उदयपुरमा नेकपा एमालेको समानान्तर कमिटी
२८ चैत्र २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
उदयपुरमा नेकपा एमालेको समानान्तर कमिटी

आन्तरिक संघर्ष उत्कर्षमा पुगेको पुनर्जीवित नेकपा (एमाले) को माधव नेपाल र झलनाथ खनाल समूहले उदयपुरमा समानान्तर कमिटी गठन गरेको छ। वरिष्ट नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी ६ महिनाका लागि निलम्बनको कारबाहीपछि चर्केको अन्तरसंघर्षको क्रममा देशव्यापी समानान्तर कमिटी निर्माणको क्रमलाई सो समूहले तीव्रता दिएको हो।  

केही दिनअघि प्रधानमन्त्री तथा पार्टीअध्यक्ष केपी शर्मा ओलीले नेपालसहित अगुवा नेतालाई कारबाही गरेसँगै समानान्तर कमिटी गठन प्रक्रियाको अभियानलाई सो समूहले देशव्यापी बनाएको हो। उदयपुरमा जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष ईश्वरमणि राउतकै अध्यक्षतामा समानान्तर कमिटी निर्माण भएको पार्टीले जनाएको छ।

पार्टीको २०५ सदस्यीय समानान्तर जिल्ला कमिटीमा अध्यक्ष राउत स्वयं छन्। उपाध्यक्षमा कैलाश बस्नेत, सचिव जयराम पञ्जियार थारू र उपसचिवमा गीता खड्का छन्। समानान्तर कमिटीलाई एमाले पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले भर्खरै शपथ गराएका छन्। अध्यक्ष राउत र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलदेव चौधरी आफ्नै समूहमा रहेकाले जिल्ला पार्टीदेखि सबै जनवर्गीय संगठनमा एमालेका समानान्तर कमिटी गठन गर्ने क्रम चलिरहेको पार्टीले जनाएको छ।  

शपथ लिइसकेको जिल्ला नेतृत्वले आगामी ३ महिनाभित्र जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटै स्थानीय तह तथा ७५ वटै वडामा पार्टीको समानान्तर कमिटी गठन गरिसक्ने निर्णय गरेको छ। जिल्लाका धेरैजसो स्थानीय तह र वडा कमिटीहरू आफ्नै समूहका रहेकाले त्यसैलाई कायम राखिने छ भने ओली समूहले खोसेका केही ठाउँमा नयाँ कमिटी गठन गर्ने अध्यक्ष राउतले बताए।  

पार्टीसँगै समूहले एमालेका सबै जनवर्गीय संगठनको पनि समानान्तर कमिटी गठन गर्ने क्रम चलिरहेको राउतले बताए। जसअनुसार युवा संघ, अनेरास्ववियु, अनेमसंघ गठन भइसकेको र मजदुर संगठन, जनसांस्कृतिक महासंघ, किसान महासंघ र जनसम्पर्कलगायत अन्य जनवर्गीय संगठनका समानान्तर कमिटी पनि छिट्टै तल्लो तहसम्म गठन गरिसक्ने पार्टीले जनाएको छ।

लोकप्रिय
अर्को समाचार
२३ गते राजधानीमा जन लहर उतार्छौं: पूर्वमन्त्री श्रेष्ठ
०७ पौष २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
२३ गते राजधानीमा जन लहर उतार्छौं: पूर्वमन्त्री श्रेष्ठ

नेकपा एमाले सांसद, स्थायी समिति सदस्य एवं वागमती प्रदेश सह–इन्चार्ज कृष्णगोपाल श्रेष्ठले पुस २३ गतेको छैठौ जिल्ला अधिवेशन भब्य बनाउन निर्देशन दिएका छन्।

काठमाडौं क्षेत्र प्रदेश–९ ख कमिटिको आज सम्पन्न बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले जिल्ला  अधिवेशनलाई पार्टीको १० औं महाअधिवेशनको झल्को दिने गरी कार्यकर्ता उतार्न निर्देशन दिएका हुन्।

उनले भने, ‘१० औ महाअधिवेशनमा जसरी जनलहर उत्रियो सोही जन लहर काठमाडौंमा उत्रनुपर्छ।’ पूर्वमन्त्री समेत रहनुभएका नेता श्रेष्ठले आउँदो निर्वाचनपछि नेकपा एमालेलाई एक नम्बरको पार्टी बनाउन सबै लागिपर्नुपर्ने बताए।

बैठकमा नेता श्रेष्ठले पार्टी महाधिवेशनमा भएको गतिविधिको बारेमा जानकारी गराए। बैठकमा केन्द्रीय सदस्य सांसद विना श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर एवं पार्टी केन्द्रीय सदस्य विद्यासुन्दर शाक्यले समसामयिक राजनीतिको बारेमा बोलेका थिए। बैठकमा प्रदेश सदस्य भगवान घले, गोपीचन्द्र कार्की, ईश्वर विडारी लगायतले केन्द्रीय सदस्यमा विजयी नेतालाई शुभकामना व्यक्त गरे।  बैठकमा ९ नम्बर क्षेत्रबाट महाधिवेशनबाट विजयी केन्द्रीय सदस्यत्रय कृष्णगोपाल श्रेष्ठ, डा अजयक्रान्ति शाक्य, विना श्रेष्ठ र विद्यासुन्दर शाक्यलाई सम्मान गरिएको थियो।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस