संग्रह
वीरगन्जमा एक सय सैयाको अर्को कोरोना बिशेष अस्पताल
वीरगंज हेल्थहेयर हस्पिटल गण्डक बहुअरीलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्न संकट व्यवस्थापन केन्द्र पर्साले सिफारिस गरेको छ । बिहीबार दिउँसो सिफारिस गरी राष्ट्रियस्तरमा रहेको संकट व्यवस्थापन केन्द्रलाई पठाइएको संकट व्यवस्थापन केन्द्र पर्साका प्रवक्ता समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
लुम्बिनी प्रदेशका कोरोना अस्पताल भरिभराउ : उपचार नपाएरै फर्कन्छन् बिरामी
‘क्रिटिकल अवस्थाका बिरामीहरु गेटमै छट्पटाउन थाल्नु हुन्छ,’ ओलीले भने ‘अनि हामीहरुले प्रतिक्षालय वा गल्लीमा राखेर उहाँहरुलाई अक्सिजन दिनु परिरहेको छ ।’
लुम्बिनी प्रदेश : छट्पटाउँदै बिरामी , चुपचाप सरकार
‘अरु अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गरेर अघि बढ्ने भन्ने कुरा सम्भव हुँदैन,’ प्रदेश सरकारका अर्थमन्त्री एबं सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने ‘अरु अस्पताललाई पनि कोभिड अस्पताल बनाएपछि त्यहाँ भएका अरु रोगका बिरामीहरुलाई कहाँ राख्ने ?’
अक्सिजन हैन सिलिण्डर अभाव
अक्सिजन सप्लायर्सका अनुसार जिल्लामा अक्सिजन अभाव हुन सक्ने भन्दै ब्यक्तिगत रुपमै अक्सिजन घरघरमा लगिएका छन् । उनिहरुले ति अक्सिजन सिलिण्डरहरु फिर्ता गरेका छैनन् ।
अक्सिजन अभाव : छट्पटाउँदै जान्छ ज्यान
दैनिक ५ सय सिलिण्डर अक्सिजन खपत भैरहेको यो अस्पतालले १ हजार सिलिण्डर अक्सिजनको माग गरिरहेको छ । अस्पतालमा आयात हुने अक्सिजन अस्पतालमा पुगिरहेकै छैन । फलतः दिनहुँ केहि घण्टा बिरामीहरुले अक्सिजन पाउँदैनन् ।
आइसोलेसन बन्यो, सञ्चालनमा आएन
अक्सिजन अभावमा उपमहानगरपालिकाले बनाएको आइसोलेसन सञ्चालनमा नआएको हो। उपमहानरका मेयर घनश्याम पाण्डेले आइसोलेसन तयार रहे पनि अक्सिजन नहुँदा बिरामी राख्न नसकिएको बताए।