पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ। यस अवधिमा ५१ जना कोरोनामुक्त पनि भएका छन्।
कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १२ सय १८ जनाले ज्यान गुमाइसकेका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ। यसैबीच, डेंगु संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ५१ पुगेकाे छ। मन्त्रालयका अनुसार डेंगु संक्रमण ७७ जिल्लामा फैलिएकाे छ भने ४२ हजार पाँच सय चार जना संक्रमित भइसकेका छन्।
गत २४ घन्टामा नेपालमा ८ हजार २ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्टको कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको छ।
सो अवधिमा ६ हजार ८ सय ९१ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको बीचमा १९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मन्त्रालयले गत २४ घन्टाको बीचमा २० हजार ९ सय ७९ जनाको कोरोना परीक्षण गरिएको थियो । परीक्षणकाे क्रममा ८ हजार २ सय ३ जना कोरोना पोजेटिभ भएको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।