नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गफाडी संस्कारलाई बोकेर अगाडी नबढ्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गफाडी संस्कारलाई बोकेर अगाडी नबढ्न सुझाव दिएका हुन्।
उनले भने,'गफाडी संस्कारलाई बोकेर अगाडी नबढनुहोला प्रधानमन्त्री ज्यू,गफ ठूला प्रतिवद्धता ठूला तर हामी आफै भ्रष्टाचारको संरक्षक र उत्प्रेरक बन्ने गरेका छौं।'
नेपालले धेरै कुरा सुन्दा सुन्दा वाक्क लागिसकेको र आफूहरुलाई गफाडीका राजा पनि भन्न सकिने बताए।
नेपालमा भ्रष्टाचार हुनुमा प्रणालीगत र संरचनागत कारणहरु राम्ररी चिरफार नहुनु भएको उनले बताए। मदन भण्डारीको कुरालाई स्मरण गर्दै उनले कुराले चिउरा नभिज्ने र चिरउा भिजाउन दुध र दही नै चाहिने बताए।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि बालुवाटारबाट बाहिरिएका ओली नेपाललाई भेट्न माहाराजगंज पुगेका हुन्। बालुवाटारको छलफलमा जानुअघि माधव नेपाल र ओलीबीच छलफल भएको हो।
आजै दिउँसो ओलीले बालुवाटारमा प्रधानमन्त्री दाहालसंग दुईघण्टाभन्दा लामो वार्ता गरेका थिए। दुई घण्टाभन्दा बढी चलेको छलफलमा के विषयमा कुराकानी भयो भनेर कसैले पनि ब्रिफिङ गरेका छैनन्।
यता, बालुवाटारमा अहिले सात दलबीच छलफल भइरहेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,जसपा नेपाल,लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भइरहेको छ।
शनिबार (भोलि) राष्ट्रपति निर्वाचनका लागि उमेदवारी मनोनय हुँदै छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।