प्रदेश १ मा ३ सय १५ संक्रमित थपिए, ३ सय ५० डिस्चार्ज
२१ कार्तिक २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रदेश १ मा ३ सय १५ संक्रमित थपिए, ३ सय ५० डिस्चार्ज

प्रदेश १ मा शुक्रबार ३ सय १५ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेशका विभिन्न आइसोलेसनमा रहेका ३ सय ५० संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्। प्रदेशको मोरङमा १ सय २३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३–३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुंगा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा ८९, उर्लाबारीमा ८, सुन्दरहरैँचामा ६, लेटाङमा ४, बेलबारी र पथरीशनिश्चरेमा ३–३, रंगेलीमा २, धनपालथान, ग्रामथान, सुनबर्षी, कटहरी, रतुवामाई र केराबारीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ। सुनसरीको धरानमा ४९, इटहरीमा २१, इनरुवामा ७, रामधुनी, देवानगञ्ज, बराहक्षेत्र  र कोसी गाउँपालिकामा २–२, भोक्राहानरसिंह, दुहबी, हरिनगर र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।  

झापाको दमकमा २८, विर्तामोडमा २१, भद्रपुरमा ९, शिवसताक्षी, अर्जुनधारा र मेचीनगरमा ३–३, कनकाई, हल्दिबारी र झापा गाउँपालिकामा २–२, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको लालीगुराँसमा ४, म्याङ्लुङ र छथरमा १–१, इलामको इलाम नगरपालिकामा २ र सूर्योदयमा १, धनकुटाको पाख्रीबासमा १ र स्थानीय तह नखुलेका २, भोजपुरमा ३, उदयपुरको बेलका र त्रियुगामा १–१, ताप्लेजुङको फुङ्लिङ, ओखलढुंगाको मानेभन्ज्याङ, संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार १ सय १७ पुगेको छ।

प्रदेशमा ३ सय ५० जना डिस्चार्ज भएका छन्। होमआइसोलेसनबाट ३ सय ४३, विराट मेडिकल कलेजबाट ३, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २, न्यूरो अस्पताल र जिल्ला अस्पताल धनकुटाबाट १–१ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ४६ पुगेको छ।

प्रदेशमा शुक्रबार १ हजार १ सय ९७ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १ सय ३८ महिला र १ सय ७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ६७ हजार ३ सयको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

लोकप्रिय
अर्को समाचार
प्रदेश १ः ६ सय ६२ डिस्चार्ज, १ सय ८९ जना संक्रमित थपिए
२७ कार्तिक २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रदेश १ः ६ सय ६२ डिस्चार्ज, १ सय ८९ जना संक्रमित थपिए

प्रदेश १ मा पछिल्लो दिन संक्रमति हुनेभन्दा संक्रमित डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ। बिहीबार प्रदेशका विभिन्न आइसोलेसनबाट ६ सय ६२ जना डिस्चार्ज भए भने १ सय ८९ जना  संक्रमित थपिएका छन्।  

प्रदेशको विभिन्न ठाउँको होम आइसोलेसनबाट ५ सय ७८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट ११, कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रबाट ८,  विराट सामुदायिक भवनबाट ७, मारवाडी सेवा सदन आइसोलेसन र काली सदन आइसोलेसन विराटनगरबाट ४–४, पथरी नगर अस्पताल र बैजनाथपुर आइसोलेसनबाट २–२, कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँ, न्यूरो अस्पताल, नोबेल अस्पताल र बि.जेनरल अस्पताल हरिनगरबाट १–१ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ४ सय १८ पुगेको छ।

प्रदेशमा बिहीबार १ सय ८९ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ७०, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा २–२, इलाम, तेह्रथुम र भोजपुर १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मोरङको विराटनगरमा ३७, उर्लाबारीमा ११, मिक्लाजुङमा १०, पथरीशनिश्चरे र बेलबारीमा ३–३, सुनबर्षीमा २, धनपालथान, सुन्दरहरैँचा, रंगेली र लेटाङमा १–१, झापाको दमकमा २०, विर्तामोडमा १३, गौरादहमा ११, कनकाईमा ५, भद्रपुरमा ३, हल्दिबारी, कमल र झापा गाउँपालिकामा २–२, अर्जुनधारा र मेचीनगरमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।  

सुनसरीको धरानमा २६, इटहरीमा ६, बराहक्षेत्र र कोसी गाउँपालिकामा ३–३, इनरुवामा २ र रामधुनीमा १, ताप्लेजुङको मैवाखोला र फुङ्लिङमा १–१, खोटाङको हलेसी तुवाचुङमा २, उदयपुरमा २, इलामको माइजोगमाईमा १, तेह्रथुममा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमितको संख्या २३ हजार ७० पुगेको छ।

प्रदेशमा ८ सय ४७ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ८० महिला र १ सय ९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ७५ हजार ६ सय ४९ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस