नेकपा (एमाले)ले कर्णाली प्रदेशसभाका तीनजना सांसदलाई एक महिनाका लागि निलम्वन गरेको छ । शुक्रबारको एमाले प्रदेशसभा संसदीय दलको बैठकले गत वैशाख ३ गते फ्लोरक्रस गरेर मुखयमन्त्री महेन्द्रबहादुर शाहीलाई सघाएका अम्मरबहादुर थापा, कुर्मराजशाही र नन्दसिंह बुढालाई एक महिनाका लागि निलम्वन गरेको हो । निलम्वित तीनै जना मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा छन् ।
थापाले भौतिक पूर्वाधार मन्त्रालय, शाहीले भूमि, व्यवस्था, कृषितथा सहकारी मन्त्रालय तथा बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । एमालेले आफ्ना तीन जना मन्त्रीहरुलाई हटाउन माग गर्दै असार दुई गतेदेखि निरन्तर संसद अवरुद्ध गर्दै आइरहेको छ ।
पार्टी ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री शाहीको पद जोगाइदिएपछि तीन जना मन्त्रीसहित प्रकाश ज्वालालाई एमालेले संसद पद नरहने गरी कारबाही गरेको थियो । जेठ २७ गते सर्वोच्चअदालतले अन्तरिम आदेशमार्फत चारै जनालाई संसद पदमा पुनर्बहाली गरेको थियो । सर्वोच्चले पुनर्बहाली गरेलगत्तै असार १, ४ र त्यस यताका दलको बैठकमा ज्वाला सहभागी भए पनि मन्त्री बनेका तीन जना सहभागी भएका छैनन् ।
सर्वोच्चले पुनर्बहाली गरेपछि पहिलो पटक प्रमुख सचेतक गुलावजंग शाहले चारै जनालाई पत्र पठाएर असार १ गतेको दलको बैठकमा उपस्थित हुन भनेका थिए । उक्त बैठकमा ज्वाला सहभागी भए पनि तीन जना उपस्थित भएनन् । दलको बैठकले सरकारले ल्याउने नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गर्यो । संसदमा तीन जना मन्त्रीहरु उपस्थित भएनन् । संसदमा उपस्थित भएर पनि ज्वाला बजेटको विपक्षमा उभिएनन् ।
एमालेले संसदीय दलको बैठकले तीन जना मन्त्रीहरुलाई राजीनामा दिन पनि पत्राचार गरेको थियो । ‘एमालेका तर्फबाट मन्त्री बनेकाहरुले राजीनामा पनि नदिने र सरकारले पनि उनीहरुलाई पदबाट नहटाउने अवस्था आएपछि एक महिनाका लागि निलम्वन गरिएको हो,’ एमाले सांसद सुशील थापाले भने, ‘त्यसको जानकारी प्रदेशसभालाई गराइसकेका छौं ।’
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्ण रुपमा असफल भएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले एक वर्षमा केही गर्न नसकेको तथा अब सप्रिन्छु भन्ने निष्कर्ष सुनाएको जिकिर गर्दै ओलीले सरकार सम्पूर्ण रुपमा असफल भएको दाबी गरेका हुन्।
मंगलवारबाट पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले सरकारको एकमात्रै एजेण्डा एमालेको बिरोध गर्नु रहेको पनि दोहोर्याए। सरकारसँग सुशासनको, भ्रष्टाचार अन्त्यको र आम नेपाली जनताको समस्या समाधान गर्ने कुनै योजना नै नभएको बताए। अध्यक्ष ओलीले सरकार असफल भएकै कारण जनतामा आक्रोश थपिँदै गएको तर्क समेत गरे।
उनले भने, ‘अहिले कस्तो गठबन्धन छ–तपाई हामी सबैलाई थाहा छ। गठबन्धन राष्ट्रियताप्रति अत्यन्त कमजोर, सुशासनप्रति कमजोर यस्तो गठबन्धन छ। विकासप्रति चासो नै छैन। चालु भएका आयोजनाहरु बन्द भएका छन्। थप कुनै योजना, आयोजनाहरु छैनन्। यो गठबन्धन, अहिलेको गठबन्धनको उद्देश्य नेकपा (एमाले)को बिरोध हो। एमालेलाई अघि बढ्न नदिनु हो। एमालेलाई बदनाम गर्नु हो। एमालेको चरित्र हत्या गर्नु हो। झुटा लाञ्छना लगाएर एमालेलाई कसरी जनताको नजरमा गिराउन सकिन्छ? त्यो प्रयास गर्नु हो। त्यही काम यस गठबन्धनले गरिराखेको छ। यस गठबन्धनको एजेन्डामा एउटा मात्रै हो–एमालेको विरोध, एमालेका बिरोध। विकासको एजेण्डा छै,न, सुशासनको एजेण्डा छैन। भ्रष्टाचार रोक्ने एजेण्डा छैन। किसानका समस्या, मजदुरको समस्या अथवा सामाजिक जीवनका अन्य तहतप्काका समस्याहरु समाधान गर्ने कुनै योजना छैन। र, यो गठबन्धन नितान्त एमालेका बिरुद्ध केन्द्रित छ। हामीले यो कुरा बुझेका छौं। र यसका विरुद्ध हामी लोकतान्त्रिक तरिकाले शान्तिपूर्ण बाटोबाट लोकतान्त्रिक अभ्यासको बाटोबाट यस कुरालाई पराजित गर्नसक्छांै। तर अहिले यो गठबन्धन कायम छ। यो गठबन्धन भनिरहनु पर्दैन, पूर्ण रुपमा असफल भयो। मैले त एक वर्षको समिक्षा प्रधानमन्त्रीले गरिरहँदा जम्माजम्मी एउटा निष्कर्ष सुने–केही गर्न सकिएन। अब सप्रिन्छु, अब गर्न कोशिस गर्छु, सप्रिन्छु आदि। केही पनि गर्न सकिन भन्ने निष्कर्ष नै हो। अरु केही छैन। सरकार असफल भएको छ। यस सरकारको असफलताले गर्दा देश गरिवीतिर जाँदो छ। अराजकतातिर जाँदो छ। जनतामा असन्तुष्टि बढदो छ। असन्तुष्टिले आक्रोशको रुप लिइराखेको छ।’
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।