नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४ नमूना परीक्षण गर्दा २० जनामा सङ्क्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ३४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। यस्तै सोही अवधिमा कसैको मृत्यु भएको छैन।
हालसम्म नेपालमा कोरोनाबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ। यसका साथै मुलुकमा पीसीआर परीक्षण गर्दा १० लाख ५५० जना र एन्टिजेन परीक्षण गर्दा एक लाख ५२ हजार १५५ जनामा कोरोना संक्रमण देखिएको छ।
त्यसमध्ये नौ लाख ८७ हजार ९७९ जना निको भइसकेका छन्। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५५२ रहेको छ।
पछिल्लो २४ घन्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमितत पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार २५ जनामा गरिएको परीक्षणमा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जना पुगेको छ । जसमध्ये १ सय ५७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा २ सय ८१ जना डिस्चार्ज भएका छन् यो संगै डिस्चार्ज हुनेको संख्या १८ हजार ८ सय ६ पुगेको छ ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।