राजमार्ग खुलेको तीन दशकमा पनि बनेन बसपार्क
११ असोज २०७९
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
राजमार्ग खुलेको तीन दशकमा पनि बनेन बसपार्क

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले अघिल्लो चुनावमा कुश्मामा विदेशी स्टाइलको बसपार्क निर्माण गरिने र त्यो सामान्य खालको नभएर तीन तलाको हुने कथा सुनाएका थिए। बस बिसाउन मिल्ने समथर ठाउँ भए मात्र पनि हुन्थ्यो भनेर बसेका यातायात व्यवसायी र कुश्मावासी तीनतलाको बसपार्क बन्ने थाहा पाएपछि दङ्ग पर्ने नै भए।

बागलुङ, म्याग्दी र मुस्ताङ पुग्ने मुख्य नाकाको रुपमा रहेको कुश्मामा राजमार्ग बनेको तीन दशकसम्म पनि बसपार्क बन्न सकेको छैन। दोस्रो पटक पनि नगर प्रमुखमा निर्वाचित बनेपछि जोशीले तीनतले बसपार्कको काम अघि बढाइने कुरा फेरि दोहोर्‍याए।

उनले कुश्मा नगर बहुुउद्देश्यीय बसपार्क तथा सिटी हल निर्माण गरिने कुरा बजेट वक्तव्यमा समावेश गरेको भए पनि धेरैले बसपार्क निर्माण हुने कुरामा भने शङ्का गर्न थालेका छन्।

उसो त प्रदेश र सङ्घको चुनावमा भिडेर जितेकाले समेत बसपार्क निर्माण गर्न सकेनन्। एमालेका सांसद पदम गिरीले गएको सङ्घीय चुनावका बेलामा गाउँमा भाषण गर्दै भनेका थिए ‘गाउँगाउँ पुग्ने बाटा चिल्ला बन्नेछन्, अर्को पटक फेरि भोट माग्न आउँदा फोरह्विल गाडीमा सकिनसकी आउने होइन, साइकलमा सररर‘ भोट माग्न आउने छु।’ तर गाउँ पुग्ने बाटा आज पाँच वर्षपछि पनि लगभग जस्ताको तस्तै नै छन्।

‘बसपार्कका लागि जमिन पनि छुट्याइएको छ, सामान्य बस पार्किङ गर्न मिल्ने बिसौनी बनाइदिएको भए पनि हुन्थ्यो, बाटो चाक्लो मात्र बनाएर के गर्नु सबै गाडी बाटोमै लाइन लगाएर पार्किङ हुन्छन्’, स्थानीय युवा विकास पौडेलले आक्रोश पोखे, ‘नेताहरुले सस्तो लोकप्रियताका लागि पूरा नहुने सपना बाँडेका छन्।’

बसपार्क निर्माणका लागि कुश्मा नगरपालिका–६ मा शिवालय धार्मिक विकास गुठीले १२ रोपनी जग्गा छुट्याएको पनि डेढ दशकभन्दा बढी भयो। अहिले त्यहाँ वरपर फोहोर र झाडीले भरिनाका साथै ढुङ्गा, माटोको थुप्रा, निर्माण सामग्रीलगायतका वस्तु राख्ने स्थान बनेको छ।

‘हामीले सार्वजनिक जग्गा चाहिन्छ भनेर लडेर बचाएको जग्गा हो।’, बसपार्क निर्माण समितिका अध्यक्ष एकनारायण गिरीले भने, ‘नेताहरुले पहल गर्नुपर्ने हो त्यो देखिएन। तत्कालीन जिल्ला विकास समिति हुँदा धेरथोर रकम ल्याएर खन्ने सम्याउने काम गरेका थियौँ। करोडौँ रकम लाग्ने बसपार्कलाई एकलाख, दुईलाखले छिस्स पनि हुन्नथ्यो, अहिले त्यही काम पनि भएको छैन।’

बसपार्क नहुँदा सबैभन्दा बढी मारमा चाहिँ छोटो दूरीमा गुड्ने सार्वजनिक सवारी साधन पर्ने गरेका छन्। कुश्मादेखि बागलुङ र जिल्लाका विभिन्न गाउँमा पुग्ने सवारी साधनले बसपार्कको अभावमा सडकबाटै यात्रु चढाउने र ओराल्ने गर्दै आएका छन्।

‘हामीलाई पनि बीच सडकमा गाडी राखेर यात्रु चढाउने र ओरालने रहर त छैन नि।’, बस चालक हेमन्त गुरुङले भने, ‘जहाँ पायो त्यहीँ गाडी रोक्छस् भन्दै बिहान बिहानै ट्राफिकको नमिठो गाली सुन्ने मन कसलाई हुन्छ र, फेरि बाटो छेउका पसलेले पनि जहाँ पायो त्यहीँ गाडी रोकेर हाम्रो पसल छेक्ने भन्दै बाझ्न आउँछन्।’

व्यवस्थित बसपार्क नहुँदा ट्राफिक प्रहरीलाई पनि सास्ती भएको छ। मुख्य राजमार्गमा छेउछाउँमा मनलाग्दी गरिने पार्किङदेखि बजारभित्रका साँघुरा बाटोको दुई छेउँमै गरिने पार्किङले दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीको भनाइ थियो।

‘व्यवस्थित बसपार्क नहुँदा सवारी साधनले मनलाग्दी पार्किङ गरिरहेको भए पनि हाम्रोतर्फबाट व्यवस्थापन गर्न सक्दो प्रयास गरेका छौँ’, ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सुमन निउरेले भने, ‘सडकमा गरिने पार्किङबाट लामा दूरीका सवारी साधनलाई लगभग हटाइसकेका छौँ, तर लोकल रुटमा चल्ने सवारी साधनलाई हटाउनका लागि उनीहरुलाई पार्किङको विकलप दिनुपर्ने हुन्छ, जुन हाम्रो लेबलबाट सम्भव छैन।’

पछिल्लो दिनमा कुश्मालाई साहसिक पर्यटनका लागि उपयुक्त स्थानको रुपमा लिने गरिन्छ। पर्यटकको बाक्लो चहलपहल पनि हुँदै आएको छ। अध्ययन भ्रमणदेखि घुम्न र रमाइलो गर्न आउने पर्यटकका सवारी साधन पार्किङ स्थलको अभावमा सडकमै राख्नुपर्ने अवस्था छ।

‘बसपार्क पर्वतको पहिचानसँग पनि जोडिएको कुरा हो’, पर्यटन व्यवसायी नेत्र पराजुलीले भने, ‘कुश्मा आउने पर्यटकले आफ्नो सवारी साधन सही तरिकाले पार्किङ गर्ने ठाउँ पाउँदैनन् भने जिल्लाको अवस्था कस्तो रैछ, कुश्मावासीको बुझाइ कस्तो रैछ र नेताको चरित्र कस्तो खालको रैछ भन्ने कुरा हाम्रो इज्जतसँग जोडिएको हुँदैन र ?’

मनलाग्दी गरिने सवारी साधनको पार्किङले बजारलाई डिष्ट्रव गरेको पर्वत उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुर बि पौडेलले बताए।

‘व्यवस्थित बसपार्क नहुँदा बजारमा समस्या देखिएको छ’, उनले भने, ‘घुम्न आएकाले ल्याएका गाडी बसपार्कमा राखेर बजार हेर्दै कुश्मामा रहेका पर्यटकीय स्थलहरु पुग्न सक्थे यसले बजारको व्यापार व्यवसाय पनि बढ्ने थियो।’

नगरपालिकाले तीनतले बसपार्क निर्माणका लागि तीन वर्ष पहिले ७७ करोडभन्दा बढी लागतको स्टिमेटसहितको डिपिआरसमेत तयार गराएको थियो। बसपार्कको तल्लो तलामा बस राख्ने, दोस्रो तलामा साना सवारी साधन राख्ने र सबैभन्दा माथिल्लो तलामा चाहिँ १२ सय अट्ने सिटी हल निर्माण गर्ने नगरपालिकाको महत्वकांक्षी योजना थियो।

आधुनिक तीनतले बसपार्क निर्माणको तयारी अघि बढी रहेको कुश्मा नगरपालिकाको भनाइ छ। बसपार्कको लागि लगानी बढी भएको हुँदा नगर विकास कोषसँग ऋणका लागि भेटघाट र छलफल भइरहेको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बताए।

‘बान्द्रविडी चौरसहित १५ रोपनी जग्गा बसपार्कका लागि छुट्याएका छौँ’, उनले भने, ‘नगर विकास कोषले चाहिँ संरचना बनाउने मात्र नभई त्यसको मुनाफा कति वर्षमा उठाउन सक्छ भन्ने मूल्याङ्कन गर्छ। तयसपछि बल्ल काम अघि बढ्ने हो।’

आफूहरुको कार्यकालमा तीनतले बसपार्क बनेरै छाड्ने कुश्मा नगरपालिका–६ का वडाध्यक्ष ईश्वर गिरीले बताए। ‘हामीले मेयर साहेव राष्ट्रियसभाका अध्यक्ष, इन्जिनियरसहित नगर विकास कोषको टोलीसँग छलफल पनि गरेका थियौँ’, उनले भने, ‘जग्गा टुङ्ग्याउने कामको प्रक्रिया अघि बढी रहेको छ। नगर विकास कोषले ऋण दिने कुरा भएको छ, अब तीनतलाकै बसपार्क बनेरै छाड्छ।’

लोकप्रिय
अर्को समाचार
बाँझो जमिनमा खेती गराउँदै कुश्मा नगरपालिका
२१ चैत्र २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
बाँझो जमिनमा खेती गराउँदै कुश्मा नगरपालिका

बढ्दो युवा पलायन, जनशक्तिको अभाव,बाँदर आतङ्कलगायत कारणले जमिन बाँझो रहने क्रम बढेपछि त्यसलाई रोक्न कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई त्यसतर्फ केन्द्रित गरेको छ।

नगरपालिकाले बढी बाँझो जमिन रहेका वडाहरूमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका युवायुवतीलाई अन्नबाली लगाउन सघाएको छ। वडा नं १४ आर्थर डाँडाखर्कमा रहेको दुई सय रोपनी बाँझो जग्गामा न्यूनतम रोजगारीमा संलग्न हुन चाहेका वडाका १५ जना सूचीकृत बेरोजगारलाई कोदो र मकैखेतीका माध्यमबाट रोजगारी प्रदान गरेको हो।

नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीका अनुसार राज्यले प्रदान गरेको सशर्त अनुदानलाई स्थानीय तहले कार्यक्रमको उद्देश्य अनुरुप बेरोजगारलाई रोजगार प्रदान गर्दै बाँझो जग्गाको सदुपयोग थालेको छ भने  उत्पादित कृषि उपजको बिक्री गरेर पालिकाको आयमा टेवा पुगेको छ। पालिकाका अन्य वडामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुचीकृत भएका बेरोजगारलाई बाँझो जमिन सदुपयोगमा लगाइने नगरपालिकाले जनाएको छ।  

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पालिकाकको नीति तथा कार्यक्रमअनुसार यो कार्यको थालनी भएको बताए। उनले गाउँमा खेतीपाती गर्ने जनशक्तिको अभाव रहेको अवस्थामा यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे।  

प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाले सात सय ५३ वटै पालिकामा रोजगार सिर्जना शीर्षकमा प्रत्येक आर्थिक वर्षमा सशर्त अनुदान प्रदान गर्दै आएको छ। -रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस