नेताहरूको द्वैध चरित्रः पहिला समर्थन अहिले विरोध
०६ फागुन २०७८
७ मिनेट पाठ
संग्रह
Email
ईमेल
नेताहरूको द्वैध चरित्रः पहिला समर्थन अहिले विरोध

२०७४ सालको निर्वाचनताका धेरै नेपालीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को नामसम्म सुनेका थिएनन्।

तर त्यसअघि नै नेपालमा एमसिसीबारे छलफल सुरु भइसकेको थियो। एमसिसीसँग नेपालको सहकार्य सन् २००८ बाट सुरु भएको हो। २०७४ सालअघि बनेका ६ वटा सरकारले यससँग प्रत्यक्ष जोडिएर काम गरेका छन्। एमसिसीबारे मन्त्रिपरिषद्बाटै ११ वटा महत्वपूर्ण निर्णयसमेत भएका छन्। एमसिसीका सन्दर्भमा ‘थ्रेसहोल्ड’मा र ‘कम्प्याक्ट’मा छनोटसम्बन्धी दुईवटा निर्णायक पत्र सरकारलाई प्राप्त भएका छन्। अहिले एमसिसीको विरोध गरिरहेका अधिकांश नेता ती ६ वटा सरकारमा थिए। त्यतिबेला न कसैले मन्त्रिपरिषद् बैठकमा फरक मत राखेको देखिन्छ न सार्वजनिक वक्तव्य वा मिडियामा बोलेको अभिलेख नै भेटिन्छ।

२०७५ सालयताका तीन वर्षमा भने एमसिसीबारे विरोधको स्वर यति चर्कोसँग उठेको छ कि मानौं ‘राष्ट्रघात’को अर्को नाम नै ‘एमसिसी’ हो। अहिले यही एमसिसी शब्द यति चर्चितसमेत भएको छ, नसुन्ने सायदै कोही छन्। नेपालको राजनीति पनि यही ‘एमसिसी मुद्दा’ले नराम्रोसँग गिजोलिएको छ। 

एमसिसीसँग जोडेर ‘राष्ट्रवादी’ र ‘राष्ट्रघाती’ तथा ‘देशभक्त’ र ‘देशद्रोही’का उपमाहरू जोड्ने क्रमले पनि निकै प्राथमिकता पाएको छ। एमसिसी मुद्दाका कारण सरकार ‘बनाउने’देखि ‘गिराउने’ सम्मका गतिविधि भएका छन्। एमाले अध्यक्ष केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले चरम आलोचना खेप्दा एउटा मुद्दा एमसिसी नै थियो। अहिले एमसिसीकै कारण शेरबहाद्र देउवा नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चितप्रायः देखिन्छ। एमसिसी संसदमा टेबुल भए ‘सरकार छाड्ने’सम्मका धम्की गठबन्धनकै दलहरूले दिएका छन्।

एमसिसी र नेताको भूमिका

आधिकारिक रूपमा सन् २०११ मा एमसिसीको छलफलले नेपालमा प्रवेश पाएको हो। जानकारहरूका अनुसार त्यसअगावै सन् २००८ बाट नेपालले एमसिसीसँग सहकार्य सुरु गरिसकेको थियो। पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एउटा अनलाइन लेखमा सो कुरा उल्लेख गरेका छन्। त्यसपछि २०६८ (सन् २०११) मा एमसिसीका मापदण्ड पूरा गरेपछि नेपाललाई त्यसको सहयोग लिन ‘थ्रेसहोल्ड’ छनोट गर्‍यो। एमसिसीले छनोट गरेको पत्र २०६८ माघ ५ गते प्राप्त भएको थियो।

त्यतिबेला तत्कालीन एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार थियो। जसमा अहिले एमसिसीको विरोध गरिरहेका वर्षमान पुन अर्थमन्त्री थिए। यही सरकारमा अहिले एमसिसीविरुद्ध सडक आन्दोलन गरिरहेका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थिए।

माओवादी केन्द्रका संसदीय दलका नेता दीनानाथ शर्मा शिक्षामन्त्री थिए। सोही सरकारको मन्त्रिपरिषद्बाट ‘एमसिसीसँग समन्वय गर्न माघ २७ गते अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुखलाई सम्पर्क अधिकृत तोक्ने निर्णय भएको’ थियो।

२०७० पुस २१ गते तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बनेकोे सरकारमा सबै अनुहार गैरराजनीतिक थिए। ११ सदस्यीय सो सरकारले ‘विकासका अवरोध पहिचानका लागि अर्थशास्त्रीहरूको समूह गठन’ गरेको थियो। सोही समूहले विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिको काम छनोट गरेको हो। त्यो समितिले नेपालको विकासका अवरोधहरूमा मूलतः चारवटा समस्या पहिचान गर्‍यो। जसमा विद्युत अभाव, सडक पूर्वाधार, नीतिगत निरन्तरताको अभाव र श्रम समस्या थियो।

‘पहिचान भएका चार समस्यामध्ये नीतिगत निरन्तरताको कुरा बिस्तारै साम्य हुँदै जाला। संविधान बन्ने क्रममा रहेकाले स्थिरता पनि आउला। श्रम सम्बन्धका कुरा पनि द्वन्द्वकालको जस्तो छैन। त्यसपछि बाँकी रह्यो, विद्युत र सडक समस्या।

यी दुईवटामा रूपान्तरणकारी काम गर्ने निर्णय भयो,’ सो समितिका सदस्य अर्थविद् डा. स्वर्णिम वाग्लेले एक लेखमा लेखेका छन्, ‘विद्युत् उत्पादनमा राम्रो काम भइरहेको छ। तर प्रसारण लाइनमा काम हुन सकेको थिएन। चाहिनेजति खपत नेपालमा गर्ने र बचेको बिजुली भारतमा निर्यात गर्ने योजना छ। त्यसका लागि ४ सय केभीकै प्रसारण लाइन चाहिन्थ्यो।’  

दोस्रो संविधानसभा निर्वाचन २०७० पछि माघ २९ गते सुशील कोइरालाको नेतृत्वमा कांग्रेस–एमालेको गठबन्धन सरकार बन्यो। यो सरकारका पालामा २०७१ माघमा एमसिसीले नेपाललाई अनुदानका लागि छनोट गरेको जनाकारी पठायो। त्यतिबेला अर्थमन्त्री डा. रामशरण महत थिए। यो सरकारका पालामा एमसिसीका सन्दर्भमा दुईवटा निर्णय भएका छन्।

२०७१ चैत २३ गते पूर्वसचिव कृष्ण ज्ञवालीलाई कम्प्याक्ट कार्यक्रम तयारीका लागि राष्ट्रिय संयोजक र तत्कालीन अर्थमन्त्रीको नेतृत्वमा निर्देशक समिति गठन गर्ने निर्णय र यही सरकारका पालामा सम्भावित आयोजनाबारे अध्ययन गर्न प्राविधिक अनुदान सहायता स्वीकार गर्नेसम्बन्धी सम्झौता गर्ने निर्णय भएको थियो।

त्यसपछि २०७२ असोज २५ गते पहिलोपल्ट केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्यो। अर्थमन्त्री विष्णु पौडेल थिए। यस मन्त्रिमण्डलमा अहिले एमसिसीको सबैभन्दा खरो विरोध गरिरहेका थुप्रै नेता थिए। विरोध गरिरहेका तीनजना फरक पार्टीका नेताहरू उपप्रधानमन्त्री नै थिए। एमालेमै रहेर एमसिसीको चर्को विरोध गरिरहेका भीम रावल, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी र नेकपा मालेका महासचिव सिपी मैनाली सो मन्त्रीपरिषद्मा उपप्रधानमन्त्री थिए।

अहिले उनीहरू एमसिसीको खरो आलोचकका रूपमा रहेका छन्। एमसिसी संसदभित्र प्रवेश गराउन ‘रोक’ लगाइरहेका वर्तमान प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा सोही मन्त्रिपरिषद्का वन तथा भू–संरक्षणमन्त्री थिए। माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत गृह, गिरिराजमणि पोखरेल शिक्षा र हरिबोल गजुरेल कृषिमन्त्री थिए।

यो सरकारले २०७३ साउन ५ गते ‘कम्प्याक्टको मस्यौदा तयार पार्न र सम्भावित आयोजनाको अध्ययन गर्न प्राविधिक सहायता स्वीकार गर्ने’ निर्णय गर्‍यो। साथै एमसिसीबाट कम्प्याक्ट कार्यक्रम तयारीका लागि करिब १ अर्ब १३ करोड रूपैयाँ (१०.७५ मिलियन अमेरिकी डलर) प्राप्त गर्ने र एमसिसीको सहयोगमा सञ्चालन हुने कम्प्याक्ट कार्यक्रम तयार गर्ने कार्यका लागि राष्ट्रिय संयोजकमा सूर्यराज आचार्यलाई नियुक्त गर्ने निर्णय पनि ओली नेतृत्वको सरकारले गरेको थियो।

त्यसपछि २०७३ साउन २० मा नेपाली कांग्रेससँग गठबन्धन गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बने। उनको मन्त्रिमण्डलमा अर्थमन्त्री कृष्णबहादुर महरा थिए। जनार्दन शर्मा, सुरेन्द्र कार्की (राम कार्की), हितराज पाण्डेसहित १० जना माओवादी केन्द्रबाट मन्त्री रहेको यो सरकारले २०७४ जेठ १८ गते द्विपक्षीय वार्ता टोली गठन गरेको थियो।

सोही वार्ता टोलीको निष्कर्षअनुसार त्यसपछि शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारका पालामा मुख्य तीनवटा काम भएका छन्। जसमा २०७४ साउन १० गते सहायता स्वीकार गर्ने विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न स्वीकृति, भदौ १९ गते सम्झौतामा हस्ताक्षर गर्न तत्कालीन अर्थमन्त्री समेतको टोलीलाई अख्तियारी दिनेसम्बन्धमा मन्त्रिपरिषद्को निर्णय र भदौ २९ मा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कम्प्याक्ट सम्झौतामा हस्ताक्षर गरेका थिए। 

देउवा नेतृत्वको तत्कालीन मन्त्रिमण्डलमा कृष्णबहादुर महरा, महेन्द्रबहादुर शाही, जनार्दन शर्मा, गिरिराजमणि पोखरेललगायत माओवादी नेताहरू थिए, जो सबै हाल एमसिसीको विरोधमा सक्रिय छन्। निर्वाचनपछि ओली दोस्रोपटक प्रधानन्त्री भए। त्यो सरकारले २०७५ वैशाख ५ गते विकास समिति ऐन, २०१३ अनुसार ‘एमसिए नेपाल’ गठन गरेर राजपत्रमा प्रकाशित गर्‍यो।

यही सरकारको मन्त्रिपरिषद्ले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको २०७५ पुस २६ गतेको ‘राय’ अनुसार २०७५ माघ २५ मा संसद्मा अनुमोदनका लागि पेस गर्ने निर्णय गर्‍यो। २०७६ असार ३० गते संसद्मा दर्ता भयो। यही सरकारले २०७६ असोज १२ गते परियोजना कार्यान्वयन सम्झौता बक्स

यसरी सुरु भयो एमसिसी विवाद

केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बनेपछि एमसिसी संसद्मा लैजाने कुरा चल्यो। जतिबेला एमाले र माओवादी केन्द्र मिली बनेको नेकपामा ओली र पुष्पकमल दाहालबीच सम्बन्धमा दरार आउन थाल्यो। सोही विषयलाई उछालेर सरकारलाई बदनाम गर्न ओलीविरोधी पक्ष सक्रिय भयो। त्यसपछि दाहाल स्वयं चिनियाँ अधिकारीलाई भेटेर ‘एमसिसी–चीन घेर्ने रणनीति हो’ भनेर आफैंले भन्न लगाएको स्रोतको दाबी छ। कांग्रेस सांसद अमरेशकुमार सिंहको भनाइअनुसार ओलीले एमसिसी संसद्मा दर्ता गर्ने तयारी गरेपछि दाहाल आफैंले चिनियाँलाई यो मामिलामा ध्यान आकृष्ट गराएका हुन्। ‘त्यसअघि नेपालको एमसिसी  विषयमा उनीहरू (चिनियाँ) ले ध्यानै दिएका थिएनन्,’ सिंहको दाबी छ।  

नेकपाभित्रको त्यही विवाद एमसिसीमाथि खनिएको तत्कालीन परराष्ट्रमन्त्री एवं एमाले उपमहाचिव प्रदीप ज्ञवाली बताउँछन्। ‘नेकपाभित्र अर्का अध्यक्ष दाहालको सरकार असफल बनाउने रणनीतिको एक अंश हो, यो विवाद,’ ज्ञवालीले भने, ‘सरकारलाई कसरी जनतामाझ अलोकप्रिय बनाउन सकिन्छ, सरकार कसरी ढलाउन सकिन्छ भनेर नै उनले यो विवाद झिकेका हुन्।’

माओवादी केन्द्रका नेता सुरेन्द्र कार्की (राम कार्की) पहिला राम्रोसँग नपढ्दा र पार्टीभित्र छलफल नगर्दा समस्या भएको बताउँछन्। ‘भन्नेले जेसुकै आरोप लगाउन सक्छन्। हाम्रा पार्टीहरू कसरी चलेका छन् भनेर सबैलाई थाहा छ,’ २०७४ अघि एकपटक सञ्चारमन्त्री भइसकेका कार्कीले भने, ‘सबै तदर्थवादमा छन्, राम्रोसँग छलफल हुँदैन। त्यसकारण एमसिसीमा भएका कमजोरी ढिला गरी थाहा भएको हो।’ सुरुमा ७० वर्षदेखिको मित्रराष्ट्र अमेरिकाबाट आएको सहयोग राम्रै होला भनेर खासै छलफल नभएको उनको तर्क छ। ‘संसद्मा लैजाने कुरा उठेपछि सबैको ध्यान खुलेको हो। त्यसपछि पढ्दा समस्या भेटियो,’ उनले भने।

लोकप्रिय
अर्को समाचार
एमसीसीले तरंगित प्रदेश राजनीति
१५ फागुन २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
एमसीसीले तरंगित प्रदेश राजनीति

‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसिसी) का कारण सत्ता गठबन्धन दलबीच नै फाटो पैदा गरिदिएको छ। एमसिसी पक्षधर र इत्तर पक्षबीच धुव्रीकरण तीव्र हुँदै सत्ता समिकरण समेत फेरिन सक्नेसम्मको आंकलन गरिँदै छ।

संघीय सरकारको सत्ता समिकरण फेरिए त्यसको असर प्रदेशसम्मै पर्ने देखिन्छ। सत्तारुढ गठबन्धनभित्र एमसिसीमा विवाद बढेसँगै नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग छलफल तीव्र बनाएको छ।

सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी भने एमसिसीको विपक्षमा उभिएका छन्। जसका कारण कांग्रेसले एमसिसी पास गराउन एमालेलाई बलियो विकल्पको रूपमा हेरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै संसद्मा एमसिसी दर्ता गरेको थियो। त्यसैले पनि एमाले एमसिसीको विपक्षमा उभिन सक्ने सम्भावना कम छ।

एमाले यसै सत्ता गठबन्धनलाई एमसिसी पास गराउन समर्थन नगर्ने बताउँदै आएको छ। एमसिसी पास गराउन कांग्रेसले वर्तमान सत्ता गठबन्धन तोडेर एमालेसँग हात मिलाउनुपर्ने अवस्था छ। विभिन्न सर्त रहँदा रहँदै पनि सत्तारुढ गठबन्धन भत्किएको अवस्थामा एमालेले एमसिसीको सन्दर्भमा कांग्रेसलाई साथ दिने देखिन्छ। यो सम्भव भए प्रदेशमा समेत सत्ता समिकरण फेरिने देखिन्छ।

प्रदेश १ को प्रदेशसभामा हाल ९२ सदस्य कायम छन्। सरकार गठनका लागि प्रदेशसभामा कम्तीमा ४७ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेकपा एमालेको सभामुखसहित ४१ जना सांसद छन्। नेपाली कांग्रेस २१, माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी (जसपा) ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १/१ जना सांसद छन्।

यस प्रदेशमा नेकपा एमाले र कांग्रेसबीच सहकार्य भएको अवस्थामा सजिलै सरकार परिवर्तण हुन सक्छ। दुवै दल मिले प्रदेशसभामा ६२ सिट पुग्छ। प्रदेश १ मा हाल नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिरहेको छ भने सत्तारुढ गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपाल सामेल छन्।

संघीय सत्ता समिकरण फेरिए पराकम्प मधेस प्रदेशमा पनि पर्ने देखिन्छ। कांग्रेस र एमालेबीच सहकार्य भएको अवस्थामा मधेस प्रदेशमा पनि सरकार परिवर्तनको कसरत हुन सक्छ। मधेस प्रदेशसभामा १०४ सदस्य छन्। नेपाली कांग्रेसका १९ र नेकपा एमालेका ८ सांसद छन्।

प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस र एमाले मिल्दा २७ सांसद मात्र पुग्छन्। प्रदेशसभामा लोसपाका १६ सांसद छन्। लोसपाले समर्थन गर्दा पनि सरकार परिवर्तन सम्भव छैन।

प्रदेशसभामा जसपा नेपालका ३९ सांसद छन्। प्रदेशसभामा लोसपा नेपालका १६ सांसद छन्। कांग्रेस, एमाले र लोसपा मिल्दा ४३ सांसद पुग्छन्। एमसिसीको सवालमा जसपाभित्र तीव्र धुव्रीकरण छ। एमसिसीका कारण जसपामा विभाजन आए विभिजित पक्षको समर्थन जुटाएर मधेस प्रदेशको सरकार फेर्ने कसरत सफल हुन सक्ने देखिन्छ। जसपा विभाजन भएको अवस्थामा एमसिसी पक्षधरहरू मिलेर सरकार फेर्न सक्ने सम्भावना छ। जसपा विभाजन भएको अवस्थामा मात्र मधेस प्रदेशमा सरकार फेरिन सक्छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस