बढ्दो युवा पलायन, जनशक्तिको अभाव,बाँदर आतङ्कलगायत कारणले जमिन बाँझो रहने क्रम बढेपछि त्यसलाई रोक्न कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई त्यसतर्फ केन्द्रित गरेको छ।
नगरपालिकाले बढी बाँझो जमिन रहेका वडाहरूमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका युवायुवतीलाई अन्नबाली लगाउन सघाएको छ। वडा नं १४ आर्थर डाँडाखर्कमा रहेको दुई सय रोपनी बाँझो जग्गामा न्यूनतम रोजगारीमा संलग्न हुन चाहेका वडाका १५ जना सूचीकृत बेरोजगारलाई कोदो र मकैखेतीका माध्यमबाट रोजगारी प्रदान गरेको हो।
नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीका अनुसार राज्यले प्रदान गरेको सशर्त अनुदानलाई स्थानीय तहले कार्यक्रमको उद्देश्य अनुरुप बेरोजगारलाई रोजगार प्रदान गर्दै बाँझो जग्गाको सदुपयोग थालेको छ भने उत्पादित कृषि उपजको बिक्री गरेर पालिकाको आयमा टेवा पुगेको छ। पालिकाका अन्य वडामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुचीकृत भएका बेरोजगारलाई बाँझो जमिन सदुपयोगमा लगाइने नगरपालिकाले जनाएको छ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पालिकाकको नीति तथा कार्यक्रमअनुसार यो कार्यको थालनी भएको बताए। उनले गाउँमा खेतीपाती गर्ने जनशक्तिको अभाव रहेको अवस्थामा यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाले सात सय ५३ वटै पालिकामा रोजगार सिर्जना शीर्षकमा प्रत्येक आर्थिक वर्षमा सशर्त अनुदान प्रदान गर्दै आएको छ। -रासस

तर पनि उनको केही रोजगारी थिएन। सामान्य लेखपढ मात्रै गरेकी उनले कहीँ रोजगारी पाउने कुरा पनि भएन। त्यसो भएकोले छोराहरूको पढाई खर्चका लागि मात्रै होइन, विहान बेलुकीको छाक टार्नसमेत हम्मे हम्मे थियो उनको परिवारलाई। तर अहिले उनलाई अलि सहज भएको छ।किनकि उनले वर्षमा एक सय दिन भने पनि रोजगारी पाएकी छन्, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत। प्रधानमन्त्री रोजगारी कार्यक्रम नै मेरो बाच्ने आधार भयो, उनले नागरिकसँग भनिन्, नभए हामी तीन जनाको परिवार भोक भोकै मर्नुपर्ने हुन्थ्यौँ। उनले अहिले भक्तपुर नगरपालिका वडा नं ८ अन्तर्गत वडामा मजदुरीको काम पाएकी छन्। यही काम उनको परिवारको लागि बाँच्ने आधार बन्यो।
जमुना भन्दा खास फरक छैन, सोही वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गर्ने अर्की महिला सरस्वती गाइजूको पनि। उनको परिवारमा आफू, श्रीमान्, ससाना दुई छोरीहरू र एक छोरा गरी पाँंचजनाको परिवार छ। तर कमाउने कोही पनि छैनन्। श्रीमान् त छन् तर सामान्य लेखपढ मात्रै भएकाले रोजगारी छैन। दुई छोरी र एक छोरा स्कुल पढ्दै छन्। यही कारण उनको लागि पनि बाँच्ने आधार बन्यो प्रधानमन्त्री रोजगार कार्यक्रम। यसरी नै यही वडामा रहेका जमुना, सरस्वती, रविना बोहजू, लक्ष्मीश्वरी सैंजूजस्तै दस जना महिलाहरूको बाँच्ने आधार बनेको छ प्रधानमन्त्री रोजगारी कार्यक्रम।
यस वडामा जस्तै संघीय सरकारबाट सञ्चालित यो कार्यक्रम बेरोजगार, अति विपन्न र असहाय परिवारको जीवन उकास्नका लागि वरदान बनेको छ, जुन भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्म सञ्चालित छन्। छाक टार्न निकै समस्या थियो, उनीहरूको सामूहिक भनाई थियो, यो कार्यक्रमको माध्यमबाट हामीलाई निकै सहज भयो। त्यसैको पैसाले दैनिक साँझ बिहान छाक टार्न निकै सहज भएको उनीहरूको भनाई हो। उनीहरु यो कार्यक्रम सय दिन मात्र नभई धेरै भए राम्रो हुने बताउँछन्।
रोजगार सेवा केन्द्र भक्तपुर नगरपालिकामा कार्यरत कर्मचारी रामप्रसाद बोहजूका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकामा विभिन्न योजनाहरू सम्पन्न भइसकेका छन्। केही योजनाहरू सम्पन्न हुने क्रममा छन्। यी योजनाले नगरकै करिब ५१ जनालाई कुल पाँच हजार एक सय दिन रोजगारी उपलब्ध गराए बापत ज्याला र कार्यक्रम खर्चबापत ४१ लाख रुपैयाँ खर्च गरेको उनले जनाए। उनका अनुसार अधिकांश योजनाहरू सरसफाई तथा सम्पदा संरक्षणमै केन्द्रित छन्। यसबाट जीवित सङ्ग्रहालयलाई थप जीवन्तता दिन सहयोग पुगेको छ भने रोजगार कार्यक्रम गरिबको लागि गरिखाने कार्यक्रम बनेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।