एमाले र जसपाका ४ दर्जन नेता कार्यकर्ता माओबादी प्रवेश
१९ कार्तिक २०७९
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
एमाले र जसपाका ४ दर्जन नेता कार्यकर्ता माओबादी प्रवेश
माओबादीमा नवप्रवेशीहरु सामुहिक फोटो खिच्दै । तस्विरः महेश्वर

आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा प्रतिनिधिसभा चुनाव नजिकिदै गर्दा एमाले र जनता समाजबादी पार्टी (जसपा)का नेता तथा कार्यकर्ताहरु माओवादी प्रवेश गरेका छन्। बाम लोकतान्त्रिक गठबन्धनको अगाडि चुनाव जित्न नसक्ने ठहर गर्र्दै एमाले र जसपाका नेता कार्यकर्ता नेकपा (माओबादी केन्द्र)मा प्रवेश गरेका हुन्।  

जस अनुसार एमालेका अगुवा दर्जन नेतासहित जनता समाजवादी पार्टीका गरी ५ दर्जन नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन्। माओबादी प्रवेश गर्नेहरुमा एमाले जिल्ला कमिटी सदस्य जयप्रसाद आचार्य (जेपी), दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ का अध्यक्ष रबिन्द्रकुमार राई, सदस्यहरु जीतबहादुर राई, दिपेन्द्र राई, नवराज भुजेल, मणिराज राईलगायत १५ जना रहेका छन्। उनीहरुले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दैं एमाले परित्याग गरी बिना शर्त माओबादीमा प्रवेश गरेको जनाएका छन्।  

त्यसैगरी जसपा त्यागेर माओवादी प्रवेश गर्नेहरुमा पार्टीनिकट विद्यार्थी युनियनका प्रदेश १ अध्यक्ष तथा खोटाङ प्रचार विभाग प्रमु्ख रविन खम्बु, केन्द्रीय सचिवालय सदस्य तथा स्वरोजगार विभाग प्रमुख गजेन्द्र राईलगायत ३८ जना रहेका छन्। खम्बूको नेतृत्वमा जसपाका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेको स्वयंले घोषणा गरेका छन्।  

त्यसैगरी जसपा जिल्ला सचिवालय सदस्य एवं दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष पृथ्बीकुमार राई, जिल्ला सचिवालय सदस्य मेघराज राई, प्रवास समिति कतारका उपाध्यक्ष गजेन्द्र खालिङ राई, दिक्तेल रुपाकोट मझुवागढी नगर समिति सहसचिव सौराज राई, खोटाङ–काठ्माडौं सम्पर्क समिति सदस्य प्रज्वल राईलगायत नेता कार्यकर्ता पनि माओवादीमा प्रवेश गरेका छन्।

नेतृत्वले पार्टीलाई प्रतिक्रियावादी कित्तामा पुर्‍याउँदै प्रतिगमनका मतियार मानिएको एमाले र राप्रपाजस्ता प्रतिगामी र यथास्थितिवादी दलसँग सहकार्य गरेकाले पार्टी परित्याग गर्न बाध्य भएको खम्बूले बताए। पत्रकार सम्मेलनमा खम्बुले पार्टीको नीति, विचार र सिद्धान्तविपरित नेतृत्वले मनोमानी निर्णय गर्दै सही दिशा दिन नसकेकाले पनि पार्टी ग्यागेको बताए। उनले मुलुकको परिवर्तन, समृद्धि र प्राप्त उपलब्धीको मुख्य बाहक माओबादी मात्र भएकाले माओबादी रोजेको बताए।  

नव प्रवेशीहरुलाई माओबादीका पोलिटव्युरो सदस्य तथा गठबन्धनबाट खोटाङ संघीय उम्मेदवार रामकुमार राई पासाङलगायतले अविर, माला र खादा लगाएर स्वागत गरेका थिए। यसअघि पनि जसपाका जिल्ला अध्यक्ष टंक थापासहित झण्डै सयजना नेता कार्यकर्ता माओबादीमा प्रवेश गरेका थिए।  

लोकप्रिय
अर्को समाचार
माओवादीका नेतामाथिलागको कारबाही फुकुवा
२८ कार्तिक २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
माओवादीका नेतामाथिलागको कारबाही फुकुवा

आउँदो मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावलाई मध्येनजर गरेर नेकपा (माओबादी केन्द्र)ले स्थानीयतह चुनावताका कारबाहीमा परेका नेता कार्यकर्तामाथिको कारबाही फुकुवा गरेको छ। पार्टीले उदयपुर र ताप्लेचुङका नेता कार्यकर्ताहरुमाथिको कारबाही फुकुवा गरेको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तीमा जनाएको छ।  

विज्ञप्ती अनुसार गत बैशाख ३० गते सम्पन्न स्थानीयतह चुनावताका पार्टी अनुशासनविरुद्ध गएर आधिकारिक उम्मेदवारबिरुद्ध बागी बनेका, पार्टी नीतिबिपरित गतिबिधि गर्नेलगायतहरुलाई कारबाही गरिएकोमा सो कारबाही फुकुवा गरिएको हो। कात्तिक २६ गते जारी विज्ञप्ती अनुसारको सर्कुलेसन जिल्लामा भर्खर आईपुगेको माओबादी केन्द्रका पोलिटव्युृरो सदस्य तथा उदयपुर प्रतिनिधिसभा क्षेत्र २ का निबर्तमान सांसद सुरेशकुमार राई (हिमाल)ले बताए।  

उनका अनुसार उदयपुरमा २ जना प्रदेश कमिटी सदस्यसहित १२ जना तथा ताप्लेजुङका एक प्रदेश सदस्यसहित आधाददर्जन कारबाहीमा परेका थिए। उदयपुरबाट प्रदेश सदस्यहरु भीमबहादुर अधिकार (अनिल) र केपी बराल कारबाहीमा परेका थिए। अधिकारलाई पार्टी हितबिपरित गतिबिधि गरेको आरोपमा र बरारलाई गठबन्धनबिरुद्ध कटारी नगर प्रमुख उम्म्ेदवार गरेको आरोपमा कारबाही गरिएको थियो।  

अन्य कारबाहीमा पर्नेहरुमा प्रदेश विभाग प्रमुखद्वय यदुप्रसाद ढकाल र दुर्गाबहादुर बुर्जामगर, उपप्रमुख रामप्रसाद बराल र त्रियुगा नगर कमिटी सदस्य सावित्रा थापा थिए । ताप्लेजुङमा प्रदेश सदस्य प्रकाश बानुङलगायत आधादर्जनमाथिको कारबाही पनि फुकुवा भएको नेता राईले बताए। कारबाही फुकुवा भएसँगै सबै नेता कार्यकर्ता गठबन्धनको पक्षमा चुनावी अभियानमा लागिसकेको राईले बताए।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस