स्वास्थकर्मीमा कोरोना संक्रमण देखिएपछि अनिश्चित कालका लागि सिल गरिएको धनकुटा अस्पताल आइतबारदेखि सञ्चालनमा आएको छ । धनकुटा अस्पताल सेनिटाइजर गरी सञ्चालन गरिएको हो । जिल्ला अस्पतालको इमर्जेन्सि सेवा सञ्चालनमा ल्याएको कोभिड १९ कमाण्ड फोर्सका सदस्य सचिव तथा सूचना अधिकारी जयराम श्रेष्ठले बताए ।
जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका र सम्पर्कमा रहेका ब्यक्ति क्वारेन्टिनमा बसेकाले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आएका ७ जना स्वास्थ्यकर्मी र जिल्लाको सातवटै स्थानीय तहबाट १÷१ जना स्वास्थ्यकर्मी झिकाएर इमरजेन्सि सेवा सञ्चालनमा ल्याइको सूचना अधिकारी श्रेष्ठले बताए । अस्पतालको अन्य सेवा सञ्चालनको लागि प्रदेशमा जनशक्तिको लागि कुरा भइरहेको छ । स्वास्थ्यकर्मी आएपछि सञ्चालन गर्ने उनले बताए ।
संक्रमितहरुको सम्पर्कमा रहेका १६१ जना स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र परिवारका सदस्यको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको धनकुुटा अस्पतालका सुपरिटेन्डेट डा. पुजन विस्वकर्माले बताए । आइतबार थप २० जनाको पिसिआर तथा स्वाब परिक्षण गर्न पठाएको बताईएको छ ।
जुम्लाको गुठिचौर गाउँपालिकाले गाउँपालिका भित्रका सबै नाका सील गरेको छ । कोराना भाइरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि यहाँका सबै नाका सील गरिएको गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार स्थानीयको माग र वर्तमान आवश्यकता अनुसार गाउँपालिकाका नाका सिल गरिएको हो ।
गाउँपालिका भित्र पर्ने छिमेकि जिल्ला डोल्पा र जाजरकोटबाट आउने नाका सिल गरिएको हो । अपरिचित व्यक्तिलाई वडा प्रवेश गर्न पनि निषेध गरिएको छ । एक वडाबाट अर्काे वडामा आवत जावतमा पनि कडाई गरेका छौँ, भण्डारीले भने, ‘अत्यावश्यकीय कामका लागि सम्बन्धित वडाको सिफारीस बिना आवातजावत गर्न नपाइने नियम बनाएका छौँ । ’
गाउँकार्यपालिकाको बैठकले पालिका भित्रका सबै नाकाहरु पूर्ण रुपमा अर्काे सूचना जारी नभएसम्मका लागि सील गर्ने निर्णय गरेको हो । गाउँपालिकाले कोराना भाइरस संक्रमण हुन नदिनको लागि स्थानीय सरकारले गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । उनीहरुले कोराना संक्रमण फैलन नदिनको लागि स्थानीय स्तरबाट पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
सबै वडाका नागरिकलाई भिडभाड नगर्न, विकास निर्माणका काममा सामाजिक दुरी कामय गर्न र माक्स र सेनिटाइजरको प्रयोग गर्न सुझाव दिइएको छ । गुठीचौर गाउँपालिकामा प्रवेश गर्ने मुख्य प्रवेशद्धार दानसाँघु नाकामा आवतजावतमा बन्द गरिएको छ । दानसाँघु नाका हुदैँ धमाधम मानिसहरु प्रवेश गर्न थालेपछि गाउँपालिकाले कडाई गरेको हो ।
सील गरिएको नाकाबाट कोही ब्यक्ति गाउँ प्रवेश गरेको खण्डमा स्थानीय सरकारको निर्णय अनुसार जरिवाना गरिनेछ । गाउँपालिका भित्रिने सबैलाई क्वारेन्टिनमा राखिने भएको हो । गाउँपालिका र वडाका आन्तरिक काम बाहेक सबै कामहरू पहिलेकै रफ्तारमा नहुने भएका छन् ।
कर्णाली राजमार्गमा सवारीआवागन ठप्प भएपछि जाजरकोट र डोल्पाका मानिसहरू गुठिचौर हुदैँ जुम्ला खलंगामा आउँथे । अहिले सबै नाका सिल हुदाँ आवतजावत ठप्प भएको छ । यो गाउँपालिका हुदै डोल्पा तथा जुम्लाका पाटनमा यार्सा संकलन गर्न जाने स्थानीयले पनि जान पाएका छैनन् । यो समय सबै सतर्क हुने समय हो, गाउँपालिका अध्यक्ष भण्डारी भन्छन्,‘जोखिमबाट बच्न सबै सतर्क हौँ,आफु सुरक्षित बनौैं ।’
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।