दाङको कोरोना विशेष अस्पतालमा कोरोनाका बिरामी राख्ने ठाउँ छैन । अक्सिजनको स्टक नहुँदा बिरामीको ज्यान जतिबेलै ‘तलमाथि’ हुने खतरा छ । प्रति दिन खपत हुने अक्सिजनको मात्रा मात्रै नेपालगन्जबाट यो अस्पतालमा आयात भइरहेको छ । ‘यदि एक दिन अक्सिजन आईदिएन भने के गर्ने ?’ यो अस्पतालका व्यवस्थापक द्रोण ओली भन्छन् ‘अक्सिजनको स्टक राखौँ भनेर पटक पट भन्दा पनि केहि लागेन ।’
लुम्बिनी प्रदेश अन्य तीन सरकारी कोभिड अस्पतालहरुमा पनि बिरामी राख्ने ठाउँ छैन । बुटवलमा रहेको धागो कारखाना अस्पताल र भैरहवामा रहेको भिम अस्पतालले बिरामी भर्ना गर्न छोडेको साता दिन भैसक्यो । उता अर्को सरकारी अस्पताल बाँकेको भेरी अस्पतालको अवस्था झनै बिजोग छ । बेड अभावमा कैयन बिरामीहरु बाहिरै स्ट्रेचरमा पल्टिईरहेका छन् । यो अस्पताका शैया पनि भरिईसकेकाले गम्भिर समस्या भएकै बिरामी पनि अब यो अस्पतालले भर्ना गर्न सक्ने अवस्था छैन ।
आफ्नो प्रदेश भित्र रहेका सरकारी कोभिड अस्पतालमा बेड नपाएर बिरामीहरु छट्पटाई रहँदा समेत लुम्बिनी प्रदेश सरकारले भने बिरामीको सहज उपचारका सम्बन्ध अहिले सम्म ध्यानै दिन सकेको छैन । मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण र उपचारका लागि सहयोग हुने आश्वासन दिएको खबर आईतबार बल्ल बाँड्न भ्याए ।
दिनानुदिन बिरामीको चाप बढ्दै गईरहेको अवस्थामा मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेखेको यो सन्देशले प्रदेश सरकार संघीय सरकारकै सहयोग कुरेर बसिरहेको आँकलन गर्न गाह्रो पर्दैन । उनले लेखेका छन् ‘बाँके लगाएत लुम्बिनी प्रदेशमा बढ्दो कोभिड १९ को नियन्त्रण र उपचारका लागि केन्द्रको थप सहयोगका लागि प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसंग कुरा भएको छ, यथाशिघ्र सहयोग उपलब्ध हुने बचन दिनु भएको छ ।’
त्यसोत,हप्ता दिन देखि अस्पतालहरु भरिभराउ भैसक्दा समेत कुनै प्रदेश सरकारले कुनै पहल नथाल्नुको कारणपनि प्रदेश सरकार कोरोना व्यवस्थापन निरिह त छैन रु भन्ने प्रश्न उठाईदिएको छ ।‘बिरामीहरुलाई तत्काल बेड चाहिएको छ, सहयोगको बचन हैन,’ घोराहीका रमेश केसीले भने ‘ मुख्यमन्त्रीले कति गर्वका साथ प्रधानमन्त्रीको बचन सुनाए रु बचन हैन, बिरामीलाई बेड चाहिएको छ ।’
प्रदेशमा भएका चारवटै सरकारी कोभिड अस्पतालमा बेड फूल भएर बिरामीको ज्यानै जार्ने अवस्था आउन लागिसक्दा समेत प्रदेश सरकारले अस्पताल वा बेड संख्या बढाउने तर्फ कुनै चासो नै देखाएको छैन । नत यस सम्बन्धी ठोस निर्णय गरेर एक्सनमा जानै सकेको छ । हाल सञ्चालित सरकारी अस्पतालहरुले बिरामीको चाप थेग्न नसक्ने बताईसकेका छन् ।
उनिहरुले अन्य अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन नगरे स्थिती झनै भयावह बन्ने चेतावनी दिईरहेका छन् । तर प्रदेश सरकारले भने अस्पताल थप्ने बिषय सम्भवै नरहेको बताउँछ । ‘अरु अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गरेर अघि बढ्ने भन्ने कुरा सम्भव हुँदैन,’ प्रदेश सरकारका अर्थमन्त्री एबं सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने ‘अरु अस्पताललाई पनि कोभिड अस्पताल बनाएपछि त्यहाँ भएका अरु रोगका बिरामीहरुलाई कहाँ राख्ने ?’
तर प्रदेशमा बेड थप्ने बिषयमा भने सरकारले बल्ल तयारी गर्दैछ । उनका अनुसार आईशोलेशन सञ्चालन गर्ने भनेर तयारी भैहरहेको छ । कोरोनाको संक्रमण उच्च रहेको बाँके र रुपन्देहीमा आईशोलेशन सञ्चालन गर्ने गरि तयारी भैरहेको उनले बताए । ‘अस्पताल निर्माण वा सञ्चालन गर्ने भन्ने बिषय सम्भव नहुने कुरा हो,’ मन्त्री चौधरीले भने ‘बाँके र रुपन्देहीमा आईशोलेशन सञ्चालन गर्ने भन्ने कुरा भएको हो, यसको तयारी भैरहेको छ ।’
उनका अनुसार केहि दिन अघि मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षमा प्रदेश सिसिएमसीको बैठक बसेको थियो । उक्त बैठकले कोरोना सम्बन्धी सचेतनाका लागि प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको थियो । यसैगरि आईशोलेशन निर्माणको अर्को निर्णय गरेको थियो ।
यो निर्णय भएको ५ दिन भैसक्दा सम्म पनि आईशोलेशन निर्माणको प्रकृया नै सुरु भैसकेको छैन । ‘बाँकेमा आईशालेशन निर्माणको तयारी भैरहेको भन्ने सुनेको छु,’ मन्त्री चौधरीले भने । उनका अनुसार सामान्य खालका बिरामीहरुलाई आइशोलेशनमा राखिने र गम्भिर प्रकृतिका बिरामीहरुलाई मात्रै अस्पताल भर्ना गरिने योजना प्रदेश सरकारको छ । यसो भए अस्पतालमा बेड अभावको समस्या हट्ने मन्त्री चौधरीले बताए । त्यसोत उनले अस्पताल सञ्चालन भन्दा पनि सीमा नाकामा कडाई नै कोरोना संक्रमण रोकथामको गतिलो उपाय हो । भारतीबाटै कोरोना संक्रमण फैलिएको भन्दै उनले भने ‘हामीहरुको बढि ध्यान समिा नाका कडाईमा केन्द्रीत हुन जरुरी छ ।’
त्यसोत, प्रदेशमा अक्सिजनको अभाव नहरने मन्त्री चौधरी बताउँछन् । फलतः अक्सिजनको स्टकका लागि पनि प्रदेश सरकारले कुनै योजना बनाएको छैन । ‘अक्सिजन अभाव भएको भारतमा मात्रै हो, हाम्रो यहाँ छैन,’ उनले भने ‘यहाँ अक्सिजनका लागि समस्या झेल्नु पर्ने छैन ।’
सुदूरपश्चिम प्रदेशमा केही हप्तादेखि कोरोना भाइरसको सङ्क्रमणदर उकालो लाग्न थालेको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार पछिल्लो ११ दिनमा प्रदेशमा दुई सय २३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ। यो अवधिमा पिसिआर र एन्टिजेन पद्धतिबाट सात हजार ८४ जनाको नमूना परीक्षण गरिएको छ।
सङ्क्रमणदर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ। गत बिहीबार एकै दिन ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो। कोरोना सङ्क्रमणदर बढेसँगै ‘एक्टिभ केश’ ९सक्रिय बिरामी० पनि बढेका छन्। हाल कैलालीमा २२ र कञ्चनपुरमा एक सक्रिय बिरामी छन्। भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो।
सीमानाका हुँदै भारतबाट भित्रिने बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिने गरेको छ। कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले यो रोगको सङ्क्रमण बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ।सर्वसाधारणबाट तोकिएको मास्क प्रयोग नगरी जथाभावीरूपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कमी–कमजोरी देखिएको छ।
सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले कोरोना सङ्क्रमणदर अझै बढ्न सक्ने बताए। ‘नमूना परीक्षण गराउनेहरू बढ्दा कोरोना ‘पोजेटिभ’ बिरामी पनि बढ्न सक्छन्’, उनले भने, ‘सङ्क्रमण पुष्टि हुने व्यक्तिलाई चिकित्सकसँग सल्लाह लिन र होमआइसोलेसनमा बस्न सल्लाह दिने गरेका छौँ।’
सीमाक्षेत्र हुँदै भित्रिने सङ्क्रमित नागरिकको हकमा निजकै घरठेगाना भएको पालिका तहलाई सीमाक्षेत्रमा सञ्चालित ‘हेल्थ डेस्क’मार्फत समन्वय गरेर जानकारी गराउने गरिएको छ। तर पालिका तहले सङ्क्रमण रोकथामका लागि पहल गरे÷नगरेको जानकारी नभएको स्वास्थ्यकर्मीले बताएका छन्। कोरानाको सङ्क्रमण बढ्न थालेपछि कोरोना भाइरसविरुद्धको बुस्टर डोज ९खोपको मात्रा० स्वास्थ्य संस्थामार्फत लगाउन थालिएको छ।
सरकारले कोभिड–१९ विरुद्धको पूर्ण मात्राको खोप लगाएको तीन महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिलाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएका व्यक्तिलाई दोस्रो बुस्टर मात्रा खोप दिन लागिएको छ।
स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ५५ वर्षमाथिका सबै नागरिकलाई बुस्टर खोप लगाउन मिल्ने जनाइएको छ। कोरोनाको सङ्क्रमण भएकाहरूले सङ्क्रमणमुक्त भएको एक महिनापछि यो बुस्टर डोज लिन मिल्ने जनाइएको छ।
कोरोना भाइरसको समस्या देखिएपछि हालसम्म सुदूरपश्चिममा छ लाख ५४ हजार आठ सय १८ जनाको नमूना परीक्षण भइसकेको छ। यीमध्ये ६२ हजार दुई सयमा सङ्क्रमण पुष्टि भएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।