राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रदेशसभा सदस्य बिनु पन्तले झण्डै तीन वर्ष अघि सांसद पदबाट राजीनामा दिईन् । स्वास्थ्यको कारण देखाउँदै पन्तले दिएको राजीनामा स्वीकृत भएपछि राजपाले उनको स्थानमा कल्पना पाण्डेलाई मनोनयन गर्यो । तत्कालीन राजपाको त्यहि एक मत अर्थात कल्पना पाण्डे अहिले लुम्बिनी प्रदेश सरकारको सत्ता समिकरणमा निर्णायक बनेकी छिन् । संघीय समाजवादी पार्टीसंगको पार्टी एकतापछि बनेको जनता समाजवादी पार्टीकी सांसद पाण्डेको निर्णयले यो प्रदेशको सत्ता फेरबदल हुने वा टिक्ने भन्ने निर्क्यौल हुने छ ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने जसपाका अन्य ५ सांसद कांग्रेस र नेकपा माओवादी केन्द्रसंग सहकार्य गरेर जाने भन्नेमा एक मत छन् । यि ५ सांसद तत्कालीन संघीय समाजवादी तर्फका हुन् । तर तत्कालीन राजपाका तर्फबाट प्रतिनिधित्व गर्ने एक मात्रै सांसद पाण्डे भने पार्टीको केन्द्रीय निर्णय कुरेर बसेकी छिन् ।
जसपाको तत्कालीन संघीय समाजवादी समूह वर्तमान सरकारको खिलापमा उभिईसकेको छ भने तत्कालीन राजपा समूह भने वर्तमान सरकारलाई समर्थन गर्ने वा बिरोधमा जाने भन्ने विषयमा अनिर्णित छ । ‘केन्द्रीय निर्णय बिना म यो वा त्यो निर्णयको पछाडी लाग्न सक्ने अवस्था रहन्न,’ प्रदेश सरकारको सत्ता समिकरणकी निर्णायक बनेकी प्रदेशसभा सदस्य पाण्डेले भनिन् ‘केन्द्रले जे भन्छ म त्यहि अनुसार अगाडी बढ्ने हो ।’
पाण्डेले मुख्यमन्त्रीविरुद्ध मत जाहेर गरे शंकर पोख्रेल मुख्यमन्त्री पदबाट राजीनामा दिन बाध्य हुने छन् । सरकारको खिलापमा रहेको कांग्रेस, माओवादी केन्द्र र राजपाको समूहलाई पोख्रेलको सत्ताच्यूतका लागि मात्रै एक मतको आवश्यक्ता पर्छ ।
यो समूहका लागि पाण्डेको एक मत निर्विकल्प नै हो । तर अहिले सम्म पार्टीको संसदीय दलको बैठक समेत नबसेको र केन्द्रीय समितिको निर्णय समेत भैनसकेको अवस्थामा कल्पना पक्ष वा बिपक्षमा रहने भन्ने विषय निर्क्यौल भैसकेको छैन । यसर्थ उनले आफू प्रदेशसभामा तटस्थ बस्न सक्ने अवस्था पनि आउन सक्ने उनले बताईन् ।
‘पार्टीको संसदीय दलको बैठक पनि बसेको छैन, नत पार्टीको केन्द्रीय समितिनै के गर्ने भनेर टुंगोमा पुगिसकेको छ,’ पाण्डेले भनिन् ‘यस्तो अवस्थामा मैले यहि गर्छु भनेर भन्न सकिने अवस्था छैन, प्रदेशसभामा अविश्वासको प्रस्ताव गैहालेको खण्डमा म तटस्थ बस्नु पर्ने अवस्था पनि आउन सक्छ ।’
जसपा संसदीय दलका नेता सहसराम यादवले पनि संसदीय दलको बैठक नबसेको र केही दिनमै बैठक बसेर निर्णय लिने बताउँछन् । ‘संसदीय दलको बैठक अहिले सम्म बसेको छैन, अब चाँडै बैठक बसेर हामीहरुले के गर्ने भन्ने बारे निर्णय लिने छौँ,’ यादवले भने ।
जसपाको प्रदेश समितिले कांग्रेस, माओवादी केन्द्रसंग सहकार्य गरेर जाने निर्णय गरेको दाबी गरिरहेको भएपनि सांसद पाण्डेले भने प्रदेश समिति समायोजन भैनसकेका कारण उक्त बैठकको निर्णय आधिकारीक नभएको बताईन् ।
उनका अनुसार तत्कालीन संघीय समाजवादी र राजपा एकीकरण भएपनि प्रदेश समिति भने समायोजना भैसकेको छैन । ‘जसपाको प्रदेश समिति भनेर कसलाई आधिकारीक मान्ने ? जबकी तत्कालीन संघीय समाजवादी पार्टी र राजपा एकीकरण भएपनि प्रदेश समिति अहिले सम्म समायोजन भएकै छैन,’ पाण्डेले भनिन् ‘यसर्थ त्यो समितिले गरेको निर्णय मैले मान्नै पर्छ भन्ने छैन ।’ जसपाको महन्थ ठाकुर पक्षकी पाण्डेले प्रदेशको संसदीय दलको बैठकको निर्णय भन्दा पनि केन्द्रीय निर्णयलाई आधार बनाएर अघि बढ्ने रणनीतिमा छिन् । यसर्थ अन्य सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन गरिसकेको भएपनि पाण्डेले भने गरेकि छैनन् । उनलाई हस्ताक्षर बारेमा आफूलाई केही थाहा नभएको बताईन् ।
उनले थपिन् ‘केन्द्रको निर्णय र निर्देशन बिपरित म कसरी आफूखुसी अघि बढ्न सक्छु ?’ हाल सम्म तटस्थ देखिएकी कल्पनालाई मुख्यमन्त्री पोखरेल तथा अविश्वास प्रस्ताव दर्ताको तयारी गरिरहेको समूहले फकाईरहेको छ । अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा रहेको समूहले उनलाई आफ्नो कित्तामा तान्न सके मात्रै पोखरेलको बिपक्षमा बहुमत पुर्याउन सहज हुने छ भने मुख्यमन्त्री पोखरेलले उनलाई आफ्नो कित्तामा उभ्याउन सके मात्रै आफ्नो बिपक्षमा बहुमत नपुग्ने र आफ्नो सत्ता नेतृत्वले निरन्तरता पाउने रणनीति बमोजिम लागेका छन् ।
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं दाङ इन्चार्ज निर्मल आचार्य जिल्लाको निर्वाचन नतिजा नेपाली कांग्रेसभित्र जिल्लामा रहेका गुटका हातमा रहेको बताउँछन्। कांग्रेसभित्रका सबै गुट इमानदार भए जिल्लाभरि नै लोकतान्त्रिक वाम गठबन्धनका सबै उम्मेदवारले सहजै चुनाव जित्ने उनी बताउँछन्। ‘जिल्लाको र गठबन्धनको पनि ठुलो पार्टी कांग्रेस नै हो,’ नागरिकसँगको कुराकानीमा आचार्यले भने, ‘तर कांग्रेस भने आफंैभित्र गुटैगुटमा विभक्त देखिन्छ। त्यसकै डरबाहेक गठबन्धनलाई दाङमा चुनाव जित्न समस्या हुन्न।’
उता प्रमुख प्रतिस्पर्धी एमाले सत्ता गठबन्धनमा देखिएको यही डरसँग सजग देखिन्छ। यही कारण कांग्रेसका असन्तुष्ट गुटकेन्द्रित रणनीतिमा एमाले महासचिव एवं दाङ २ का उम्मेदवार शंकर पोखरेल सक्रिय रहेको निकट स्रोत बताउँछ। ‘हाम्रो रणनीति नै कांग्रेसभित्रको असन्तुष्टि क्यास गर्ने र माओवादी केन्द्रमा घट्दै गएको मोहलाई आफूकेन्द्रित गर्दै लैजाने हो,’ पोखरेलनिकट एक जिल्लास्तरीय नेताले भने, ‘त्यसो नगरी हामी जित्ने अवस्था हुन्न नि ! यद्यपि राष्ट्रियस्तरको नेतालाई हुने सहजता त हुने नै भइहाल्यो।’ दुई फरक पार्टीका ‘डर’ र ‘रणनीति’ले पनि दाङको चुनावी अवस्थालाई चित्रण गर्छ। हरेक निर्वाचनमा अस्थिर नतिजा देखिँदै आएको दाङमा सधैं कांग्रेस नै शक्तिशाली रहेको इतिहास छ। तर निर्वाचनमा भने कांग्रेसले अनपेक्षित नतिजा बेहोर्दै आएको छ। दाङ कांग्रेसभित्र गुटका हाँगैहाँगा रहेका कारण त्यस्तो हुने गरेको जानकारहरू बताउँछन्।
जिल्लाभरि गुटैगुट
देशभरका सबैजसो जिल्लामा कांग्रेसका संस्थापन र इतर दुई गुट अस्तित्वमा देखिन्छन्। केन्द्रमा जस्तो नेतापिच्छेका अलगअलग गुट र गुटभित्रका पनि उपगुट अधिकांश जिल्लामा देखिन्नन्। तर दाङमा भने केन्द्रका गुटहरू जुन स्वरूपमा छन्, सोही स्वरूपमा दुरुस्तै अस्तित्वमा छन्। केन्द्रीयस्तरमा प्रभाव राख्ने एकएक नेता समातेर यहाँका नेताहरूले आ–आफ्ना गुट चलाइरहेका छन्। १४औं महाधिवेशनसम्म इतर समूहको नेतृत्व पूर्वमन्त्री एवं केन्द्रीय सदस्य दीपक गिरीले गर्थे। अहिले उनी पूर्वमहामन्त्री डा. शशांक कोइरालानिकट रहेर आफ्नै गुट चलाइरहेका छन्। इतर समूहमा डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहको अलग्गै गुट यहाँ अस्तित्वमा देखिन्छन्। जसमा जिल्ला सभापति शंकर डाँगी, अनिता देवकोटा, वीरकेशरी गौतमलगायत नेताहरू छन्।
यस्तै संस्थापन समूहका पनि छुट्टाछुट्टै गुटहरू छन्। जसमा सभापति शेरबहादुर देउवानिकट गुटको नेतृत्व केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे र लुम्बिनी प्रदेशका मन्त्री डिल्ली चौधरीले गर्छन्। यस्तै उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री बालकृष्ण खाणनिकट नेताहरूका पनि अलगअलग गुट छन्। खड्कानिकट रहेर केन्द्रीय सदस्य गेहेन्द्र गिरी आफ्नै गुट चलाउँछन् भने खाणनिकट रहेर पूर्वसंविधानसभा सदस्य राजु खनालले गुट सञ्चालन गर्दै आएका छन्।
त्यसो त दाङ कांग्रेसमा बहुदलको स्थापनासँगै केन्द्रजस्तै दुई फरक गुट थिए। जसमा एउटाको नेतृत्व खुमबहादुर खड्काले गर्थे भने अर्को गुटको नेतृत्व बलदेव शर्मा मजगैयाँले गर्थे। खड्काले कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहनिकट रहेर गुट चलाउँदा मजगैयाँ गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र थिए।
गुटका फुट, निर्वाचनसम्मै तुष
दाङ कांग्रेसमा यसरी देखिएका गुटैगुटका कारण पार्टीका आन्तरिक चुनावमा निकै ठुलो प्रतिस्पर्धाको स्थिति सिर्जना हुँदै आएको स्थानीय जानकारहरू बताउँछन्। त्यस्ता प्रतिस्पर्धाहरू वडास्तरबाटै सुरु भएर जिल्लास्तरमा पुग्दा घमासान बन्ने गरेका छन्। गुट–उपगुटकै कारण कतिपय अवस्थामा जिल्लाका प्रभावशाली नेताहरू नै वडा तथा एकाइस्तरमै पराजित भएका उदाहरण पनि छन्। जसले विभिन्न खाले तुषको स्थिति देखापर्दै आएको स्थानीय जानकारहरूको
बुझाइ छ। ‘आन्तरिक चुनावका क्रममा गुटहरू बनाउने र त्यसमा हुने जितहारलाई लिएर आम निर्वाचनसम्म रोष प्रकट गर्ने स्थिति विगतमा देखिएको र भनिँदै आएको इतिहास छ,’ महेन्द्र बहुमुखी क्याम्पसका राजनीति शास्त्रका प्राध्यापक सुदीप गौतम भन्छन्, ‘जुन कतिपय अवस्थामा गलत हल्ला मात्रै भए पनि आंशिक सत्यता पनि देखिन्छ।’ यद्यपि नेताहरूले भने त्यसलाई अस्वीकार गर्दै आएका छन्।
‘आन्तरिक निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा हुन्छ, जुन लोकतान्त्रिक पार्टीमा स्वाभाविक नै हो,’ जिल्ला सभापति डाँगी भन्छन्, ‘तर आन्तरिक निर्वाचनबाहेक बाँकी निर्वाचनहरूमा कांग्रेस एकताबद्ध नै हुन्छ।’ माथिल्लो तहका नेताहरू खुलेर यस्ता कुरामा नलागे पनि तल्लो तहका कार्यकर्ताहरूमा भने समस्या नै पाइने प्राध्यापक गौतमको बुझाइ छ।
फाइदा उठाउने दाउमा विपक्षी
यसपटक कांग्रेसभित्रको यस्तो विभक्त स्वरूपको फाइदा लिने रणनीतिमा विपक्षी छन्। यसमा एमाले र नागरिक उन्मुक्ति पार्टी बढी सक्रिय देखिन्छन्। विशेषगरी निर्वाचन क्षेत्र नम्बर १ र २ मा यस्तो अभ्यास देखिएको छ। निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसभित्र बढी असन्तुष्टि देखिन्छ। यहाँ कांग्रेसभित्र रहेका अनेक अप्ठ्यारामध्ये पहिलो केन्द्रीय सदस्यमा मनोनीत नगरेको भन्दै बिच्किएका पूर्वसांसद एवं पूर्वकेन्द्रीय सदस्य पार्वती डिसी चौधरीले पार्टी छाड्नु रहेको छ। उनी अहिले नागरिक उन्मुक्ति पार्टीको समानुपातिक बन्दसूचीमा परेकी छन्।
उता सिट बाँडफाँटमा क्षेत्र नम्बर १ नेकपा एसलाई दिइएको भन्दै कांग्रेसभित्र अर्को असन्तुष्टि छ। सोही क्षेत्रमा प्रदेशसभा (ख) मा तमाम पाका नेतालाई पाखा लगाएर खुमबहादुर खड्काका २८ वर्षीय छोरालाई उम्मेदवार बनाइएको भन्दै अर्को असन्तुष्टि छ। यी फरकफरक असन्तुष्टि मिलाउन हम्मेहम्मे परिरहेको सत्ता गठबन्धनका स्थानीय नेता–कार्यकर्ता बताउँछन्। यसको फाइदा उठाउन विशेषगरी नागरिक उन्मुक्ति पार्टी तम्सिएको छ। यहाँ थारू जातिको बहुल्य रहेको क्षेत्र रहेकाले थारू मत बटुलेर फाइदा उठाउन सक्ने दाउमा उक्त पार्टीका प्रतिनिधिसभा उम्मेदवार सुरेन्द्र चौधरी छन्। यहाँ सत्ता गठबन्धनका तर्फबाट नेकपा एसका मेटमणि चौधरीलाई उम्मेवार बनाएको छ, जो सहरी विकासमन्त्री पनि हुन्। एमालेले निवर्तमान सांसद शान्ता चौधरीलाई उठाएको छ। एमालेले टिकट नदिएर असन्तुष्ट बनेकी निवर्तमान सांसद गंगा चौधरी (सत्गौवा) पनि हाम्रो नेपाली पार्टीको चुनाव चिह्न लौरो लिएर उम्मेदवार बनेकी छन्। यहाँ स्थानीय तह निर्वाचनको मत परिणामअनुसार सत्ता गठबन्धनको फराकिलो अग्रता छ।
उता क्षेत्र नम्बर २ मा कांग्रेस र माओवादी केन्द्रभित्रै समस्या देखिन्छ। तर दुवै पार्टीले समस्या नरहेको दाबी गर्दै आएका छन्। यहाँ सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा माओवादी केन्द्रकी रेखा शर्मा उम्मेदवार छन्। यस्तै एमालेका महासचिव शंकर पोखरेल यही निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा छन्। स्थानीय तहको मतपरिणामअनुसार सत्ता गठबन्धन यहाँ हाबी छ। तर पोखरेलले कांग्रेस र माओवादी केन्द्रकै मत तानेर जित्ने रणनीतिका साथ अभियान चलाइरहेका छन्।
यहाँ दुवै पक्षले आआफैं जित्ने दाबी गरेका छन्। ‘महासचिव कमरेड हार्ने त सवाल नै हुन्न। मज्जाले जित्नुहुन्छ। कांग्रेस र माओवादी केन्द्रकै मतदाताले मत दिन्छन नि,’ एमालेका जिल्ला सचिव मनोहर बुढाथोकीले भने, ‘राष्ट्रिय राजनीतिको पात्र, भविष्यमा प्रधानमन्त्री पनि हुन सक्ने, विगतमा जिल्लाको विकासका लागि भूमिका खेलेको पात्र भएकाले जित्ने कुरामा शंका नै छैन।’
उता सत्ता गठबन्धनले पनि आफ्नो सहज जित हुने ठोकुवा गरेको छ। ‘कहीँकतै शंका छैन। सब मिलाइसकेका छौं। तर ट्रान्सफरमा विगतमा केही गाह्रो भएको थियो। इच्छाशक्तिले भन्दा मतपत्रको त्रुटिले त्यस्तो भएको थियो,’ माओवादी केन्द्रका जिल्ला इन्चार्ज आचार्यले भने, ‘त्यहीँकारण घोराही र तुल्सीपुरमा १०औं हजार मत बदर भएका थिए। अहिले त्यस्तो हुँदैन। मतपत्र र मनपत्र सबै तयार भइसक्यो।’
क्षेत्र नम्बर १ र २ को तुलनामा क्षेत्र नम्बर ३ मा भने विवाद कम छ। यसपटक केन्द्रीय सदस्यहरू दीपक गिरी र गेहेन्द्र गिरी मिलेर हिँडेकाले अवस्था सहज देखिएको स्थानीय जानकार बताउँछन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।