कांग्रेसमा सभापति चयनका लागि दोस्रो चरणमा भएको मतदान सकिएको छ। दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान साढे ९ बजे सकिएको हो।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा भएको मतदान सकिएको हो।कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन्। प्रारम्भिक हिसाब अनुसार कुल ४ हजार ५ सय ६३ मत खसेको छ।
राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको सभापतिको निर्वाचनमा यही वैशाख २५ गते हुने भएको छ।
शुक्रवार राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो जानकारी गराएका हुन।अध्यक्ष तिमिल्सिनाले निर्वाचन कार्यक्रम सार्वजनिक गर्न पनि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललाई निर्देशन दिएका छन्।
त्यसैगरी बैठकले राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा राष्ट्रियसभाबाट प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ र मदनकुमारी साह गरिमालाई मनोनयन पनि गरेको छ।अध्यक्ष तिमिल्सिनाले प्रस्ताव गरेको सो नामावलीलाई बैठकले सहमती दिएको हो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।