट्रेसिङ गर्दासहितको ५ सयको परीक्षण गर्नुपर्ने उनले बताए ।
डा.विश्वकर्माका अनुसार अस्पतालमा स्वाब लिनको लागि भिटिएमको अभाव छ । तत्काल १० वटा मात्र भिटिएम रहेको उनले बताए । ‘हामीले ५ सय भिटिएम मागेका छौं, हामीसँग १० वटा मात्र छ,’उनले भने,‘प्रदेश र माथिल्लो निकायमा पहल गरेका छौं ।’
धनुटामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा कोरोना संक्रमण भेटिएको छ । मंगलबार थपिएको ५ जना संक्रमित मध्ये २४ महिला र २८ र २९ बर्षिय पुरुष स्वास्थ्यकर्मीमा कोराना संक्रमण देखिएको हो । संक्रमित तिनैजना जिल्ला अस्पतालमा कार्यरत रहेका हुन । त्यस्तै स्वास्थ्यकर्मीको आफन्त ३७ बर्षिय पुरुषमा र ३५ बर्षिय प्रहरी जवानमा समेत कोराना संक्रमण भएको छ । प्रहरी जवान जिल्ला अस्पताल धनकुटामा सुरक्षामा खटिएका हुन् ।
थपिएसँगै धनकुटामा संक्रमित संख्या ६ जना पुगेको छ । मंगलबार धरानस्थि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा गरिएको परिक्षणको क्रममा थप ५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेट डा. पुजन विश्वकर्माले बताए ।
गएको जेठ ४ गते जिल्ला अस्पतालमा कार्यरत ३४ बर्षिय स्टाफ नर्समा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा रहेका ८३ जनाको स्वाब संकलन गरी परिक्षण गरिएको थियो । ती स्टाफनर्सको ५ बर्षिय छोराको भने नेगेटिभ रिपोर्ट आएको छ । ती मध्ये ६५ जनाको परिक्षण गर्दा संक्रमित देखिएको डा. विश्वकर्माले बताए । अब १८ जनाको रिपोर्ट आउन बाँकि रहेको छ ।
संक्रमित ब्यक्तिहरुलाई कोरोना कसरी स¥यो भनेर अझै अन्यौल रहेको छ । जिल्ला अस्पतालमा आएका विरामी वा विरामीको कुरुवाबाट सरेको अनुमान गरेपनि अझै पहिचान हुन सकेका छैन । स्वास्थ्यकर्मीहरु बाहिर नगएको र भेटघाट समेत कसैसँग नगरेको अस्पताल स्रोतले बताएको छ ।
रिपोर्ट आएपछि संक्रमित ब्यक्तिलाई उपचारको लागि कोशी कोराना अस्पताल विरानगर लगिएको छ । कोराना संक्रमण बढेसँगै उनीहरुको सम्पर्कमा रहेका ब्यक्तिहरुको समेत कन्ट्यक्ट ट्रेसिङ गरिरहेको र स्वाब संकलन गर्ने कार्य थलानी गरेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी जयराम श्रेष्ठले बताए ।
चारदिनदेखि जिल्ला अस्पताल आसपास सिल
स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि चारदिन देखि धनकुटा जिल्ला अस्पताल र आसपासको क्षेत्रलाई सिल गरिएको छ । संक्रमण पुष्टि भएपछि आइतबार राती संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले संक्रमित क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो ।
सोही निर्णय वमोजिम धनकुटाको संक्रमित क्षेत्रलाई चार किल्ला कायम गरेर मानिसहरुको आवातजावत निषेध गरिएको छ । सिल गरिएको क्षेत्रमा नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख तुलसीप्रसाद गुरागाईले बताए । धनकुटा नगरपालिकाको वडा नं ७ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रदेखि बसपार्क, जिरो पोइन्ट, परिचय मोडे, यलम्बर चोक, सिनेमा हल, याक्चना घाट जाने त्रिवेणी चोकसम्मको चारकिल्ला कायम गरिएको छ ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।