लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोख्रेलविरुद्ध हस्ताक्षर
०२ वैशाख २०७८
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोख्रेलविरुद्ध हस्ताक्षर

लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमाले ईतरका राजनीतिक दलहरु नयाँ कसरतमा जुटेका छन् । वर्तमान मुख्यमन्त्री शंकर पोख्रेललाई नेतृत्वबाट बिदाई गर्ने पर्ने निष्कर्षसहित कांग्रेस, माओवादी,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा अविश्वासका प्रस्ताव दर्ताका लागि अन्तिम टुंगोमा पुग्ने गरि कसरत थालेका छन् । मुख्यमन्त्री शंकर पोख्रेललाई सरकारको नेतृत्वबाट हटाउने अन्तिम निर्णयमा पुगिसकेका यि दलहरुले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर समेत संकलन गरिसकेका छन् ।  

एमालेका ४१ र जनता समाजवादी पार्टीका एक जना सांसद बाहेक ४२ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षर समेत गरिसकेको स्रोतले बताएको छ । उक्त हस्ताक्षर आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई बुझाईएको र यो हस्ताक्षर सहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी भएको स्रोतको दाबी छ । ‘मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका लागि हामीहरुले हस्ताक्षर गरिसकेका छौँ,’ कांग्रेसका एक सांसदले भने ।

स्रोतका अनुसार प्रदेशसभामा रहेका कांग्रेसका १९, माओबादी केन्द्रका १७, जनता समाजबादी पार्टीका ५ र राष्ट्रिय जनमोर्चाका एक सांसदले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गरिसकेका छन् । यो संख्या प्रदेशसभाको कुल सांसद संख्याको अल्पमतनै हो । मुख्यमन्त्रीविरुद्ध बहुमत जुटाउनका लागि थप एक सांसद चाहिन्छ । 

तर जसपाको महन्थ ठाकुर समूहका एक सांसदले भने मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गरेका छैनन् । यि सांसद कल्पना पाण्डे हुन् । उनलाई मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर नगर्न पार्टी उपल्लो तहबाट आएको निर्देशनका कारण हस्ताक्षर गर्न सकस भएको जसपा स्रोत बताउँछ । जसपाका अन्य ५ सांसदले भने हस्ताक्षर गरिसकेका छन् ।  

‘हाम्रो पार्टीका एक जनाले हस्ताक्षर गर्नुभएको छैन, बाँकी ५ जनाले हस्ताक्षर गरिसक्नु भएको हो,’ जसपाका प्रदेश अध्यक्ष अशोक यादवले भने ‘तर हस्ताक्षर नगरेका माननीयले पनि हामीहरुसंगै जाने भनेर भनिसक्नु भएको छ ।’ मुख्यमन्त्री पोख्रेलको बहिर्गमन नै एक मात्रै ‘निकासको उपाय’ रहेको निक्र्यौल गरेको जसपा प्रदेश समितिले पाण्डेलाई पनि हस्ताक्षरका लागि सम्झाईरहेको छ । ‘हामीहरुले वर्तमान सरकारका विरुद्ध जानुनै पार्टीको आधिकारीक लाईनका बारेमा सम्झाई रहेका छौँ,’ यादवले भने ‘हामीलाई विश्वास छ, उहाँ पार्टी प्रदेश समितिको निर्णयको पक्षमा उभिनु हुने छ ।’  

पार्टीको प्रदेश समितिले मुख्यमन्त्रीविरुद्ध जाने निर्णय गरिसकेकाले प्रदेशसभाका सबै सदस्यहरुले यो निर्णय मान्नु पर्ने यादवको दाबी छ । अन्यथा कारवाहीका लागि प्रकृया थालिने उनको भनाई छ । उनले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए पार्टीका सांसदलाई मुख्यमन्त्रीविरुद्ध मतदानका लागि ह्विप लगाईने समेत बताए । ‘अविश्वासको प्रस्ताव दर्ता भयो भने संसदमा उनको बिपक्षमा मतदानका लागि पार्टी प्रदेश समितिले ह्विप जारी गर्छ,’ यादवले भने ‘पार्टीको ह्विप नमान्नेहरुलाई त कारबाही भैहाल्छ नि ।’

मुख्यमन्त्रीका लागि टेको सावित भएको जसपाको यो अनिर्णित एक मत उनको विरुद्ध उभिए मात्रै पोख्रेलको मुख्यमन्त्री पद खोसिने पक्का हुने छ । अहिले उनको विरुद्ध उभिएको ४२ मतमा उक मत थपिएमात्रै मुख्यमन्त्रीका बिपक्षमा बहुमत पुग्ने छ । दुई सांसद पद रिक्त रहेको यो प्रदेशमा अहिलेको कुल सांसद संख्या ८५ हो । बहुमतका लागि ४३ सांसद चाहिन्छ । उता अल्प मतमा परिसकेका मुख्यमन्त्री पोख्रेललाई भने बहुमत जुटाउनका लागि २ सांसद चाहिन्छ ।  

४२ सांसदको हस्ताक्षर संकलन गरेर पोख्रेललाई मुख्यमन्त्री पदबाट हटाउने निर्णयमा पुगेका एमाले इतरका दलहरुले तत्कालै मुखयमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा रहेको बताएका छन् । ‘अबको एक दुईदिन भित्रमा ठूलै प्रकृयाको सुरुवात भएको थाहा पाउनु हुने छ,’ कांग्रेसका एक प्रदेशसभा सदस्यले भने ।  

हाल संसद बैठक स्थगीत भएको छ । अविश्वासको प्रस्ताव दर्ता हुने खतरा देखेपछि सरकारले हतारमा संसद बैठक स्थगित गर्न प्रदेशसभालाई सिफारीस गरेको थियो । सोही सिफारीसका आधारमा संसद बैठक स्थगित भएको थियो । २४ चैत देखि सुरु भएको संसद बैठकमा विभिन्न तीनवटा विधेयक पेश समेत भैसकेका थिए । तर सरकारले यि विधेयक हाल जरुरत नभएको भन्दै संसद बैठक स्थगनका लागि सिफारीस गरेको थियो । 

आफ्नो पद जोगाउनका लागि मुख्यमन्त्री पोख्रेलले चलेको यो कुटिल चाल भन्दै माओवादी केन्द्रका एक सांसदले अब पोख्रेल जोगिन सक्ने आधारै नरहेको दाबी गरे । प्रदेशभसाको बिशेष अधिवेशन बोलाउन माग गर्ने र सोही संसदमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने ति सांसदले जानकारी दिए । ‘हाल संसद स्थगित भएको अवस्थामा विशेष अधिवेशनको माग गरिने छ,’ति सांसदले भने ‘अनि त्यहि संसदमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने छौँ, अनि संबैधानिक प्रकृया अनुसार कारबाही अघि बढ्ने छ ।’ 

यता आफ्नो सरकारको नेतृत्व जोगाउनका लागि मुख्यमन्त्री पोख्रेलले आफ्नो बिपक्षमा बहुमत जुटाउन नदिने रणनीतिमा छन् । आफ्नो पक्षमा बहुमत पुग्ने सम्भावनै नरहेपछि बिपक्षमा पनि त्यो शक्ति जुट्न नदिने गरि उनले निर्णायक मतका रुपमा रहेको जसपाको एक मतलाई फकाईरहेका छन् । 

लोकप्रिय
अर्को समाचार
एमाले र जसपाका ४ दर्जन नेता कार्यकर्ता माओबादी प्रवेश
१९ कार्तिक २०७९
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
एमाले र जसपाका ४ दर्जन नेता कार्यकर्ता माओबादी प्रवेश
माओबादीमा नवप्रवेशीहरु सामुहिक फोटो खिच्दै । तस्विरः महेश्वर

आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा प्रतिनिधिसभा चुनाव नजिकिदै गर्दा एमाले र जनता समाजबादी पार्टी (जसपा)का नेता तथा कार्यकर्ताहरु माओवादी प्रवेश गरेका छन्। बाम लोकतान्त्रिक गठबन्धनको अगाडि चुनाव जित्न नसक्ने ठहर गर्र्दै एमाले र जसपाका नेता कार्यकर्ता नेकपा (माओबादी केन्द्र)मा प्रवेश गरेका हुन्।  

जस अनुसार एमालेका अगुवा दर्जन नेतासहित जनता समाजवादी पार्टीका गरी ५ दर्जन नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन्। माओबादी प्रवेश गर्नेहरुमा एमाले जिल्ला कमिटी सदस्य जयप्रसाद आचार्य (जेपी), दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ का अध्यक्ष रबिन्द्रकुमार राई, सदस्यहरु जीतबहादुर राई, दिपेन्द्र राई, नवराज भुजेल, मणिराज राईलगायत १५ जना रहेका छन्। उनीहरुले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दैं एमाले परित्याग गरी बिना शर्त माओबादीमा प्रवेश गरेको जनाएका छन्।  

त्यसैगरी जसपा त्यागेर माओवादी प्रवेश गर्नेहरुमा पार्टीनिकट विद्यार्थी युनियनका प्रदेश १ अध्यक्ष तथा खोटाङ प्रचार विभाग प्रमु्ख रविन खम्बु, केन्द्रीय सचिवालय सदस्य तथा स्वरोजगार विभाग प्रमुख गजेन्द्र राईलगायत ३८ जना रहेका छन्। खम्बूको नेतृत्वमा जसपाका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेको स्वयंले घोषणा गरेका छन्।  

त्यसैगरी जसपा जिल्ला सचिवालय सदस्य एवं दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष पृथ्बीकुमार राई, जिल्ला सचिवालय सदस्य मेघराज राई, प्रवास समिति कतारका उपाध्यक्ष गजेन्द्र खालिङ राई, दिक्तेल रुपाकोट मझुवागढी नगर समिति सहसचिव सौराज राई, खोटाङ–काठ्माडौं सम्पर्क समिति सदस्य प्रज्वल राईलगायत नेता कार्यकर्ता पनि माओवादीमा प्रवेश गरेका छन्।

नेतृत्वले पार्टीलाई प्रतिक्रियावादी कित्तामा पुर्‍याउँदै प्रतिगमनका मतियार मानिएको एमाले र राप्रपाजस्ता प्रतिगामी र यथास्थितिवादी दलसँग सहकार्य गरेकाले पार्टी परित्याग गर्न बाध्य भएको खम्बूले बताए। पत्रकार सम्मेलनमा खम्बुले पार्टीको नीति, विचार र सिद्धान्तविपरित नेतृत्वले मनोमानी निर्णय गर्दै सही दिशा दिन नसकेकाले पनि पार्टी ग्यागेको बताए। उनले मुलुकको परिवर्तन, समृद्धि र प्राप्त उपलब्धीको मुख्य बाहक माओबादी मात्र भएकाले माओबादी रोजेको बताए।  

नव प्रवेशीहरुलाई माओबादीका पोलिटव्युरो सदस्य तथा गठबन्धनबाट खोटाङ संघीय उम्मेदवार रामकुमार राई पासाङलगायतले अविर, माला र खादा लगाएर स्वागत गरेका थिए। यसअघि पनि जसपाका जिल्ला अध्यक्ष टंक थापासहित झण्डै सयजना नेता कार्यकर्ता माओबादीमा प्रवेश गरेका थिए।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस