शुक्रबार नेपालमा १ सय १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशका विभिन्न २५ वटा प्रयोगशालामा भएको परीक्षणमा १ सय १८ जना संक्रमित थपिएका हुन् । आजसम्म जम्मा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
शुक्रबार पीसीआर विधिबाट ४ हजार ८ सय ६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म २ लाख ७५ हजार ९ सय ५१ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता डा. देवकोटाले बताए । देशभरीका क्वारेन्टिनमा २३ हजार ९ सय १० जना रहेका छन् ।
विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । शुक्रबार १ सय २० जना गरी आजसम्म ८ हजार ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घन्टामा ७ हजार ९ सय २६ जनाको आरटि पिसिआर विधिबाट स्वाब परीक्षण गरिएकोमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा बोल्दै डा. जागेश्वर गौतमले शुक्रबार थपिएका ४ सय ६४ जना सहित नेपालमा कोरोना संक्रमितको संखया २२ हजार २ सय १४ पुगेको छ ।
पछिल्लो २४ घन्टामा ४ सय २५ जना डिस्चार्ज भएका छन् । यो संगै निको हुनेको संख्या १५ हजार ८ सय १४ जना पुगेको छ । साथै आज पाँच जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको छ । योसंगै मृत्युहुनेको संख्या ७० पुगेको छ ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।