धनकुटा बजारको सिल खुलाईयो
०९ जेष्ठ २०७७
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
धनकुटा बजारको सिल खुलाईयो

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि चारदिन अघिदेखि सिल गरिएको धनकुटा अस्पताल आसपासका क्षेत्र शुक्रबारबाट खोलिएको छ । धनकुटा जिल्लास्तरीय कोभिड १९ कमाण्ड फोर्सका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी केशबप्रसाद विमलीको अध्यक्षतामा बसेको बैठकले अस्पताल परिसर वाहेक बजार क्षेत्रमा लगाएको सिल हटाइएको कोभिड १९ कमाण्ड फोर्सका सदस्य सचिव तथा सूचना अधिकारी जयराम श्रेष्ठले बताए । 

त्यस्तै धनकुटा अस्पताल आइतबारदेखि सञ्चालन गरिने भएको छ । गत जेठ ४ गते स्वास्थ्यकर्माीमा कोरोना संक्रमण पुष्टि भएसंगै अस्पतालबाट दिदै आएको सम्पूर्ण सेवा बन्द गरिएको थियो । शनिबार अस्पताल क्षेत्रलाई पूर्णरुपमा सेनिटाइजर निर्मलिकरण गरेर आइतबारदेखि सञ्चालनमा ल्याइन्ने कोभिड १९ कमाण्ड फोर्सका सदस्य सचिव तथा सूचना अधिकारी जयराम श्रेष्ठले बताए । 

आइतबार विशषज्ञ र स्वास्थ्यकर्मीको टोली आएपछि सञ्चालन गरिने भएको छ । कोरोना संक्रमण भएका व्यक्तिको परिवार र बाहिरि जिल्लाबाट आएका ८४ जनाको पिसिआर टेस्टको लागि स्वाब संकलन गरी परिक्षण गर्न पठाइएको छ । उनीलाई रिर्पोट नआएसम्म क्वारेन्टिानमा राखेको छ । धनकुटा जिल्लामा २१६ जना क्वारेन्टिानमा बसिरहेका कोभिड १९ कमाण्ड फोर्सका सदस्य सचिव तथा सूचना अधिकारी श्रेष्ठले बताए धनकुटामा कोरोन संक्रमण बढ्न थालेपछि छिमेकी जिल्लासँग जोडिएको नाका बन्द गरिएको छ । 

अनुमति लिइ आउने सबैलाई अनिवार्य स्वास्थ्य परिक्षण गरिरहेको जिल्ला प्रशासन कार्यलय धनकुटाले जानकारी दिएको छ । धनकुटामा दुइजना सुरक्षाकर्मी, ४ जना सस्थ्यकर्मी र एकजना स्वस्थ्यकर्मीको परिवार गरी ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

लोकप्रिय
अर्को समाचार
उपत्यकामा फेरि कोरोना, १२ जनामा पुष्टि
१४ चैत्र २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
उपत्यकामा फेरि कोरोना, १२ जनामा पुष्टि

काठमाडौं उपत्यकामा मौसमी फ्लु भनी अनुमान गरिएका केही बिरामीमा कोभिड १९ पुष्टि भएको छ। उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका बिरामीको जाँच गर्दा १२ जनामा कोभिड पुष्टि भएको हो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार मंगलबारसम्म आठजनामा कोभिड १९ पुष्टि भएको छ। पुष्टि भएका सबैलाई अस्पतालको आइसियु तथा हाइडिपेन्डेन्सी युनिटमा राखेर उपचार गरिएको छ। जसमध्ये दुईजना डिस्चार्ज भएका छन्। संक्रमित ६ जनाको उपचार भइरहेको शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए। उनका अनुसार सोही अस्पतालमै परीक्षण गर्दा उनीहरूमा कोेभिड पुष्टि भएको हो।  

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका बिरामीमध्ये चार जनामा कोभिड पुष्टि भएको अस्पतालले जनाएको छ। आकस्मिक कक्षका प्रमुख डा. रमेश महर्जनका अनुसार सोमबार परीक्षण गरिएका नौवटा नमुनामध्ये चारवटामा कोभिड संक्रमण पाइएको हो। उनीहरू निमानियाको सिकायत लिएर अस्पताल पुगेका थिए। कोभिड पुष्टि भएका सबैलाई भर्ना गरिएको जानकारी  

डा. महर्जनले दिए। एक सातायता निमानियाको लक्षणसहित अस्पताल पुग्ने बिरामी बढेका छन्। कोभिड पुष्टि भएकालाई निमोनिया, श्वासप्रश्वास समस्या देखिएपछि आइसियुमै राखेर उपचार गर्नु परेको हो। निमोनिया, श्वासप्रश्वासको सिकायत लिएर अस्पताल पुग्नेमा ५०÷६० वर्षमाथिका र पहिला एकपटक कडा खालको कोभिड लागेका, मधुमेह र दम भएका बिरामी छन्।  

भर्ना भएका कोभिडका बिरामीलाई कडा समस्या देखिएपछि आइसियुमा राखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आइसियु इन्चार्ज उषा देवकोटाले बताइन्। ‘कोभिड महामारी अन्त्य भएपछि यसबाट संक्रमित छिटपुट रूपमा देखिने गरेकोमा एक सातायता धेरैजना भर्ना हुुनु प¥यो,’ उनले भनिन्।

देवकोटाको अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्रमा कोभिड १९ का बिरामी भेटिन थालेपछि अस्पतालहरूले थन्काएर राखेका उपकरणलई तयारी अवस्थामा राख्न लागेका छन्। ‘हामी बेड र उपकरण तयार गरी राख्दैछौं,’ उनले भनिन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मार्च १० भित्रको नमूना परिक्षण गर्दा बिभिन्न खालका मौसमी फ्लुहरू धेरै संख्यामा पुष्टि भएको छ। जनवरीदेखि मार्च १० भित्र परीक्षण गरेका २४ सय २६ वटा नमूनामध्ये चार सय १६ वटामा एचवान एन१, ३३ वटामा ए१ एच थ्री, ६२ वटामा कोभिड १९ र चारवटामा स्वाइन फ्लु पुष्टि भएको छ। पछिल्लो दुई साताको कोभिड परीक्षण तथ्यांक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग छैन। पछिल्लो दुई सातायता कोभिड १९ को जिन सिक्वेन्सिङ पनि नगरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजराज भट्टले बताए। ‘एकै पटक धेरैजनामा पुष्टि भएपछि मात्र जिन सिक्वेन्सिङ गर्छाैं,’ उनले भने। इपिडिमियोेलोेजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा अहिले कोभिड १९ का सक्रिय संक्रमित ६ जना छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस