थपिए ३१२५ नयाँ संक्रमित, २३ को मृत्यु, १७५ भेन्टिलेटरमा
१८ साउन २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
थपिए ३१२५ नयाँ संक्रमित, २३ को मृत्यु, १७५ भेन्टिलेटरमा

गत २४ घन्टामा नेपालमा ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै गत २४ घन्टामा सोको संख्यामा नयाँ संक्रमित थपिएको जनाएको हो।  

कूल १३ हजार ८ सय ११ जनाको नमूना परीक्षण गर्दा सोको संख्यामा संक्रमित थपिएको स्पष्ट पार्दै मन्त्रालयले सो अवधिमा १ हजार ९ सय २५ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएको समेत जानकारी गराएको छ। त्यस्तै सोही अवधिमा २३ जनाको निधन भएको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयले नेपालमा हाल ३१ ह्जार ६ सय २९ जना सक्रिय संक्रमित रहेको पनि उल्लेख गरेको छ।

मन्त्रालयले अहिले ६ सय ९० जना  सघन उपचार कक्षमा र १७५ जना भेन्टिलेटरमा उपचाररत रहेको पनि जनाएको छ।

लोकप्रिय
अर्को समाचार
फेरि आयो डेंगी
२५ वैशाख २०८१
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
फेरि आयो डेंगी

नेपालका विभिन्न जिल्लामा डेंगी संक्रमित फेला परेका छन्। डेंगीबाट बच्न सबै सचेत हुनुपर्ने बेला आएको विज्ञहरूले औंल्याएका छन्। बेलैमा सचेतता नअपनाए जटिल अवस्था निम्तिन सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

हाल विभिन्न जिल्लामा गरी प्रतिसाता औसतमा ४० जनाका दरले डेंगी संक्रमित देखिएको महाशाखाको भनाइ छ। महाशाखाका अनुसार देशभरका स्वास्थ्य संस्थाहरूबाट संकलन गरिएको विवरणबाट सो तथ्यांक आएको हो। सन् २०२४ सुरु भएयता देशभरि ८०० जनामा डेंगी संक्रमण देखिएको तथ्यांक छ।

तथ्यांकअनुसार तराईका भन्दा बढी पहाडी जिल्लाहरूमा संक्रमित फेला परेको पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए।

संखुवासभा, झापा, धादिङ, पाल्पा तथा गण्डकी प्रदेशका स्थानीय तहहरूमा डेंगी फैलिरहेको महाशाखाले जनाएको छ। अहिलेसम्म एउटै भागमा धेैरै संख्यामा फैलिएको भने पाइएको छैन। तर गत वर्ष धरानमा मनसुनअघि नै डेंगी महामारी फैलिएको थियो।

वर्षभरि देशका विभिन्न भूभागमा डेंगी संक्रमण देखा परेको र महामारी बढी फैलिएका क्षेत्रमा लामखुट्टेका अण्डा जीवित रहने भएकाले डेंगी संक्रमित बढ्न थालेको आकलन गरिएको छ। मनसुन सुरु हुन लागेकाले पुराना जीवित अण्डाले लार्भाको रूप लिई डेंगी फैलाउने सम्भावना रहेको महाशाखाको भनाइ छ।

त्यसैगरी मनसुनमा लामखुट्टेको वृद्धि हुनु, विगतका वर्षहरूमा डेंगी संक्रमण लगातार देखिनुले यसपालि पनि महामारीकै रूपमा डेंगी फैलने संकेत देखिएको विज्ञहरू बताउँछन्। ‘डेंगी फैलाउने लामखुट्टेका अण्डा आठ–नौ महिना जीवित रहन्छ। पानी पर्नेबित्तिकै यसको वृद्धि हुने सम्भावना हुन्छ,’ कीटजयन्य रोग शाखाका प्रमुख डा. दाहालले भने।

केही वर्षदेखि हरेक वर्षजस्तो डेंगी संक्रमणको महामारी फैलिएको र गत वर्ष धरानमा मनसुनअघि नै फैलिएका कारण यसपटक पनि त्यो फैलिन सक्ने सम्भावना रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोेग अस्पताल अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनले बताए।

‘डेंगी फैलिने संकेत देखिएको छ। गत वर्ष धरानमा मनसुनअघि नै महामारी फैलिएको थियो। डेंगीले मनसुन पर्खिने भन्ने हुन्न,’ उनले भने। सन् २०२३ मा धरान, २०२२ मा काठमाडौं र २०२१ मा चितवनलगायत जिल्लामा डेंगीको महामारी फैलिएको थियो।

चिकित्सकका अनुसार यो वर्ष गत वर्षजस्तै उही ठाउँमा महामारीको रूप लिने नभई नयाँ ठाउँमा फैलिने सम्भावना हुन्छ। पहिला महामारी भइसकेको ठाउँका नागरिक सचेत हुने र त्यो ठाउँमा डेंगीविरुद्ध लड्ने प्रतिरक्षा क्षमता पनि विकास भइसकेको हुने कारण पनि नयाँ ठाउँमा महामारीका रूप लिन सक्ने डा. दाहाल बताउँछन्।

महामारी नियन्त्रणका लागि अहिले फाट्टफुट्ट लामखुट्टे देखा परेका स्थानीय तहहरूलाई नियन्त्रणका लागि सुझाव तथा निर्देशनपत्र पठाइसकेको डा. दाहालले जानकारी दिए। यसका साथै केही संख्यामा डेंगी देखिएका ठाउँहरूमा लामखुट्टको बासस्थान पहिचान गरी समयमै लामखुट्टेको लार्भा तथा अण्डा नष्ट गर्न सके महामारीबाट बच्न सकिने डा. दाहालको सुझाव छ।

‘मुख्य कुरा लामखुट्टेको टोकाइबाट बच्नुपर्‍यो, यसका लागि कुनै पनि खालका लामखुट्टेको वृद्धि रोक्नुप¥यो,’ उनले भने। स्थानीय निकायकै पहलमा पानी जम्मा हुने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको वासस्थान पहिचान गर्ने र यसको टोकाइबाट बच्ने, शरीरको खुला भागमा लामखुट्टेविरुद्धको मलम लगाउने, झुल लगाएर सुत्नेजस्ता सतर्कता अपनाए महामारी रोक्ने मुख्य उपाय रहेको चिकित्सकहरूको सुझाव छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस