सत्तारुढ नेकपा भित्रको आन्तरिक बेमेलका कारण प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनिधिसभा बिघटन त्यसको प्रभाव प्रदेशसभा सम्मै पर्ने देखिएको छ । नेकपाको स्पष्ट दुई तिहाई बहुमत रहेको लुम्बिनी प्रदेशमा नेकपा सम्बद्ध सरकारका मन्त्री र प्रदेशसभा सदस्यहरु स्वयंले नै प्रतिनिधिसभा बिघटनको नकारात्मक असर यो प्रदेशमा स्वाभाविकै रुपमा पर्ने बताउँछन् । प्रतिनिधिसभा पुनरस्थापनाको माग गर्दै सर्वोच्चमा परेको रिटको फैसला र पार्टी बिभाजनले प्रदेशसभा देखि प्रदेश सरकार मन्त्रीमण्डलमै प्रभाव पार्ने प्रदेश सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पूर्वाबार बिकास मन्त्री बैजनाथ चौधरी बताउँछन् । ‘प्रतिनिधिसभा बिघटन भएपछि त्यसको प्रभाव स्वाभाविकै रुपमा हाम्रो प्रदेशमा पनि पर्छ,’ उनले नागरिकसंग भने ‘तर सर्वोच्चमा परेको रिटको फैसला र पार्टी बिभाजनको निर्णयले यसमा प्रमुख भुमिका खेल्छ ।’
सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटनको मुद्धालाई सदर गरेर निर्वाचन हुने अवस्था आए केपी ओली समुहलाई अप्ठ्यारोमा पार्ने रणनीतिमा पुष्पकमल दाहाल — माधव कुमार नेपाल समुह लाग्ने तयारी गरेको छ । यसका लागि यो समुहको प्रुमख तारोमा प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल पर्ने छन् । ओली निकटस्थ पोख्रेललाई मुख्यमन्त्रीबाट हटाएर निर्वाचनमा ओलीको प्रभाव कम पार्ने रणनीतिमा यो समुह लाग्ने तयारीमा छ । पूर्व माओबादीले साथ छोडेमात्रै ओली समुहका मुख्यमन्त्री पोख्रेल प्रदेशसभामा अल्पमतमा पर्ने छन् । संसदमा अविश्वासको प्रस्ताव लगेर पोख्रेललाई मुख्यमन्त्रीबाट हटाउन सक्ने सम्मका तयारी नेकपाभित्र आन्तरिक रुपमा हुन थालेका छन् ।
‘यदि सर्वोच्चले प्रतिनिधिसभा विघटनको मुद्धालाई सदर गर्यो भने मुलुक निर्वाचनमा होमिन्छ,त्यो अवस्थामा केपी ओलीले प्रदेश सरकारमा रहेको आफ्नो नेतृत्वलाई भजाएर जान खोज्ने छन्,’ पुष्पकमल दाहाल — माधव कुमार नेपाल समुहका प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले भने ‘त्यो अवस्थामा मुख्यमन्त्री परिवर्तन हामीहरुको प्रमुख अजेण्डा बन्ने छ ।’ यो प्रदेशमा अहिले नेकपाकै स्पष्ट दुई तिहाई बहुमतको सरकार छ । कुल ८७ जना सांसद रहेको यो प्रदेशमा ४४ सांसद संख्या बहुमत हो । यहाँ नेकपाका मात्रै दुई तिहाई ६१ जना सांसद छन् । तर पूर्व माओबादीले मात्रै साथ छोड्ने हो भने पनि मुख्यमन्त्री शंकर पोख्रेल स्वतःअल्पमतमा पर्ने छन् । पूर्व माओबादीबाट यो प्रदेशसभामा प्रतिनिधित्व गर्ने २० सांसद अलग भए पूर्व एमालेका सांसदहरुको संख्या स्पष्ट बहुमत भन्दा ३ कम ४१ मात्रै हुने छ । यात,कांग्रेसले सहयोग गरेको खण्डमा पोख्रेल मुख्यमन्त्रीमा सुरक्षित रहन सक्छन् । कांग्रेसको यो प्रदेसभामा १९ जना सांसद छन् । तर प्रतिनिधिसभा बिघटनले असन्तुष्ट कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली कित्ताका पोख्रेललाई सहयोग गर्ने सम्भावना न्यून रहन्छ । यो अवस्थामा प्रदेशसभामा तेस्रो स्थानमा रहेको जनता समाजबादी पार्टी (जसपा) को ६ भोटले पोख्रेललाई केहि राहत दिन सक्ला । तर जसपा र कांग्रेस बिच केन्द्रीय स्तरमा भएको सरकार बिरोधी मोर्चा कस्ने सहमतीले जसपाको भोट पनि मुख्यमन्त्रीलाई पाउन मुश्किलनै पर्ने छ । चौथो शक्तिका रुपमा रहेको राष्ट्रिय जनमोर्चाको एक भोटले भने पोख्रेललाई खासै प्रभाव पार्न सक्ने देखिन्न ।
अँझ पूर्व एमाले ( माधव नेपाल) समुहका सांसदहरुले अहिले आफ्नो कित्ताका बारेमा खुलेर बोलि नसकेको र नेपाल समुहको सांसद संख्या पनि अलग्गीए पोख्रेललाई मुख्यमन्त्री पद जोगाउन निकै मुश्किल पर्ने देखिन्छ । ‘पार्टी बिभाजन पछि स्वभाविकै रुपमा सत्ता समिकरण बन्ने कुरै हुँदैन, फरक फरक दृष्टान्त र रणनीति बनिहाल्छन्,’सरकारका प्रवक्ता भौतिक योजना तथा पूर्वाधार बिकास मन्त्री चौधरीले भने ‘त्यो बेलामा मुख्यमन्त्री परिवर्तन देखि मन्त्री मण्डल परिवर्तन, सभामुख,उपसभामुख परिवर्तन सम्मको प्रभाव यहाँ पर्न सक्छन् ।’ तर अहिले पार्टी बिभाजन पनि भैनसकेको अवस्था र सर्वोच्चको फैसला पनि आईनसकेका कारण यो प्रदेशमा यहि हुन्छ भनेर एकिन गर्न भने नसकिने उनले वताए । ‘हाम्रो प्रदेशमा पनि नेकपा भित्र गुटबन्दी भएरै सरकार चलिरहेको थियो,’ उनले भने ‘तर अब त बिभाजनै आउने अवस्था आयो,यो अवस्थामा एकै स्थानमा रहेर सत्ता समिकरण बन्ला जस्तो चाहिँ अब देखिन्न ।’
प्रदेशसभामा तत्कालीन माओवादीले मात्रै असहयोग गरेको खण्डमा अल्पमतमा पर्ने ओली समुहलाई आगामी तय भएको चुनावमा घाटा दिलाउने रणनीतिमा प्रचण्ड नेपाल समुह लाग्ने देखिन्छ । सरकारको प्रमुखमा ओली समुहका पोख्रेल रहे यो समुहले सरकार नेतृत्वको नाममा चुनावी फाईदा उठाउने लख काटेको प्रचण्ड नेपाल समुहले त्यो फाईदाबाट ओली समुहलाई मुक्त गर्न चाहन्छ । ‘केपी ओलीले प्रदेश सरकारको नेतृत्वमा आफ्ना मान्छे राखेर चुनावी प्रभाव पार्न खोजेका हुन्, यसर्थ प्रदेशसभालाई उनले चलाउँदैनन्,’प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले भने ‘त्यो अवस्थामा हाम्रो प्रदेशमा अल्पमतमा रहेको ओली समुहलाई नेतृत्वबाट अलग राखेर त्यो फाईदा लिनबाट रोक्ने छौँ ।’
नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको नेतृत्व रहेको गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। तीनवटै प्रदेशका मुख्यमन्त्रीहरूले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरूलाई बर्खास्त गरेको दोस्रो दिन बुधबार माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो।
माओवादी केन्द्रका गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश संसदीय दलका छुट्टाछुट्टै बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन्।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनीमा डिल्लीबहादुर चौधरी नेतृत्वको प्रदेश सरकार जोखिममा सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार भने सुरक्षित छ। यद्यपी तीनवटै प्रदेशमा थप अन्य दलले लिने निर्णयमा सरकारको भविष्य निर्धारण गर्नेछ।
यता ६० सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पाण्डेको दल कांग्रेस सबैभन्दा ठूलो दल हो। उसका २७ सांसद छन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनको सरकार अल्पमतमा परेको छ। प्रदेश सरकार टिकाइराख्न कम्तिमा ३१ जना सांसद आवश्यक पर्छन्। नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट एकजना दीपक मनांङे सांसद् छन्। उनको समर्थन भने कायम छ। तैपनी उनको मतले मात्र पाण्डे सरकार टिकिराख्ने अवस्था छैन।
माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएपछि अब पाण्डेले एक महिनाभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने भएको छ। यस्तोमा पाण्डेले राप्रपा र माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचित डा. बाबुराम भट्टराईको पार्टी समाजवादी पार्टीका सांसदको आशा गरेका हुनसक्छन्। माओवादीको चुनाव चिन्हबाट भट्टराईको पार्टीका गोरखा २ (ख) बाट फणिन्द्र देवकोटा सांसद छन्।
भट्टराई पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग असन्तुष्ट छन्। त्यसैले उनले निर्वाचन आयोग र संघीय संसद सचिवालयमा माओवादी केन्द्रको चुनाव चिन्हबाट लडेका आफ्नो पार्टीका सांसदलाई समाजवादी पार्टीकै नाममा कायम गरिदिन निवेदन दिएका छन्। उनको निवेदन मान्य भए गण्डकी प्रदेशमा समाजवादी पार्टीको पोजिशन निर्णायक हुनेछ।
उता गण्डकीको सत्ताबाट बाहिरिएको माओवादी केन्द्र र प्रतिपक्षमा रहेको नेकपा एमाले गठबन्धनले पनि तत्कालको अंकगणितबाट सरकार बनाउनसक्ने स्थिती छैन । यहाँ एमाले २२ र माओवादी केन्द्रको ८ (समाजवादी पार्टीसहित) सांसद छन्। समाजवादी पार्टीका सांसद पनि माओवादीमै गणना भएपनि सरकार बनाउने अंक पुग्न मुस्किल छ। माओवादी केन्द्रकै सांसद कृष्ण धिताल सभामुख छन्। उनी कानुनअनुसार सरकार गठनमा सहभागी हुन पाउँदैनन्। यस्तोमा यो गठबन्धनले दुई सिट रहेको राप्रपाको सहयोग लिनुपर्ने अवस्था छ।
२०७९ पुस १० मा गठबन्धन बन्दा एमालेका खगराज अधिकारी नेतृत्वलाई सहयोग गरेको राप्रपा यसपटक कुनैपनि गठबन्धनमा सहभागि छैन। यस्तोमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले विश्वासको मत नपाएपनि नेपालको संविधानको धारा १६८ उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका रुपमा मुख्यमन्त्री नियुक्त हुनसक्ने अवस्था पनि छ। यद्यपी गण्डकीको तत्कालको अंकगणितले प्रदेश सभाको भविष्य नै अन्योलमा पारेको छ।
उता सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री शाहलाई माओवादी केन्द्रले समर्थन फिर्ता लिएपनि नेकपा एस र नागरिक उन्मुक्ति पार्टीको समर्थन कायम रहेकाले हालसम्म उनी बहुमतमा कायम छन्। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसद चाहिन्छन्। जसमा कांग्रेसका १८, नेकपा एसका ४ र नाउपाको ७ जना सांसदको समर्थन कायम रहेकाले तत्काल शाह सरकार सुरक्षित नै छ।
यद्यपी नाउपा वा नेकपा एसले समर्थन फिर्ता लिएको अवस्थामा भने सरकार असुरक्षित हुनसक्छ। प्रदेश सभामा माओवादी केन्द्रका ११, एमालेका १०, राप्रपा एक र स्वतन्त्र सांसद एक जना छन्। एकसीट रिक्त छ।
उता ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको चाहिन्छ। यहाँ एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति र जनमतका ४–४, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र स्वतन्त्रबाट १ सांसद छन्।
चौधरीले वैशाख १४ गते मुख्यमन्त्री नियुक्त हुँदा एमाले र राप्रपाबाहेक अन्य सबै ८ दलको समर्थन पाएका थिए। अहिले माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएपछि उनी अल्पमतमा परेका छन्। यसैले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने अवस्था छ। जसमा माओवादी केन्द्र र एमालेले विपक्षमा मत हाल्दा पुरा सबै दलको विश्वास जित्दै राप्रपासमेत जोड्नुपर्ने चौधरीको बाध्यता छ। जुन निकै कठिन हुनसक्छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।