संसद् छल्न राजीनामा र पुनर्नियुक्तिको नाटक
२० वैशाख २०७८
७ मिनेट पाठ
संग्रह
Email
ईमेल
संसद् छल्न राजीनामा र पुनर्नियुक्तिको नाटक

कोरोनाले जनता आक्रान्त भइरहँदा लुम्बिनी प्रदेशमा भने राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको छ। बिहान १० बजे एकाएक प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका मुख्यमन्त्री शंकर पोखरेलले दिउँसो ३ नबज्दै फेरि मुख्यमन्त्रीमा नियुक्ति पाए। अल्पमतमा परेका पोखरेलले कानुनविद्हरूको चर्को आलोचना, प्रदेश सांसदको धर्ना र झडपका बाबजुद राति ८ः३० बजेपछि आफ्नै कार्यालयमा सपथ पनि खाए।  

पोखरेललाई पद तथा गोपनीयताको सपथ खुवाउन प्रदेश प्रमुख धर्मनाथ यादव आफ्नै कार्यालय परिसरमा धर्ना बसेका विपक्षी सांसदको घेरा तोडेर मुख्यमन्त्री कार्यालय पुगेका थिए। एमालेबाहेक सबै दलका सांसद दिउँसोदेखि नै संविधानविपरीत भएको निर्णय बदरको माग गर्दै मुख्यमन्त्रीको नियुक्ति रोक्न र सपथ कार्यक्रम हुन नदिन प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्नामा थिए।

प्रदेश प्रमुख कार्यालयबाट निस्कँदा विपक्षी सांसदले रोक्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गर्‍यो। सांसदका अनुसार लुम्बिनी प्रहरी प्रमुख डिआइजी रवीन्द्र धानुकले महिला सांसदलाई लछारपछार गरे। माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्तीले निर्मला क्षेत्री, लौटी थारु, शुष्मा यादव, गीता थापा, पुष्पा चौधरी, तारा जिसीलगायतका महिला सांसदलाई डिआइजीसहित प्रहरी अधिकारीले लछारपछार गरेर घाइते बनाएको बताए।  

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले शान्तिपूर्ण रुपमा धर्नामा बसेका बेला डिआइजी धानुकले महिला सांसदलाई लछारपछार गरेको बताइन्। महिला प्रहरी पठाउन आग्रह गर्दागर्दै डिआइजी धानुकले आफूमाथि एक्कासि हातपात गरेको सांंसद क्षेत्रीको भनाइ छ।

माओवादी केन्द्रका २ र जसपाका ४ सांसद कारबाहीमा परेपछि सांसद संख्या ८१ रहेको लुम्बिनीमा बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छन्। सोही अनुरुप एमालेले ४१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष बुझाए पनि पोखरेलले मुख्यमन्त्रीको सपथ खाँदासम्म हस्ताक्षर गरेका ४ जनाले उनको साथ छोडिसकेका छन्। तीनजना विपक्षी गठबन्धनमा गएका छन् भने एकजनाले पदबाटै राजीनामा दिएका छन्।

मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ (१) अन्तर्गत एमालेको एकल बहुमत सरकार गठन गर्ने भन्दै धारा १६८ को (२) अन्तर्गत गठन भएको सरकारबाट आइतबार बिहान १० बजेपछि राजीनामा दिएका थिए। लगत्तै एमाले संसदीय दलको बैठक बसेर पोखरेललाई नै मुख्यमन्त्री बनाउने निर्णय गरियो। राजीनामासँगै उनले प्रदेश प्रमुखलाई दिउँसो १ बजे बोलाइएको संसद्को विशेष अधिवेशन अन्त्यका लागि सिफारिस पनि गरे। प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो १२ बजेतिर नै संसद् अधिवेशन अन्त्य भएको घोषणा गरे। अधिवेशन अन्त्यको सूचना जारी भएपछि सभामुख पूर्णबहादुर घर्तीले दलको आग्रहमा डाकिएको विशेष अधिवेशन मुख्यमन्त्रीको सिफारिसमा अन्त्य गर्नु संविधानसम्मत नभएको बताए पनि प्रदेश प्रमुखले सभामुखको कुरा सुनेनन्।  

नेपाली कांग्रेस, माओवादी, जसपा र जनमोर्चा सम्मिलित विपक्षी गठबन्धन सोमबारसम्म मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पास गर्ने र सरकार बनाउने तयारीमा थिए। विपक्षी गठबन्धनले वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाकै ३ सहित चारजनालाई वैशाख ६ गते नै मन्त्री बनाएपछि तीन दलले विशेष अधिवेशन माग गरेका थिए। सोही अनुरुप १९ गते आइतबार दिउँसो १ बजेलाई अधिवेशन डाकिएको थियो। 

जसपाका ४ सांसदले धोका दिए पनि जनमोर्चाका एक सांसदसहित एमालेकै सूर्य चिह्नबाट चुनाव लडेका कपिलवस्तु क्षेत्र नं. २ (ख) बाट निर्वाचित धर्मबहादुर श्रीवास्तव र पश्चिम नवलरासीका अजयबहादुर शाहीले अविश्वासको प्रस्तावका पक्षमा मत दिने पक्कापक्की भएको थियो। त्यस्तै उपनिर्वाचनमा नेकपाबाट निर्वाचित दाङकी सांसद विमला खत्री वलीले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने निश्चित थियो। कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दीर्घनारायण पाण्डेयले पनि पोखरेललाइ साथ नदिने पक्कापक्की थियो।  

माधव नेपाल पक्षमा खुलेर लागेका एमालेकै सांसदले समेत फ्लोर क्रस गर्ने अवस्था थियो। आफ्नै पार्टीका सांसदले फ्लोर क्रस गर्ने पक्कापक्की भएपछि मुख्यमन्त्रीले आइतबार एकाएक राजीनामा दिए। संसद्को विशेष अधिवेशन बैठकै बस्न नदिई अन्त्य गरिदिए। एमाले संसदीय दलको बैठक डाकेर उपस्थितिमा हस्ताक्षर गराइएका सांसदको हस्ताक्षर संकलन गरी प्रदेश प्रमुखलाई बुझाइएको दाबी पोखरेलको साथ छोडेर विपक्षी गठबन्धनमा आएका सांसदले गरेका छन्। सांसद विमला खत्री वलीले आफ्नो हस्ताक्षर दुरुपयोग भएको बताइन्।  

मुख्यमन्त्रीले राजीनामा गरेर आइतबार एमालेका तर्फबाट ४१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाइएपछि एमालेकै केही सांसदले त्यसको प्रतिवाद गरे। दाङबाट उपनिर्वाचन जितेकी विमला खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमा लागेको र आफ्नो हस्ताक्षर एमालेले दुरुपयोग गरेको पत्रकार सम्मेलन गरेर जानकारी गराइन्। लगत्तै नवलपरासीको क्षेत्र नं. ४ (ख) का एमाले सांसद दीर्घनारायण पाण्डेयले कोरोना महामारीका बेला सत्ता र शक्तिका लागि पोखरेलले झेली खेल खेलेको भन्दै सांसद पद र पार्टीबाटै राजीनामा दिए। नवलपरासीबाट सूर्य चिह्न लिएर स्वतन्त्र हैसियतमा प्रदेशसभा सदस्यमा निर्वाचित धर्मलाल श्रीवास्तव र अजय शाहीले विपक्षी गठबन्धनलाई साथ दिँदै हस्ताक्षर गरे।  

त्यसपछि कांग्रेसका १९, माओवादीका सभामुखबाहेक १८, जसपाका २, जनमोर्चाका १ र एमालेबाट विपक्षी गठबन्धनमा लागेका २ सांसदसहित ४२ जनाको हस्ताक्षर जुटाएर चार दलले गठबन्धन सरकारको मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई सिफारिस गर्दै प्रदेश प्रमुखलाई दिउँसो १ बजे हस्ताक्षर बुझाए।  

विपक्षी गठबन्धनले हस्ताक्षर बुझाउँदा प्रदेश प्रमुखलाई मुख्यमन्त्री सिफारिस गरिएका पोखरेलसँग बहुमत नरहेको जानकारी पनि गराएका थिए। त्यसबाहेक एमालेका अमरबहादुर डाँगी आइतबारको एमाले संसदीय दलको बैठकमा सहभागी थिएनन्। उपसभामुखले मतदानमा भाग लिन पाए पनि सरकार गठन वा गिराउन उपसभामुखको हस्ताक्षर प्रयोग गर्न नपाइने व्यवस्था छ। तर एमालेले बुझाएको हस्ताक्षरमा उपसभामुखको पनि हस्ताक्षर थियो। बहुमत नै नभएको व्यक्तिलाई मुख्यमन्त्रीमा नियुक्त नगर्न विपक्षी दलका नेता तथा सांसदले गरेको आग्रहलाई लत्याउँदै अन्ततः प्रदेश प्रमुख यादवले दिउँसो ३ बजे पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिदिए।  

त्यसलगत्तै चारवटै दलका नेताले फेरि प्रदेश प्रमुखसँग संविधानविपरीतको निर्णय तत्काल सच्याउन र नियुक्ति बदर गर्न माग पनि गरे तर प्रदेश प्रमुख टसको मस भएनन्। नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्दिन खानले प्रदेश प्रमुख एमालेको कार्यकर्ताका रुपमा प्रयोग भएको र प्रदेश प्रमुखजस्तो गरिमामय पदको शाख गिराएको बताए। संविधानविपरीतको कदमविरुद्ध अदालत जाने विपक्षी दलका नेताहरूले बताएका छन्।  

अधिकारकर्मी तथा अधिवक्ता महेन्द्र पाण्डेले राजनीतक दल र तिनका नेताले सत्ता र शक्तिका लागि जे पनि गर्छन् भन्ने लुम्बिनी प्रदेशको आइतबारको घटनाले साबित गरिदिएको बताए। ‘अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा त्यसको सामना गर्नु लोकतान्त्रिक पद्धति हो तर लुम्बिनी प्रदेशमा नेकपा एमाले र त्यसका नेता शंकर पोखरेलले त्यसलाई छलेर अत्यन्तै निकृष्ट र कपटपूर्ण शकुनी खेल खेले’, उनले भने।

उच्च अदालत तुलसीपुर बुटवल बारका अध्यक्ष जोगबहादुर खत्री मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव कायमै रहेको अवस्थामा संसद् छलेर राजीनामा गर्नु मुख्यमन्त्रीको राजनीतिक र संवैधानिक बेइमानी भएको बताउँछन्। प्रदेश प्रमुखजस्तो पदलाई समेत राजनीतिक दलको स्वार्थमा प्रयोग गरेर अत्यन्तै गलत नजिर बसालेको टिप्पणी उनले गरे। अधिवक्ता खत्रीले संविधानको धारा १६८ (१) को पनि गलत व्याख्या गरिएको भन्दै बहुमत हस्ताक्षरलाई लत्याएर अल्पमतको व्यक्तिलाइ सत्ता सुम्पनु अनैतिक राजनीतिक खेल भएको बताए। नागरिक सामान्य अक्सिजन नपाएर मरिरहँदा प्रदेश प्रमुख नै कुनै एउटा पार्टीको कार्यकर्ताजस्तो बनेर सत्ता र शक्ति जोगाउने खेलमा लाग्नु संविधान र लोकतान्त्रिक गणतन्त्रको मूल्यमान्यताविरुद्ध भएको उनको टिप्पणी छ। यस्ता कदमविरुद्ध कानुनी उपचार खोजिनुपर्नेमा उनले जोड दिए।

चार मन्त्री नियुक्त

यसैबीच मुख्यमन्त्री पोखरेलले सपथ लिए लगत्तै एमाले र जसपाका दुईदुईजना गरी चारजनालाई मन्त्री नियुक्त गरेका छन्। उनले एमालेका वैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना र हरि रिजाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा जसपाका सन्तोष पाण्डेलाई भौतिक पूर्वाधार र विजयबहादुर यादवलाई कृषि मन्त्रालय जिम्मा दिएका छन्।

लोकप्रिय
अर्को समाचार
लुम्बिनीमा एमाले सरकार ढल्यो
२८ साउन २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
लुम्बिनीमा एमाले सरकार ढल्यो

अल्पमतमा परेका लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार राजीनामा दिएका छन्। योसँगै लुम्बिनी प्रदेशको सत्ताको नेतृत्व विपक्षी गठबन्धनतर्फ सोझिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। यो आह्वानसँगै बहुमत पुर्‍याई सत्ताको नेतृत्व गर्ने तयारीमा गठबन्धन जुटेको छ। नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख शेरचनले बिहीबार दिउँसो तीन बजेसम्मको समय तोकेका छन् । संविधानको धारा १६८ को उपधार २ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन्।

चार दल सम्मिलित विपक्षी गठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादी केन्द्रले प्रदेश सरकारको बाँकी अवधि ‘आधाआधा’ नेतृत्व गर्ने सहमति गरेका छन्। साना दुई दल जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले पनि सरकारमा सहभगिता जनाउने सहमति भएको छ। वर्तमान सत्ता फेरबदलका लागि भएको यो सहमति गठबन्धनको सरकार निर्माणको पहिलो आधार पनि हो ।

फागुन २३ गते नेकपा खारेजीसँगै प्रदेश सरकारहरूको सत्तामा डगमगाउने परिस्थिति बन्यो। त्यसलगत्तै गण्डकी र लुम्बिनी प्रदेशको सत्ता समीकरणका लागि विपक्षी दलहरूको मोर्चाबन्दी सुरु भएको हो। एमाले इतरका राजनीतिक शक्तिहरूबीच गठबन्धन निर्माण गरेर प्रदेशको सत्ता परिवर्तन गर्ने योजनामुताबिक लुम्बिनी प्रदेशमा भावी सत्ता सञ्चालनको खाका बनेको थियो। खाकाबमोजिम नै कांग्रेस र माओवादी केन्द्रले सरकार ‘आलोपालो’ प्रणालीमा चलाउने निष्कर्ष निकालेका थिए।

ती दुई दलले सरकारको आधाआधा अवधि नेतृत्व गर्ने सहमति बने पनि सुरुमा कसको नेतृत्वमा सरकार निर्माण गर्ने भन्ने विषय गण्डकी प्रदेशको भूमिकामा निर्भर थियो। लुम्बिनी प्रदेशमा सत्ता फेरबदलको कसरत सुरु भइसक्दा गण्डकीमा भने कुनै सुरसार थिएन। ‘त्यो बेला हाम्रो प्रदेशमा सरकार फेरबदलको कसरत सुरु भइसकेको थियो। यहाँ कांग्रेस र माओवादी केन्द्रले आधाआधा सरकार चलाउने सहमति भइसकेको थियो,’ माओवादी केन्द्रका सांसद इन्द्रजित चौधरीले भने,‘तर सुरुमा कसले सरकारको नेतृत्व गर्ने भन्ने विषय गण्डकीको भूमिकामा निर्भर थियो।’

गण्डकीमा बनेको विपक्षी गठबन्धनले तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने योजना बनायो । वैशाख २ मा कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि लुम्बिनीमा पनि सत्ता नेतृत्व हकदारको टुंगो लागेको थियो।

गण्डकीमा कांग्रेसलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएपछि लुम्बिनीमा सुरुमा सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने निधो भएको थियो। ‘गण्डकीमा माओवादी केन्द्रले सरकारको नेतृत्व पाउने परिस्थिति बनेको भए लुम्बिनी सरकारको नेतृत्व सुरुमा कांग्रेसले लिने गरी अघि बढ्ने सहमति थियो,’ माओवादी सांसद चौधरीले भने।

वैशाख ६ मा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव गर्दै माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरियो। ‘गण्डकीको मुख्यमन्त्री कांग्रेसले पाउने भएपछि लुम्बिनी सरकारको नेतृत्व पहिलो चरणमा माओवादीले गर्ने भन्ने टुंगो लागेको हो,’ सांसद चौधरीले भने, ‘सोहीअनुसार मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसीको नाम सिफारिस गरिएको हो।’ सरकारको नेतृत्व आधाआधा गर्ने सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारले अबको यात्रा तय गर्ने विपक्षी दलका सांसदहरू बताउँछन्।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस