स्वास्थ्यकर्मी संक्रमित भएपछि धनकुटा जिल्ला अस्पताल आसपास सिल
०५ जेष्ठ २०७७
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
स्वास्थ्यकर्मी संक्रमित भएपछि धनकुटा जिल्ला अस्पताल आसपास सिल

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि धनकुटा जिल्ला अस्पताल र आसपासको क्षेत्रलाई सिल गरिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा आइतबार धनकुटा अस्पतालमा कार्यरत २३ बर्षिय स्टाफ नर्समा  संक्रमण पुष्टि भएको थियो । शनिबार चारजना स्वास्थ्यकर्मि र एकजना सुरक्षाकर्मीको स्वाव नमुना संकलन गरी परीक्षणका लागि धरानस्थित विपीकोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानको प्रयोग शालामा पठाइको थियो । संक्रमण पुष्टि भएपछि आइतबार राती संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले संक्रमित क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो ।

सोही निर्णय वमोजिम धनकुटाको संक्रमित क्षेत्रलाई चार किल्ला कायम गरेर मानिसहरुको आवातजावत निषेध गरिएको छ । सिल गरिएको क्षेत्रमा नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख तुलसीप्रसाद गुरागाईले बताए । चारकिल्ला कायम गरेर संक्रमित क्षेत्रलाई सिल गरिएको छ, र सुरक्षाकर्मी परिचालन गरिएको छ,’उनले भने ।

धनकुटामा पहिलो पटक कोरोना भाइरस(कोभिड १९) संक्रमित भेटिएको हो । जिल्ला प्रशासनका अुनसार धनकुटाको वडा नं ७ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रदेखि बसपार्क, जिरो पोइन्ट, परिचय मोडे, यलम्बर चोक, सिनेमा हल, याक्चना घाट जाने त्रिवेणी चोकसम्मको चारकिल्ला कायम गरिएको छ ।  

स्वास्थ्यकर्मीलाई विराटनगर पठाइयो

जिल्ला अस्पताल धनुकटाकी कोरोना संक्रमित महिला स्वास्थ्यकर्मीलाई विराटनगर पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख तुलसीप्रसाद गुरागाईले बताए । उनलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा राखिनेछ ।

संक्रमित स्वास्थ्यकर्मीको ट्राभल हिष्ट्री छैन । लकडाउन भएदेखि स्वास्थ्यकर्मीहरु बाहिर नगई नै नियमित अस्पतालमा उपचारमा खटिएकोले विरामीबाट नै कोरोना भाइरस सरेको प्रारम्भिक निष्कर्षमा पुगेको उनले बताए । ‘कोही पनि बाहिर गएको छैनौं, हामी चौबिसै घण्टा जसो सेवामा छौं,’उनले भने,‘त्यसैले कोही विरामीबाट नै कोरोना सरेको प्रारम्भिक निष्कर्षमा पुगेका छौं ।’ धनकुटामा बाहिरबाट धेरै मानिसहरुलाई ल्याइएको कारण पनि को बाट संक्रमण भयो भन्ने पत्ता लगाउन निक्कै गाह्रो हुने उनले बताए ।  

जिल्ला अस्पतालमा कार्यरत ५५ स्वास्थ्यकर्मीसहित ५ सयको हाराहारीमा कोरोना परीक्षण गरिने भएको छ । अस्पताल क्षेत्र सिल भएदेखि अड्किएका र कन्ट्याक्ट ट्रेसिङ गर्दासहितको ५ सयको परीक्षण गर्नुपर्ने उनले बताए ।

लोकप्रिय
अर्को समाचार
स्वास्थ्यकर्मी संक्रमित भएपछि धनकुटा जिल्ला अस्पताल आसपास सिल
०५ जेष्ठ २०७७
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
स्वास्थ्यकर्मी संक्रमित भएपछि धनकुटा जिल्ला अस्पताल आसपास सिल
कोरोना संक्रमित भेटिएपछि सिल गरिएको धनकुटाको हुलाक टोल क्षेत्र । तस्बिर : नागरिक

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि धनकुटा जिल्ला अस्पताल र आसपासको क्षेत्रलाई सिल गरिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा आइतबार धनकुटाकी एक स्वास्थ्यकर्मी संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि आइतबार राति संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले संक्रमित क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो ।  

सोही निर्णय वमोजिम धनकुटाको संक्रमित क्षेत्रलाई चार किल्ला कायम गरेर मानिसहरुको आवातजावत निषेध गरिएको छ । सिल गरिएको क्षेत्रमा नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन गरिएको धनकुटा प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए । ‘चारकिल्ला कायम गरेर संक्रमित क्षेत्रलाई सिल गरिएको छ, र सुरक्षाकर्मी परिचालन गरिएको छ,’उनले भने ।

धनकुटामा पहिलो पटक कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएको हो । जिल्ला प्रशासनका अुनसार धनकुटाको वडा नं ७ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रदेखि बसपार्क, जिरो पोइन्ट, परिचय मोडे, यलम्बर चोक, सिनेमा हल, याक्चना घाट जाने त्रिवेणी चोकसम्मको चारकिल्ला कायम गरिएको छ । यो क्षेत्रलाई चारकिल्ला कायम गरेर अर्को आदेश नभएसम्म सिल गरिएको प्रजिअ विमलीले बताए ।  

संक्रमित स्वास्थ्यकर्मीलाई विराटनगर पठाइयो
जिल्ला अस्पताल धनुकटाकी कोरोना संक्रमित महिला स्वास्थ्यकर्मीलाई विराटनगर पठाइएको निमित्त मेडिकल सुपरिटेण्डेट डा.पुजन विश्वकर्माले जानकारी दिए । उनलाई विराटनगरस्थित कोभिड-१९ उपचार केन्द्रमा राखिनेछ ।

डा. विश्वकर्माका अनुसार संक्रमित स्वास्थ्यकर्मीको ट्राभल हिष्ट्री छैन । लकडाउन भएदेखि स्वास्थ्यकर्मीहरु बाहिर नगई नै नियमित अस्पतालमा उपचारमा खटिएकोले विरामीबाट नै कोरोना भाइरस सरेको प्रारम्भिक निष्कर्षमा पुगेको उनले बताए । ‘कोही पनि बाहिर गएको छैनौं, हामी चौबिसै घण्टा जसो सेवामा छौं,’उनले भने,‘त्यसैले कोही विरामीबाट नै कोरोना सरेको प्रारम्भिक निष्कर्षमा पुगेका छौं ।’ धनकुटामा बाहिरबाट धेरै मानिसहरुलाई ल्याइएको कारण पनि कोरोनाबाट संक्रमण भयो भन्ने पत्ता लगाउन निक्कै गाह्रो हुने उनले बताए ।  

५ सयको परीक्षण गरिने, भिटिएमको अभाव
निमित्त मेडिकल सुपरिटेण्डेट डा.विश्वकर्माका अनुसार जिल्ला अस्पतालमा कार्यरत ५५ स्वास्थ्यकर्मीसहित ५ सयको हाराहारीमा कोरोना परीक्षण गरिने भएको छ । अस्पताल क्षेत्र सिल भएदेखि अड्किएका र कन्ट्याक्ट ट्रेसिङ गर्दासहितको ५ सयको परीक्षण गर्नुपर्ने उनले बताए ।  

डा.विश्वकर्माका अनुसार अस्पतालमा स्वाब लिनको लागि भिटिएमको अभाव छ । तत्काल १० वटा मात्र भिटिएम रहेको उनले बताए । ‘हामीले ५ सय भिटिएम मागेका छौं, हामीसँग १० वटा मात्र छ,’उनले भने,‘प्रदेश र माथिल्लो निकायमा पहल गरेका छौं ।’

 

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस