प्रतिनिधिसभामा अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल हुने वा नहुने अवस्था बारे अझै अन्योल नै देखिएको छ।
शुक्रबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल गर्ने सरकारले चाहिरहेको छ। तर, सत्तारुढ गठबन्धनबीच एमसिसी अघि बढाउने विषयमा सहमति नजुटेपछि सरकारले संसदमा एमसीसी लैजाने हो वा हैन यसबारे गठबन्धनको शुक्रबार बिहान बस्ने बैठक पछिसम्म कुर्नुपर्ने देखिन्छ।
सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बिहान १० बजे बोलाइएको गठबन्धनको बैठकपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तयारी गरिएको हो।
बिहीबार रातिसम्म चलेको गठबन्धनको बैठकमा सहमति नभए पछि सभामुखले सम्भावित कार्यसूचीमा आदिवासी जनजातिको प्रतिवेदन पेश गर्ने विषय कार्यसूचीमा राखेका छन्। गठबन्धनमा रहेका मुख्य गरी माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीचको एमसिसीमा असहमति भएपछि बुधबारको संसद्मा एमसिसी टेबुल गर्नबाट प्रधानमन्त्री देउवा पछि हटेका थिए।
यता प्रमुख प्रतिपक्षी दल एमालेले बिहीबार पनि आफ्नो धारणा स्पष्ट गरेको छैन। प्रधानमन्त्री ओलीलाई भेटन गएका कांग्रेस नेता डा. मिनेन्द्र रिजालसँग पनि एमाले अ्रध्यक्ष ओलीले आफ्नो भित्री कुरा बताएका थिएनन्। एमसिसीबारे आफ्नो धारणा स्पष्ट नगर्नुको पछाडि एमालेले सरकार ढलाउनै खोजेको देखिएको स्रोतको दाबी छ।
सरकारमा फेरि पनि आफ्नै नेतृत्वमा जान खोजेको एमालेले एमसिसी कै कारण गठबन्धन टुटाउन खोजिरहेको आरोप लगाउन थालिएको छ। कतिपय एमाले नेताले ओलीनिवास बालकोटमा पुगेर आफूलाई मन्त्री बनाइदिन भन्नसमेत भ्याइसकेको एमालेकै नेताहरू बताउँछन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको यस्तो रणनीतिबारे जानकारी आएको भन्दै यसलाई असफल तुल्याउनुपर्ने कुरा प्रधानमन्त्री देउवासमक्ष गठबन्धनको बैठकमा राखेका छन्।
एमसिसीकै कारण गठबन्धन टुट्न हुँदैन भन्ने कुरामा दाहाल र नेपालले जोडदार रूपमा दबाव दिएको स्रोतको दाबी छ। गठबन्धन जोगाएर एमसिसीलाई कसरी निर्णयमा लैजाने विषयमा विभिन्न विकल्प अघि सारिएको छ। माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको जोड अझै पनि एमसिसी निर्वाचनपछि धकेल्ने कुराको पक्षमा देखिएको छ।
कांग्रेस एक्लै परेको कारण निर्वाचनपछि जानका लागि उसले भूमिका खेल्नुपर्ने उनीहरूको तर्क छ। कांग्रेस एक्लै एमसिसी पास गर्न सक्दैन, अन्य दलको सहयोग भएन भनेर समय बढाउन प्रधानमन्त्रीले एमसिसीलाई भन्दा के फरक पर्छ भन्ने कुरा पनि उठेको स्रोतले बतायो। यता प्रधानन्यायधीश चोलेन्द्रशमशेर जवराको महाअभियोग प्रस्तावलाई अघि बढाउने काम अब संसद्ले गर्नुपर्ने कुरा पनि उठेको छ।
प्रस्ताव दर्ता भएको मितिले सात दिनभित्र बठैकमा छलफल हुनेगरी दिन र समय तोकिनेछ भन्ने संसद् नियमावलीको व्यवस्था छ। प्रतिनिधिसभामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ सांसदले फागुन १ गते प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनका लागि प्रस्ताव दर्ता गरेका थिए।
‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसिसी) का कारण सत्ता गठबन्धन दलबीच नै फाटो पैदा गरिदिएको छ। एमसिसी पक्षधर र इत्तर पक्षबीच धुव्रीकरण तीव्र हुँदै सत्ता समिकरण समेत फेरिन सक्नेसम्मको आंकलन गरिँदै छ।
संघीय सरकारको सत्ता समिकरण फेरिए त्यसको असर प्रदेशसम्मै पर्ने देखिन्छ। सत्तारुढ गठबन्धनभित्र एमसिसीमा विवाद बढेसँगै नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग छलफल तीव्र बनाएको छ।
सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी भने एमसिसीको विपक्षमा उभिएका छन्। जसका कारण कांग्रेसले एमसिसी पास गराउन एमालेलाई बलियो विकल्पको रूपमा हेरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै संसद्मा एमसिसी दर्ता गरेको थियो। त्यसैले पनि एमाले एमसिसीको विपक्षमा उभिन सक्ने सम्भावना कम छ।
एमाले यसै सत्ता गठबन्धनलाई एमसिसी पास गराउन समर्थन नगर्ने बताउँदै आएको छ। एमसिसी पास गराउन कांग्रेसले वर्तमान सत्ता गठबन्धन तोडेर एमालेसँग हात मिलाउनुपर्ने अवस्था छ। विभिन्न सर्त रहँदा रहँदै पनि सत्तारुढ गठबन्धन भत्किएको अवस्थामा एमालेले एमसिसीको सन्दर्भमा कांग्रेसलाई साथ दिने देखिन्छ। यो सम्भव भए प्रदेशमा समेत सत्ता समिकरण फेरिने देखिन्छ।
प्रदेश १ को प्रदेशसभामा हाल ९२ सदस्य कायम छन्। सरकार गठनका लागि प्रदेशसभामा कम्तीमा ४७ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेकपा एमालेको सभामुखसहित ४१ जना सांसद छन्। नेपाली कांग्रेस २१, माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी (जसपा) ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १/१ जना सांसद छन्।
यस प्रदेशमा नेकपा एमाले र कांग्रेसबीच सहकार्य भएको अवस्थामा सजिलै सरकार परिवर्तण हुन सक्छ। दुवै दल मिले प्रदेशसभामा ६२ सिट पुग्छ। प्रदेश १ मा हाल नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिरहेको छ भने सत्तारुढ गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपाल सामेल छन्।
संघीय सत्ता समिकरण फेरिए पराकम्प मधेस प्रदेशमा पनि पर्ने देखिन्छ। कांग्रेस र एमालेबीच सहकार्य भएको अवस्थामा मधेस प्रदेशमा पनि सरकार परिवर्तनको कसरत हुन सक्छ। मधेस प्रदेशसभामा १०४ सदस्य छन्। नेपाली कांग्रेसका १९ र नेकपा एमालेका ८ सांसद छन्।
प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस र एमाले मिल्दा २७ सांसद मात्र पुग्छन्। प्रदेशसभामा लोसपाका १६ सांसद छन्। लोसपाले समर्थन गर्दा पनि सरकार परिवर्तन सम्भव छैन।
प्रदेशसभामा जसपा नेपालका ३९ सांसद छन्। प्रदेशसभामा लोसपा नेपालका १६ सांसद छन्। कांग्रेस, एमाले र लोसपा मिल्दा ४३ सांसद पुग्छन्। एमसिसीको सवालमा जसपाभित्र तीव्र धुव्रीकरण छ। एमसिसीका कारण जसपामा विभाजन आए विभिजित पक्षको समर्थन जुटाएर मधेस प्रदेशको सरकार फेर्ने कसरत सफल हुन सक्ने देखिन्छ। जसपा विभाजन भएको अवस्थामा एमसिसी पक्षधरहरू मिलेर सरकार फेर्न सक्ने सम्भावना छ। जसपा विभाजन भएको अवस्थामा मात्र मधेस प्रदेशमा सरकार फेरिन सक्छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।