अबको कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने
०९ वैशाख २०७९
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
अबको कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने

भारतमा कुनै पनि संक्रामक रोग फैलिएसँगै नेपालमा समेत फैलिने गरेको अनुभवबाट नेपालमा पनि पुनः कोरोना संक्रमण फैलिने सरुवा रोग विशेषज्ञहरूले औँल्याएका छन्। भारतमा फैलिएपछि नेपालमा सम्भावित संक्रमणको जोेखिमलाई नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाका र अन्तर्राष्ट्रिय विमानास्थलको हेल्थ डेस्कलाई उच्च सर्तकता अनपाउन निर्देशन दिएको जनाइएको छ।

बिहीबार राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार विज्ञप्तिमार्फत भारतमा कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र छिमेकी सीमा नाकाका सबै हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको जनाएको हो। ‘हामीले प्रत्येक नाकालाई निर्देशन दिइसकेका छौं। भारतबाट आउनेमा संक्रमण फेला परे जिन सिक्वेन्सिङ गर्छौैं,’ राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भने।

महाशाखाका अनुसार सीमा नाकाहरू सुनौली, पशुपतिनगर, काँकडभिट्टा, रानी, इनरुवा, गौर, माडर, रसुवागढी, तातोपानी, जमुनाह, बेलहिया, कृष्णनगर, त्रिनगर, गड्डाचौकी, भिट्टामोड, झुलाघाट, पुलघाट, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हेल्थ डेस्कलाई स्क्रिनिङ र परीक्षण कार्यलाई उच्च प्राथमिकता दिन सरकारले निर्देशन दिएको छ।

भारतमा देखिएको संक्रमण नेपालमा आउने सम्भावना रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धानका शाखाका संयोजक डा. शेरबहादुर पुनले बताए। चौथोपटक फैलिने अबको कोरोना संक्रमणको स्वरूप भने तेस्रो लहरकै रूपमा आउने उनको भनाइ छ। अहिले देखिएको कोरोना संक्रमण ओमिक्रोन भेरियन्ट बिए १ र बिए २ को मिलेर बनेको एक्स ई रहेको र यसको असर डेल्टाको जस्तो घातक नपाइएकाले ओमिक्रोन कोरोना अर्थात् तेस्रो लहरकै रूपमा फैलिने उनको दाबी छ।

अहिले एक्स ई कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या अति वृद्धावृद्धा र खोप नलिएका मात्र देखिएकाले यसको असर तेस्रो लहरकै रूपमा आउने पुनले बताए। तर अति जोखिम समूहहरू अहिले पनि नेपालमा बाँकी रहेकाले उनीहरूको सुरक्षाका लागि खोप अभियानलाई तीव्र पार्नुपर्ने उनको सुझाव छ।

‘भारतमा फैलिरहेको कोरोना संक्रमण नेपालमा नफैलिँदै जोखिममा रहेका समूहहरू जो अहिले पनि कोभिड–१९ विरुद्धको खोप लिएका छैनन् या बुस्टर डोज खोप लिएका छैनन्। उनीहरूलाई छिटो खोप दिएर सुरक्षित राख्नुपर्छ,’ पुनले बिहीबार नागरिकसँग भने।

भारतमा फैलिरहेको एक्स ई भाइरसको संक्रमणदर तीव्र रहेकाले अति जोखिम समूहलाई छिटो खोप दिनु अहिलेको उचित उपाय भएको उनले बताए। साथै पहिलाकै जस्तो जनस्वास्थ्यको मापदण्ड अपनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबैलाई अपिल गरेको छ। भिडमा जाँदा मास्क लगाउने, हातको सफाइमा ध्यान दिने र भौतिक दूरी कायम राख्न सुझाव छ।

लोकप्रिय
अर्को समाचार
कोरोनाको नयाँ भेरियन्ट जेएन वान पुष्टि ,पहिला जस्तै मास्क प्रयोग गर्न र भीडमा नजान इपिडिमियोलोजी महाशाखाको आग्रह
२५ पौष २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोनाको नयाँ भेरियन्ट जेएन वान पुष्टि ,पहिला जस्तै मास्क प्रयोग गर्न र भीडमा नजान इपिडिमियोलोजी  महाशाखाको आग्रह

कोरोना भाइरसको नयाँ उपभेरियन्ट जेएन वान नेपालमा पुष्टि भएसँगै राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै निजी अस्पतालहरूलाई कोरोनाको स्थिति रिपोर्ट नियमित पठाउन निर्देशन दिएको छ।

मंगलवार सरकारी तथा निजी अस्पतालहरूलाई सो रिपोर्ट पठाउन निर्देशन दिइसकेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा रुद्र मरासिनीले बताए। ‘सबै अस्पतालहरूलाई अव पहिलेको जस्तो रिपोर्ट पठाउनको लागि सूचना पठाइसकेका छौ’ उनले भने।  नेपालमा पहिलो पटक जेएन वान गत सोमवार पुष्टि भएको हाे।

सीमा नाकाबाट आउनेहरूको परीक्षण तथा निगरानी गर्न निर्देशन पहिला नै दिइसकेको निर्देशक मरासिनीले बताए। उनका अनुसार कोभिड १९ महामारी भएपछि नियमित भएको रिपोर्ट संकलन बिचमा रोकिएकाे थियो।

मरासिनीका अनुसार  यो भाइरस ओमिक्रोनकै नयाँ उपभेरियन्ट भएको र धेरैमा सर्ने दर भएकोले सकेसम्म समुदायमा धेरैलाई नफैलियोस् भनेर सचेत गर्न आग्रह गरिएको हो। उनले भने,‘ यो उपभेरियन्ट त्यति खतरा नभए पनि गम्भीर खालका दीर्घ रोगी र बृद्धाहरुको लागि जोखिम रहेकोले उनीहरूलाई सङ्क्रमणबाट बचाउनु पर्छ’।

जोखिम समूहलाई बचाउनको लागि सबै सदस्यहरूले घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने र  भौतिक दुरी कायम राख्नु नै मुख्य उपाय भएको उनको सुझाव छ। ‘ पहिला जस्तै मास्क प्रयोग गर्ने र भीडमा नजानु नै मुख्य उपाय हो’ उनले भने।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस