नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मंसिर ४ गते भइरहेको निर्वाचनले देशको धेरै क्षेत्रको अन्यौल हटाउने बताएका छन्।
गृह जिल्ला रौतहटको गरुडा नगरपालिका १ जयनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले पहिलेको भन्दा फरक परिस्थितिमा चुनाव हुन गइरहेको बताएका छन्।
देश चुनाव उन्मुख भइसकेको र सबै दल चुनावको तयारीमा जुटिसकेको बताउँदै नेता नेपालले चुनावपछि धेरै दलको हैसियत थाहा हुने स्पष्ट पारेका छन्। लोकतन्त्रमा आवधिक निर्वाचन एउटा प्रक्रिया मात्र नभएर जनताको विश्वास आर्जन गर्ने आधारसमेत भएकोले सबैले सबै किसिमले चुनावलाई सफल बनाउन विशेष भूमिका खेल्नुपर्ने बताएका छन्।
नेता नेपालले चुनावलाई सफल बनाउन र गठबन्धनलाई सहयोग गर्न नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन्।
नेकपा एसको गरुडा नगर समिति अध्यक्ष श्यामनन्दन सहनीको अध्यक्षतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ सुशीला जयसवाल नेकपा एसमा प्रवेश गरेकी छन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि बालुवाटारबाट बाहिरिएका ओली नेपाललाई भेट्न माहाराजगंज पुगेका हुन्। बालुवाटारको छलफलमा जानुअघि माधव नेपाल र ओलीबीच छलफल भएको हो।
आजै दिउँसो ओलीले बालुवाटारमा प्रधानमन्त्री दाहालसंग दुईघण्टाभन्दा लामो वार्ता गरेका थिए। दुई घण्टाभन्दा बढी चलेको छलफलमा के विषयमा कुराकानी भयो भनेर कसैले पनि ब्रिफिङ गरेका छैनन्।
यता, बालुवाटारमा अहिले सात दलबीच छलफल भइरहेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,जसपा नेपाल,लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भइरहेको छ।
शनिबार (भोलि) राष्ट्रपति निर्वाचनका लागि उमेदवारी मनोनय हुँदै छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।