पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले एमालेको एकता कायम राख्न अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन्।
आज सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै नेता नेपालले सहमतिका लागि वार्ता र लचकता दुवै अपनाउने पक्षमा आफू रहेको तर अहिलेसम्म कुनै सहमति नभएको स्पष्ट पारेका हुन्।
साजाजिक सञ्जालमा नेता नेपालले लेखेका छन्, 'हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो। यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन। २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो।'
उनले थपेका छन्, ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौँ ।’
शीतल निवासमा बिहिवार राष्ट्रपति विद्यादेवी भण्डारी र नेता नेपालबीच एमाले विवादबारे छलफल भएको थियो।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि बालुवाटारबाट बाहिरिएका ओली नेपाललाई भेट्न माहाराजगंज पुगेका हुन्। बालुवाटारको छलफलमा जानुअघि माधव नेपाल र ओलीबीच छलफल भएको हो।
आजै दिउँसो ओलीले बालुवाटारमा प्रधानमन्त्री दाहालसंग दुईघण्टाभन्दा लामो वार्ता गरेका थिए। दुई घण्टाभन्दा बढी चलेको छलफलमा के विषयमा कुराकानी भयो भनेर कसैले पनि ब्रिफिङ गरेका छैनन्।
यता, बालुवाटारमा अहिले सात दलबीच छलफल भइरहेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,जसपा नेपाल,लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भइरहेको छ।
शनिबार (भोलि) राष्ट्रपति निर्वाचनका लागि उमेदवारी मनोनय हुँदै छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।