'विश्वास' जित्न डराएका बहुमतका मुख्यमन्त्री
२७ जेष्ठ २०७८
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
'विश्वास' जित्न डराएका बहुमतका मुख्यमन्त्री

१९ वैशाखमा राजीनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल उसैदिन आफ्नो दल नेकपा एमालेको एकल बहुमत दाबी गर्दै पुनः मुख्यमन्त्री नियुक्त भए। आफू संविधानको १६८ को १ अनुसार मुख्यमन्त्री चयन भएको उनको भनाइ छ। उनको राजीनामा र पुनःनियुक्तिका कारण प्रदेशको राजनीतिमा निकै ठूलो फेरबदल आयो। उनकै पार्टीका प्रदेशसभा एक सदस्यले राजीनामा दिए भने अर्का एक सदस्य माओवादी केन्द्रमा लागे।  

आफूलाई एकल दलको बहुमतका आधारमा मुख्यमन्त्री चयन गरिएको दाबी गरेका मुख्यमन्त्री पोखरेल अल्पमतमा परे। पछि कारबाहीमा परेका जनता समाजबादी पार्टीका ४ सांसदको पद सर्वोच्चले पुनर्वहाली गरिदिएपछि मुख्यमन्त्री अहिले बहुमतमा छन्।  

एकल दलको बहुमतका आधारमा मुख्यमन्त्री बनेका मुख्यमन्त्री अहिले संविधानको १६८ को २ अनुसार (दुई वा दुई दलको साझेदारीमा) मुख्यमन्त्री बनेका छन्। सांसद पद पुनर्बहाली भएका जसपाका चारजना सांसदलाई उनले मन्त्री बनाएपछि उनी अब एकल दलको बहुमतका मुख्यमन्त्री रहँदैनन्। एकल बहुमतको मुख्यमन्त्री नबनेपछि मुख्यमन्त्रीले संसद्मा विश्वासको मत जित्नुपर्ने संवैधानिक व्यवस्था छ।

१९ वैशाखमा मुख्यमन्त्रीमा निर्वाचित भएका पोखरेलले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने मिति घर्किसकेको छ। संविधानतः उनले मुख्यमन्त्री निर्वाचित भएको ३० दिनभित्रमा विश्वासको मत लिइसक्नुपर्ने हो। ‘सरकारमा जसपा पनि सहभागी भएपछि मुख्यमन्त्रीजी अब एकल दलको बहुमतको हुनुहुन्न,’ कांग्रेसका प्रदेशसभा सदस्य शंकर गिरीले भने, ‘संविधानतः उहाँले विश्वासको मत लिनुपर्ने हो, तर उहाँले संविधान तोड्नु भएको छ।’

त्यसो त, आफ्नो दाबीअनुसार शंकरलाई विश्वासको मत लिनका लागि गाह्रो भने देखिन्न। उनले दाबी गरेअनुसार उनको पक्षमा अहिले संसद्मा स्पष्ट बहुमत छ। प्रदेशसभा अहिले ८३ सदस्यीय छ। योमध्ये ३८ जना एमालेका सांसद छन् भने सरकारमा सहभागी भएका चारजना जसपाका सांसदसहित उनको पक्षमा बहुमत ४२ मत स्पष्ट देखिन्छ। चार दलीय गठबन्धन अहिले अल्पमतमा अर्थात् ४० मतमा छ। तर आफ्नै दलभित्रका दुई सांसदले शंकरलाई विश्वासको मत दिनेमा पोखरेल ढुक्क छैनन्। यी दुई सांसद माधवकुमार नेपाल समूहका हुन्। ‘एकजना सांसद पनि उहाँको पक्षमा नरहे मुख्यमन्त्री अल्पमतमा पर्छन्,’ कांग्रेस सांसद गिरीले भने, ‘त्यही डरले मुख्यमन्त्री संविधानदेखि टाढा भागिरहेका छन्।’

त्यसो त, १७ जेठमा भएको राष्ट्रियसभाको उपनिर्वाचनले शंकरलाई विश्वासको मत लिनसक्ने हिम्मत कमजोर बनाइदिएको छ। राष्ट्रियसभाको उपनिर्वाचन परिणामले नेपाल समूहका २ सांसद आफ्नो पक्षमा नरहनेमा मुख्यमन्त्री स्पष्ट छन्। दुईमध्ये नेपाल समूहका एकजनाले कांग्रेसलाई मतदान गरेको दाबी विपक्षी समूहले गरेको छ भने एकजनाले मत बदर गरिदिएका थिए। ‘विपक्षी गठबन्धनबाहेकका दुईजना सांसदमध्ये १ जनाले रुखमै मतदान गरेका छन् भने अर्को एकजनाले रुखमा र सूर्यमा मतदान गरेका थिए,’ नेकपा माओवादी केन्द्रका प्रदेश सांसद इन्द्रजित चौधरीले भने, ‘त्यो दुई मतनै नेपाल समूहकै हुनसक्छ।’ उनका अनुसार नेपाल समूहका दुईमध्ये एकजनाको भूमिका अहिले पनि के हुने भन्नेमा क्लियर हुन सकेको छैन। उनले दुईवटै चुनाव चिह्न मत हालेर मत बदर गरेको आँकलन विपक्षी गठबन्धनले गरेको छ।  

तर नेपाल समूहको एक मत मात्रै पोखरेलको विपक्षमा रहे पनि उनले विश्वासको मत पाउन सक्दैनन्। नेपाल समूहको एक मत मात्रै विपक्षमा रहे पनि पोखरेलको मत ४१ मा झर्ने छ। यो अल्पमत हो। ‘मुख्यमन्त्रीजीको दाबीअनुसार त अहिले उहाँ बहुमतमा हुनुहुन्छ, उहाँसँग ४२ मत छ,’ प्रदेशसभा सदस्य चौधरीले भने, ‘तर कर्णालीको घटना (फ्लोर क्रस)ले मुख्यमन्त्रीको सातो खाइदिएको छ।

नीति तथा कार्यक्रममा विपक्षीको नजर

नियम उल्लंघन गरेरै मुख्यमन्त्री बनेको दाबी गरेको चार दलीय गठबन्धनले मुख्यमन्त्री पाखरेललाई नैतिकता प्रस्तुत गर्दै विश्वासको मत लिन दबाब दिइरहेको छ। तर फ्लोर क्रसको सम्भावित खतरादेखि डराइरहेका पोखरेलले विश्वासको मत लिन सक्ने छाँट विपक्षीहरूले देखेका छैनन्। तथापि मुख्यमन्त्रीलाई कसरी नैतिक रूपमा कमजोर पार्न सकिन्छ भन्ने रणनीतिमा विपक्षी गठबन्धन छ।  

शुक्रबारदेखि सुरु हुने सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई विपक्षी गठबन्धनले नैतिक रूपमा कमजोर पार्ने गतिलो अस्त्रका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ। शुक्रबारदेखि सुरु हुने कार्यक्रम माथिको छलफल दुई दिनसम्म चल्ने र अर्को दिन उक्त नीति तथा कार्यक्रम पारितका लागि मतदान हुनेछ। विपक्षीले उक्त कार्यक्रमको विपक्षमा मतदान गरेर सरकारलाई नैतिक रूपमा थप दबाब दिने रणनीति बनाएको छ।  

‘अहिलेसम्मको परिस्थितिअनुसार सरकारको नीति तथा कार्यक्रमका विपक्षमा बहुमत जुटाएर मतदान गर्ने र सरकार तथा मुख्यमन्त्रीलाई नैतिक रूपमा थप दबाब दिने रणनीति हाम्रो हो,’ कांग्रेसका प्रदेशसभा सदस्य शंकर गिरीले भने। त्यसो त, विपक्षी दलहरूका सचेतकबाहेकका सबै सांसदहरूले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न बसेको मंगलबारको संसद् बैठक बहिस्कार गरेका थिए।  

मंगलबारको बैठकमा चारदलीय गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा) का सचेतक मात्रै सहभागी भएका थिए। त्यसोत, यो चारदलीय गठबन्धनले मंगलबारनै विश्वासको मत जितेर सरकारलाई संविधानतः चल्न सुझाव दिएका थिए। उनीहरूले सामूहिक विज्ञप्ति जारी गरेर मुख्यमन्त्रीसामु यो चुनौती पेश गरेका थिए।

लोकप्रिय
अर्को समाचार
स्थायी राजधानीमा किन सरेनन् मन्त्रालय ?
०९ साउन २०७९
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
स्थायी राजधानीमा किन सरेनन् मन्त्रालय ?

गत असोजमा लुम्बिनी प्रदेशको दुईतिहाइ बहुमतले स्थायी राजधानी घोषणा गरेपछि तत्कालीन शंकर पोखरेल नेतृत्वको सरकारले मन्त्रालय स्थानान्तरणको तयारी थाल्यो। प्रदेश राजधानीको डिपिआरका लागि स्थायी राजधानी भालुवाङ क्षेत्रमा प्रदेश पूर्वाधार विकास प्राधिकरण  

स्थापना गर्‍यो, सँगै राजधानीको पूर्वाधार निर्माणसँग सम्बन्धित पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयलाई पनि स्थायी राजधानीमा सारियो।  

तत्कालीन सरकारले यो मन्त्रालयलाई स्थायी राजधानीमा स्थानान्तरण गर्नुको अर्को लक्ष्य भनेको अन्य मन्त्रालयको स्थानान्तरण पनि थियो। तर सहरी विकास बाहेकका अन्य मन्त्रालय भने स्थायी राजधानीमा सरेनन्। कारण थियो ‘भेगीय स्वार्थ।’ स्थायी राजधानी घका क्रममा दाङ देउखुरीको विपक्षमा मतदान गरेका मन्त्रीहरूले आफ्नो मन्त्रालयलाई कुनै पनि हालतमा बुटवलबाट सार्न नसकिने अडान लिएका थिए।  

तत्कालीन लुम्बिनी सरकार प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले भनेका थिए, ‘स्थायी राजधानीमा मन्त्रालय सार्ने सम्भावना नै छैन, जबसम्म स्थायी संरचना बन्दैनन्, तबसम्म मन्त्रालय सर्दैनन्।’ चौधरीले स्थायी संरचना नहुनुलाई मन्त्रालय सार्न नसकिनुको प्रमुख कारण बताए पनि यसको अन्तर्य भनेको भेगीय स्वार्थको लडाइँ नै थियो। त्यो बेला भने तत्कालीन मुख्यमन्त्री पोखरेलको योजना भने भाडामै भए पनि स्थायी राजधानीमै मन्त्रालय चलाउने भन्ने योजनामा थिए।  

पोखरेल नेतृत्वको सरकारको बर्खास्तीपछि गठन भएको वर्तमान कुलप्रसाद केसी नेतृत्वको सरकारले पनि स्थायी राजधानी कार्यान्वयनको विषय प्रमुखमा राख्यो। तर वर्तमान सरकारको यो कदम पनि अहिलेसम्म उपलब्धिमूलक देखिएको छैन। तत्कालीन पोखरेल नेतृत्वको सरकारले स्थायी राजधानीमा सारेको पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय पनि अहिले स्थायी राजधानीमा ‘बोर्ड’ मै सीमित छ। एक घरमा मन्त्रालयको बोर्ड टाँगिएको भए पनि यो मन्त्रालयको कामकाज भने सबै बुटवलदेखि हुँदै आइरहेको छ। पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री अहिले कांग्रेसका डिल्ली बहादुर चौधरी छन्।  

यसैगरी, यो प्रदेशको स्वास्थ्य मन्त्रालय पनि अहिले स्थायी राजधानीमा स्थानान्तरण भइसकेको छ। यो मन्त्रालयको कामकाज अहिले स्थायी राजधानी र अस्थायी  

राजधानी बुटवल दुवै ठाउँबाट हुँदै आएको स्वास्थ्यमन्त्री इन्द्रजित चौधरी बताउँछन्। साउनदेखि भने यो मन्त्रालयको पुरै काम देउखुरीबाटै गर्ने तयारी मन्त्री चौधरीले गरेका छन्। उनले भने ‘साउन पहिलो सातादेखि मन्त्रालयको अब सबै काम स्थायी राजधानीबाटै गर्नेगरी तयारी गरिएको छ, मैले मन्त्रालयका सबै कर्मचारीलाई स्थायी राजधानीमै केन्द्रित हुनका लागि तयार हुन भनिसकेको छु।’  

दाङ देउखुरीकै मन्त्री चौधरीले आफ्नो मन्त्रालयलाई स्थायी राजधानीमै पूर्ण रूपमा केन्द्रीत बनाउने खोजिरहेको भए पनि अन्य मनत्रालयहरूको स्थानान्तरणको प्रकृया भने तत्कालै हुने देखिन्न। तत्कालीन भेगीय स्वार्थको रंग अहिले पनि कायमै छ। पूर्वी भेगका मन्त्रीहरू अहिले पनि सहजै मन्त्रालय स्थानान्तरण गर्ने पक्षमा देखिन्नन्। तर मुख्यमन्त्री र सभामुख स्थायी राजधानी कार्यान्वयनको पक्षधर रहेकाले पहिलाको जस्तो समस्या भने नहुने स्रोत बताउँछ। तर मुख्यमन्त्रीले स्थायी राजधानीमा मन्त्री सार्न निर्देशन दिए पनि सम्बन्धित मन्त्रीहरूले मन्त्रालय स्थानान्तरणको निर्णय सहजै र चाँडै गर्नसक्ने सम्भावना कति भन्ने प्रश्न उब्जने देखिन्छ। ‘मुख्यमन्त्रीले सबै मन्त्रालय सार्न निर्णय गरे पनि सम्बन्धित मन्त्रीहरूले आफ्नो मन्त्रालय सार्नका लागि कति सहज र छिटो निर्णय गर्ने भन्ने कुरा हो,’ स्रोतले भन्यो, ‘अहिले पनि भेगीय स्वार्थका हिसाबले तत्काल मन्त्रालय सार्न हुन्न भन्ने एकाध आवाज नउठ्ने भन्ने त हुन्न।’

भेगीय स्वार्थ मन्त्रालय स्थानान्तरण नहुनुको कारण रहे पनि स्थायी राजधानीमा पूर्वाधारको बहस गतिलो बहाना बनिदिएको छ। यहाँ मन्त्रालय राख्नका लागि भौतिक पूर्वाधारको अभाव हुनु नै मन्त्रालय स्थानान्तरण हुन नसक्नु मानिएको छ। राजधानीमा रहेको राप्ती प्राविधिक शिक्षालयको भौतिक संरचना उपभोगको अधिकार प्रदेश सरकारले पाईसकेको छ। उक्त शिक्षालयलाई गढवा गाउँपालिका स्थित सरस्वती माविको भवनमा स्थानान्तरण गर्ने प्रक्रिया पनि प्रारम्भ भइसकेको छ। प्राविधिक शिक्षालयको भौतिक संरचनाहरू उपभोग हुनासाथ मन्त्रालय स्थानान्तरणका लागि पूर्वाधारको समस्या नरहने स्वास्थ्यमन्त्री चौधरीले बताए।  

यो शिक्षालय आगामी भदौभित्रै सार्ने निर्देशन जारी भैसकेको छ। ‘राप्ती प्राविधिक शिक्षालयको व्यवस्थापनको सबै टुंगो लागिसकेर पनि व्यवस्थापनका लागि गढवामा रहेको सरस्वती माविको क्षेत्रमा भवन निर्माणको काम समेत भैरहेको छ,’ मन्त्री चौधरीले भने, ‘अब प्राविधिक शिक्षालय आगामी भदौभित्र सारी सक्ने भन्ने छ, त्यसपछि राप्ती प्राविधिक शिक्षालयको  

भवन प्रदेश सरकारले उपभोग गर्ने वातावरण बन्छ, यो संरचना उपभोग हुनासाथ मन्त्रालयका लागि भौतिक संरचनाको अभाव रहने छैन।’  

यसैगरी, स्थायी राजधानीमा संसद् नचल्नु पनि मन्त्रालय स्थानान्तरण नहुनुको अर्को कारण मानिएको छ। संसद् बुटवलमा र मन्त्रालय दाङ देउखुरीमा हुँदा असहजता उत्पन्न हुने वातावरण बनेको बताइन्छ। तर अब, प्रदेशसभा स्थायी राजधानीमै चलन सुरु भएपछि मन्त्रालय स्थानान्तरणमा समस्या नहुने मन्त्री चौधरी बताउँछन्।  

भालुवाङमा प्रदेशसभा भवन निर्माणाधीन छ। यो भवन पनि भदौ सम्म निर्माण गरिसक्ने सम्झौता छ। ‘प्रदेशसभाको भवन बन्न पनि केही ढिला भयो, प्रदेशसभा भवन बनिसकेको भए मन्त्रालय स्थानान्तरणको काम चाँडै हुने थियो,’ स्वास्थ्यमन्त्री चौधरीले भने, ‘अब भने भदौमा संसद् भवन बपनिसक्छ र संसद् यहीँ चल्न सुरु भयो भने मन्त्रालय स्थानान्तरण पनि थप सहज हुन्छ।’

तथापि भेगीय स्वार्थको पुरानो प्रतिस्पर्धाले सबै मन्त्रालयहरू चाँडै स्थानान्तरण हुने हुन् वा हैनन् भन्नेमा पनि आशंका कायमै छ। हाल मन्त्रिपरिषद्मा रहेका ५ मन्त्रीहरू बुटवल मुकामका पक्षधर मानिन्छन्। यता स्थायी राजधानीको मोडालिटी तयार पार्न स्थापना भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भने मन्त्रालयहरूलाई भाडामै भए पनि सञ्चालन गर्नका लागि स्थानान्तरणको पहल भइरहेको बताउँछ। ‘दुई वटा मन्त्रालय अहिले स्थायी राजधानीमै छन्, बाँकी मन्त्रालयहरूको स्थानान्तरणका लागि पनि भवन व्यवस्थापनको काम गरिरहेका छौं, अहिले भाडामै भएपनि मन्त्रालय सञ्चालनका लागि त्यस्ता भौतिक संरचनाको व्यवस्थापनमा लागेका छौं।’    

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस