रसुवा र ओखलढुंगाबाहेक सबै जिल्लामा संक्रमण, कुन जिल्लामा कति संक्रमित ?
०७ असार २०७७
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
रसुवा र ओखलढुंगाबाहेक सबै जिल्लामा संक्रमण, कुन जिल्लामा कति संक्रमित ?

नेपालमा शनिबार मात्र तीन सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा तीन सय ४२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या आठ हजार ६ सय १६ पुगेको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा संक्रमण फैलिएको छ । पछिल्लोपटक मुस्ताङमा समेत संक्रमित भेटिएपछि ७५ जिल्लामा कोरोना पुगेको हो । अहिलेसम्म संक्रमित नभेटिएका दुई जिल्ला रसुवा र ओखलढुंगा हुन् ।  

शनिबार डोटीका ६१, पाल्पा ३३, नवलपुर ३२, महोत्तरी २४, तनहुँ २४, बागलुङ २९, बैतडी र गुल्मी १८÷१८, बाँके १४, डडेलुधरा १२, सर्लाही नौ, मोरङ, प्युठान र धादिङमा आठ÷आठजनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी भक्तपुर, रौतहट र बर्दियामा सात÷सात, दाङ र बारा चार÷चार, रामेछाप र कैलाली तीन÷तीन, सुनसरी दुई, काठमाडौं, झापा, नवलपरासी, रूपन्देही, स्याङ्जा, मुस्ताङ र रुकुम पश्चिमका एक÷एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार हालसम्म सबैभन्दा बढी रौतहटमा एक हजार एक सय १२ जनामा संक्रमण देखिएको छ । देशका ११ जिल्लामा दुई सयभन्दा बढी संक्रमित फेला परेका छन् । रौतहटपछि क्रमशः दैलेखमा सात सय २५, कपिलवस्तुमा ६ सय ८०, सर्लाहीमा पाँच सय ६२, महोत्तरीमा पाँच सय २४, सुर्खेत दुई सय ९८, दाङमा दुई सय ७३, धनुषामा दुई सय ६०, रूपन्देहीमा दुई सय ५६, बाँकेमा तीन सय ४३ र कैलालीमा दुई सय पाँचजनामा संक्रमण देखिएको छ ।

प्रादेशिक तथ्यांकअनुसार प्रदेश १ का १३ जिल्लामा संक्रमण फैलिएको छ । सोलुखुम्बुमा एक, मोरङ एक सय १५, संखुवासभा दुई, सुनसरी ६२, भोजपुर ६, धनकुटा आठ, झापा एक सय ७९, खोटाङ चार, उदयपुर ५०, तेह्रथुम तीन, पाँचथर तीन, इलाम दुई र ताप्लेजुङमा चार गरी चार सय ३९ जनामा संक्रमण पुष्टि भएको छ ।  

प्रदेश २ का आठै जिल्लामा संक्रमण फैलिएको छ । सिरहामा ८०, सर्लाही पाँच सय ६६, सप्तरी एक सय ५२, रौतहट एक हजार एक सय १२, महोत्तरी पाँच सय २४, बारा एक सय पाँच, पर्सा एक सय ५८ र धनुषामा दुई सय ६० गरी दुई हजार नौ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ ।  

वाग्मती प्रदेशका १२ जिल्लामा संक्रमण फैलिएको छ । सिन्धुलीमा आठ, सिन्धुपाल्चोक २६, मकवानपुर १४, रामेछाप २५, काठमाडौं ४१, ललितपुर पाँच, काभ्रेपाल्चोक ६, चितवन ४३, दोलखा दुई, धादिङ एक सय एक, नुवाकोट १२ र भक्तपुरमा १६ गरी दुई सय ९९ जनामा संक्रमण पुष्टि भएको छ ।  

गण्डकी प्रदेशका ११ जिल्लामा संक्रमण फैलिएको छ । स्याङ्जामा ७७, बागलुङमा १०४, लमजुङमा एक, म्याग्दीमा तीन, नवलपरासी पूर्वमा एक सय २७, कास्कीमा १५, गोरखामा ४७, पर्वतमा ४३, तनहुँमा ६९ र मनाङ र मुस्ताङमा एक÷एक गरी चार सय ८८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश ५ का १२ जिल्लामा कपिलवस्तुमा ६ सय ८०, बाँकेमा तीन सय ४३, दाङमा दुई सय ७३, रूपन्देहीमा दुई सय ५६, अर्घाखाँचीमा एक सय ६५, बर्दियामा एक सय ५०, गुल्मीमा एक सय ६८, नवलपरासी पश्चिम ५४, प्युठानमा ७४, पाल्पामा ८९, रोल्पामा ४०, रुकुम पूर्वमा तीन गरी दुई हजार दुई सय ९५ जनामा संक्रमण फैलिएको छ ।  

कर्णाली प्रदेशका १० जिल्लामा संक्रमण फैलिएको छ । दैलेखमा सात सय २५, सुर्खेतमा दुई सय ९८, सल्यानमा एक सय ६५, कालिकोटमा ४२, जुम्लामा २६, जाजरकोटमा आठ, रुकुम पश्चिममा दुई, हुम्ला, मुगु, डोल्पामा एक÷एक गरी एक हजार दुई सय ६९ जनामा संक्रमण देखिएको छ ।  

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा संक्रमण फैलिएको छ । कैलालीमा दुई सय पाँच, डडेलधुरामा एक सय ४४, बैतडीमा एक सय ३८, कञ्चनपुरमा ९४, अछाममा ७२, बाजुरामा ७०, डोटीमा एक सय २४, बझाङमा २०, दार्चुलामा १२ गरी ८६९ जनामा संक्रमण देखिएको छ ।  

कुन जिल्लामा कति डिस्चार्ज ?

पछिल्लो २४ घन्टामा एक सय ७६ जना डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या एक हजार पाँच सय ७८ पुगेको छ ।  

प्रदेश १ का मोरङमा १६, सुनसरी ३०, भोजपुर पाँच, धनकुटा सात, झापा एक सय ३१, खोटाङ चार, उदयपुर ३०, तेह्रथुम दुई, संखुवासभा दुई, पाँचथर एक र ताप्लेजुङमा तीन गरी दुई सय ३२ जना डिस्चार्ज भएका छन् ।

प्रदेश २ अन्तर्गत धनुषामा एक सय ३६, पर्सा एक सय १७, बारा ४७, महोत्तरी आठ, रौतहट एक सय ५६, सप्तरी ५०, सर्लाही ५५ र सिरहामा ५२ गरी पाँच सय ८१ जना डिस्चार्ज भएका छन् ।

वाग्मती प्रदेशअन्तर्गत काठमाडौंमा २४, काभ्रेपाल्चोक एक, चितवन आठ, दोलखा दुई, धादिङ तीन, नुवाकोट एक, भक्तपुर पाँच, मकवानपुरमा ११, रामेछाप दुई, ललितपुर एक, सिन्धुलीमा एक गरी ५९ जना डिस्चार्ज भएका छन् ।

गण्डकी प्रदेश ४ मा नवलपरासीपूर्व ६, कास्की एक, गोरखामा एक, स्याङ्जा तीन, बागलुङमा ६ गरी १७ जना डिस्चार्ज भएका छन् ।

प्रदेश ५ का अर्घाखाँचीमा दुई, कपिलवस्तु ४०, नवलपरासी पश्चिम तीन, बर्दिया तीन, बाँके दुई सय ९७, रूपन्देही ५६, दाङ ४४, गुल्मी तीन, पाल्पा एक, रुकुम पश्चिममा तीन गरी चार सय ५२ जना डिस्चार्ज भएका छन् ।

कर्णाली प्रदेशअन्तर्गत दैलेखमा ३५, जुम्ला २४, कालिकोट २४ मुगु एक, हुम्ला एक, सुर्खेत २९ र सल्यानमा ११ जना गरी एक सय २५ जना डिस्चार्ज भएका छन् ।

सुदूरपश्चिम प्रदेशका अछाममा सात, कञ्चनपुर सात, कैलाली ३२, दार्चुला तीन, डोटीमा १०, डडेल्धुरा आठ, बैतडी पाँच गरी ७२ जना डिस्चार्ज भएका छन् ।

कुन जिल्लामा कति मृत्यु ?

कोरोना संक्रमणका कारण प्रदेश २ अन्तर्गत पर्सामा एक, बारामा दुई गरी तीन जनाको मृत्यु भएको छ भने वाग्मती प्रदेशमा चितवन, ललितपुर, सिन्धुपाल्चोक र दोलखामा एक/एक गरी चारजनाको मृत्यु भइसकेको छ । गण्डकी प्रदेशअन्तर्गत स्याङ्जामा एकजनाले ज्यान गुमाएक छन् । प्रदेश ५ मा गुल्मी र बाँकेमा दुई/दुई, अर्खाखाँची, कपिलवस्तु, पाल्पामा एक÷एक गरी सातजनाको मृत्यु भएको छ भने कर्णाली प्रदेशमा दैलेख, डोल्पा र सुर्खेतमा एक/एक गरी तीनजनाले ज्यान गइसकेको छ । सुदूरपश्चिम प्रदेशमा कैलालीका तीन र बाजुराका एक गरी चार जनाको मृत्यु भएको छ ।  

कुन प्रदेशमा कति ?

प्रदेश           संक्रमित     डिस्चार्ज   मृत्यु  

१                  ४३९          २३२        ०

२                २९५७         ६२१        ३

वाग्मती         २९९          ५९         ४

गण्डकी         ४८८          १७        १

५                  २२९५        ४५२      ७

कर्णाली         १२६९        १२५       ३

सुदूरपश्चिम      ८६९          ७२       ४

जम्मा           ८६१६        १५७८    २२

लोकप्रिय
अर्को समाचार
किन लगाउने कोरोनाविरुद्धको अतिरिक्त बुस्टर डोज?
०६ वैशाख २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
किन लगाउने कोरोनाविरुद्धको अतिरिक्त बुस्टर डोज?

पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गइरहेको छ। संक्रमणदर बढेसंगै मृत्यु हुनेको संख्या पनि बढेको देखिन्छ। मंगलबार मात्र कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरिरहेको छ। मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारी बिरामी हुने जोखिम कम गर्न, कोभिड–१९ लागेमा गम्भीर रूपमा बिरामी हुनबाट बच्न र परिवार, साथी र समुदायलाई सुरक्षित राख्न खोप लगाउनुपर्ने बताउँछन्।

कोरोनाविरुद्धको खोप लगाउने कुरा समुदायमा संक्रमण कतिको फैलिएको छ, समुदायमा प्रतिरोधात्मक क्षमता कमजोर भएर मानिसहरु अस्पताल भर्ना हुने दर बढ्दै जादा बूस्टर डोज लगाउनुपर्ने अधिकारीले बताए।  

सामान्य अवस्थामा कोरोनाविरुद्धको खोप ३ वटा डोज मात्र लगाए पुग्ने उनको भनाइ छ। कोरोनाको अलि बढी जोखिममा भएका फ्रन्टलाइनरहरु, स्वास्थ्यकर्मी, ५५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक र दिर्घरोगीहरुलाई कोरोनाविरुद्धको खोपको अतिरिक्त डोज दिएको उनले बताए।

तर नेपालमा कोरोना संक्रमण कम हुँदा खोप लगाउन नजाने र संक्रमण बढेपछि खोप लगाउन जाने परिपाटीले खोपको व्यवस्थापन गर्न गाह्रो भएको अधिकारी बताउँछन्।

उनी भन्छन्,‘हाम्रोमा कोरोना संक्रमण कम हुँदा खोप लगाउन कोही जानु हुँदैन्। संक्रमण बढेपछि खोप लगाउन जाने संख्या पनि बढ्छ। त्यसैले खोप व्यवस्थापन गर्नै गाह्रो भइरहेको छ। खोपले हामीलाई थप सुरक्षित गर्न र जटिल अवस्था भएर अस्पताल भर्ना हुन नपरोस भनी खोप लगाउने हो।’

अहिलेसम्म आएका कोरोनाको भेरियन्टहरुका लागि यस अघि लगाएको ३ डोज खोपले पुग्ने उनको बुझाइ छ। अहिले दिइरहेको अतिरिक्त डोज भने बढी जोखिम  भएकालाई दिइरहेको अधिकारीले बताए।  

सरकारले पछिल्लो समय बुस्टर डोजमा फाइजर खोप लगाइरहेको छ। कोरोनाविरुद्धको अन्य खोप लगाएकाहरुले बुस्टर डोजमा फाइजर खोप लगाउन मिल्ने डा.अधिकारीले बताए।  

नेपालमा अहिलेसम्म कोरोनाविरुद्धको खोपहरुमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, फाइजर लगाइएको छ। उनले यी खोपहरु लगाएकाहरुलाई पनि बुस्टर डोजमा फाइजर लगाउन मिल्ने बताए।

‘पछिल्लो समय हामीले लगाएको कोरोना विरुद्धको बुस्टर डोज खोप ओमिक्रोन भेरिएन्टलाई लक्षित गरेर लगाइएको हो। नभए पहिलाको नै २ डोज खोपले पुग्ने थियो। अहिले अतिरिक्त डोज दिनै पर्ने व्यक्तिहरुलाई दिएका हौं’, अधिकारीले भने।

पछिल्लो समय सरकारले कोरोनाविरुद्धको खोप स्थानीय तहरुको माग अनुसार पठाइरहेको छ भने स्थानीय तहहरुको व्यवस्थापनमा खोप लगाइरहेको छ।  

काठमाडौं उपत्यकामा भने यस अघि खोप लागाइएका ठूला अस्पताल र काठमाडौं महानगरका केही वडाहरुको स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउन पाइन्छ। खोप लगाउन जाँदा यस अघि खोप लगाएको कार्ड लिएर जार्नुपर्ने छ।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस