कांग्रेस कास्कीमा प्यानल बर्चस्व
०४ मंसिर २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
कांग्रेस कास्कीमा प्यानल बर्चस्व

कास्कीमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनन्तर्गत भएको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा प्यानलको बर्चस्व रहेको छ। कास्कीका ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा प्यानलको बर्चस्व देखिएको हो।

कास्कीको प्रदेश निर्वाचन क्षेत्र नम्बर १ को (क) को सभापतिमा दुर्गाप्रसाद सुवेदी निर्वाचित भएका छन्। प्रतिस्पर्धी मुराहरी कोइरालालाई १७ मतले पराजित गर्दै सुवेदी सभापतिमा निर्वाचित भएका हुन्। बिजयी सुवेदीले २ सय २६ मत पाउँदा कोइरालाले २ सय ९ मत पाए। उक्त निर्वाचन क्षेत्रमा उपसभापतिमा सुवेदी प्यानलका निर्मला ढुंगाना र शुकदेव गुरुङ निर्वाचित भए। सचिवमा शिवराज अधिकारी र ध्रुवराज अधिकारी, सहसचिवमा सुवास भण्डारी र विष्णु गुरुङ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

कास्कीको प्रदेश निर्वाचन क्षेत्र नम्बर १ को (ख) को सभापतिमा कृष्णप्रसाद कोइराला बिजयी भएका छन्। प्रतिस्पर्धी अर्जुन गुरुङलाई १५ मतले पछि पार्दै कोइराला बिजयी भएका हुन्। उपाध्यक्षमा विकास गुरुङ र विष्णु बराल बिजयी भएका छन् भने सचिवमा महेश कार्की र कृतिबल्लभ त्रिपाठी बिजयी भएका छन्। त्यस्तै सहसचिवमा महेन्द्र गुरुङ र रामकुमारी पौडेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ (क) को सभापतिमा दिनेश आचार्य बिजयी भएका छन्। प्रतिष्पर्धी वर्षाकेशव पराजुलीलाई ३० मतले पराजित गर्दै आचार्य बिजयी भएका हुन्। बिजयी आचार्यले १ सय २१ मत पाउँदा निकटतम प्रतिस्पर्धी वर्षाकेशव पराजुलीले ९१ मत ल्याए। उपसभापतिमा आचार्य प्यानलका माधवप्रसाद बराल र चेतबहादुर महत विजयी भए भने सचिवमा टंकप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा बिजयी भइसकेका छन्। सहसचिवमा भने गीता भण्डारी र केशवराज लामिछाने यसअघि नै सर्वसम्मत भएका थिए।

कास्की २ (ख) को सभापतिमा दीपेन्द्र मर्सानी बिजयी भए। प्रतिष्पर्धी सुवास सिग्देललाई २२ मतले हराउँदै मर्सानी बिजयी भएका हुन्। बिजयी मर्सानीले १ सय ४२ मत पाए भने निकटतम प्रतिस्पर्धी सुवास सिग्देलले १ सय २० मत पाए। उपसभापतिमा मर्सानी प्यानलकी सरिता पराजुली र होमबहादुर बानियाँ विजयी हुँदा सचिवमा सुवर्ण केसी र शिरषकुमार बास्तोला निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। सहसचिवमा भने यसअघी नै नीलम बाटाजु र सुरेश खवास सर्वसम्मत भएका थिए।

कास्की ३ (क) सभापतिमा पुष्पेन्द्र पाण्डे बिजयी भएका छन्। पाण्डे प्रतिष्पर्धी दीपकराज पौडेललाई १० मतले पछि पार्दै बिजयी भएका हुन्। पाण्डेले १ सय ६६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी दीपकराज पौडेलले १ सय ५६ मत प्राप्त गरे। उपसभापतिमा धनबहादुर थापा र दिलीप गिरी विजयी भए। यस्तै, सचिवमा गंगाबहादुर गुरुङ र प्रकाशचन्द्र सापकोटा तथा सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

कास्की ३ (ख) सभापतिमा जीवनाथ पौडेल ‘शंकर’ बिजयी भएका छन्। पौडेल  प्रतिस्पर्धी दीपकवीर कुँवरलाई १ सय ३ मतले पछि पार्दै बिजयी भएका हुन्। पौडेलले २ सय २७ मत पाउँदा कँुवरले केवल १ सय २४ मत प्राप्त गरे। उपसभापतिमा पौडेल प्यानलकै पदमबहादुर गुरुङ र पार्वतीदेवी कोइराला बिजयी भए। त्यस्तै सचिवमा ठाकुर बराल र बाबुराम भण्डारी तथा सहसचिवमा चित्रबहादुर गुरुङ र भीममाया सुवेदी निर्वाचित भएको जनाइएको छ।

लोकप्रिय
अर्को समाचार
गुटैगुटमा विभक्त दाङ कांग्रेस
२२ कार्तिक २०७९
६ मिनेट पाठ
संग्रह
Email
ईमेल
गुटैगुटमा विभक्त दाङ कांग्रेस

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं दाङ इन्चार्ज निर्मल आचार्य जिल्लाको निर्वाचन नतिजा नेपाली कांग्रेसभित्र जिल्लामा रहेका गुटका हातमा रहेको बताउँछन्। कांग्रेसभित्रका सबै गुट इमानदार भए जिल्लाभरि नै लोकतान्त्रिक वाम गठबन्धनका सबै उम्मेदवारले सहजै चुनाव जित्ने उनी बताउँछन्। ‘जिल्लाको र गठबन्धनको पनि ठुलो पार्टी कांग्रेस नै हो,’ नागरिकसँगको कुराकानीमा आचार्यले भने, ‘तर कांग्रेस भने आफंैभित्र गुटैगुटमा विभक्त देखिन्छ। त्यसकै डरबाहेक गठबन्धनलाई दाङमा चुनाव जित्न समस्या हुन्न।’

उता प्रमुख प्रतिस्पर्धी एमाले सत्ता गठबन्धनमा देखिएको यही डरसँग सजग देखिन्छ। यही कारण कांग्रेसका असन्तुष्ट गुटकेन्द्रित रणनीतिमा एमाले महासचिव एवं दाङ २ का उम्मेदवार शंकर पोखरेल सक्रिय रहेको निकट स्रोत बताउँछ। ‘हाम्रो रणनीति नै कांग्रेसभित्रको असन्तुष्टि क्यास गर्ने र माओवादी केन्द्रमा घट्दै गएको मोहलाई आफूकेन्द्रित गर्दै लैजाने हो,’ पोखरेलनिकट एक जिल्लास्तरीय नेताले भने, ‘त्यसो नगरी हामी जित्ने अवस्था हुन्न नि ! यद्यपि राष्ट्रियस्तरको नेतालाई हुने सहजता त हुने नै भइहाल्यो।’ दुई फरक पार्टीका ‘डर’ र ‘रणनीति’ले पनि दाङको चुनावी अवस्थालाई चित्रण गर्छ। हरेक निर्वाचनमा अस्थिर नतिजा देखिँदै आएको दाङमा सधैं कांग्रेस नै शक्तिशाली रहेको इतिहास छ। तर निर्वाचनमा भने कांग्रेसले अनपेक्षित नतिजा बेहोर्दै आएको छ। दाङ कांग्रेसभित्र गुटका हाँगैहाँगा रहेका कारण त्यस्तो हुने गरेको जानकारहरू बताउँछन्।

जिल्लाभरि गुटैगुट

देशभरका सबैजसो जिल्लामा कांग्रेसका संस्थापन र इतर दुई गुट अस्तित्वमा देखिन्छन्। केन्द्रमा जस्तो नेतापिच्छेका अलगअलग गुट र गुटभित्रका पनि उपगुट अधिकांश जिल्लामा देखिन्नन्। तर दाङमा भने केन्द्रका गुटहरू जुन स्वरूपमा छन्, सोही स्वरूपमा दुरुस्तै अस्तित्वमा छन्। केन्द्रीयस्तरमा प्रभाव राख्ने एकएक नेता समातेर यहाँका नेताहरूले आ–आफ्ना गुट चलाइरहेका छन्। १४औं महाधिवेशनसम्म इतर समूहको नेतृत्व पूर्वमन्त्री एवं केन्द्रीय सदस्य दीपक गिरीले गर्थे। अहिले उनी पूर्वमहामन्त्री डा. शशांक कोइरालानिकट रहेर आफ्नै गुट चलाइरहेका छन्। इतर समूहमा डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहको अलग्गै गुट यहाँ अस्तित्वमा देखिन्छन्। जसमा जिल्ला सभापति शंकर डाँगी, अनिता देवकोटा, वीरकेशरी गौतमलगायत नेताहरू छन्।

यस्तै संस्थापन समूहका पनि छुट्टाछुट्टै गुटहरू छन्। जसमा सभापति शेरबहादुर देउवानिकट गुटको नेतृत्व केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे र लुम्बिनी प्रदेशका मन्त्री डिल्ली चौधरीले गर्छन्। यस्तै उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री बालकृष्ण खाणनिकट नेताहरूका पनि अलगअलग गुट छन्। खड्कानिकट रहेर केन्द्रीय सदस्य गेहेन्द्र गिरी आफ्नै गुट चलाउँछन् भने खाणनिकट रहेर पूर्वसंविधानसभा सदस्य राजु खनालले गुट सञ्चालन गर्दै आएका छन्।

त्यसो त दाङ कांग्रेसमा बहुदलको स्थापनासँगै केन्द्रजस्तै दुई फरक गुट थिए। जसमा एउटाको नेतृत्व खुमबहादुर खड्काले गर्थे भने अर्को गुटको नेतृत्व बलदेव शर्मा मजगैयाँले गर्थे। खड्काले कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहनिकट रहेर गुट चलाउँदा मजगैयाँ गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र थिए।  

गुटका फुट, निर्वाचनसम्मै तुष

दाङ कांग्रेसमा यसरी देखिएका गुटैगुटका कारण पार्टीका आन्तरिक चुनावमा निकै ठुलो प्रतिस्पर्धाको स्थिति सिर्जना हुँदै आएको स्थानीय जानकारहरू बताउँछन्। त्यस्ता प्रतिस्पर्धाहरू वडास्तरबाटै सुरु भएर जिल्लास्तरमा पुग्दा घमासान बन्ने गरेका छन्। गुट–उपगुटकै कारण कतिपय अवस्थामा जिल्लाका प्रभावशाली नेताहरू नै वडा तथा एकाइस्तरमै पराजित भएका उदाहरण पनि छन्। जसले विभिन्न खाले तुषको स्थिति देखापर्दै आएको स्थानीय जानकारहरूको  

बुझाइ छ। ‘आन्तरिक चुनावका क्रममा गुटहरू बनाउने र त्यसमा हुने जितहारलाई लिएर आम निर्वाचनसम्म रोष प्रकट गर्ने स्थिति विगतमा देखिएको र भनिँदै आएको इतिहास छ,’ महेन्द्र बहुमुखी क्याम्पसका राजनीति शास्त्रका प्राध्यापक सुदीप गौतम भन्छन्, ‘जुन कतिपय अवस्थामा गलत हल्ला मात्रै भए पनि आंशिक सत्यता पनि देखिन्छ।’ यद्यपि नेताहरूले भने त्यसलाई अस्वीकार गर्दै आएका छन्।

‘आन्तरिक निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा हुन्छ, जुन लोकतान्त्रिक पार्टीमा स्वाभाविक नै हो,’ जिल्ला सभापति डाँगी भन्छन्, ‘तर आन्तरिक निर्वाचनबाहेक बाँकी निर्वाचनहरूमा कांग्रेस एकताबद्ध नै हुन्छ।’ माथिल्लो तहका नेताहरू खुलेर यस्ता कुरामा नलागे पनि तल्लो तहका कार्यकर्ताहरूमा भने समस्या नै पाइने प्राध्यापक गौतमको बुझाइ छ।

फाइदा उठाउने दाउमा विपक्षी

यसपटक कांग्रेसभित्रको यस्तो विभक्त स्वरूपको फाइदा लिने रणनीतिमा विपक्षी छन्। यसमा एमाले र नागरिक उन्मुक्ति पार्टी बढी सक्रिय देखिन्छन्। विशेषगरी निर्वाचन क्षेत्र नम्बर १ र २ मा यस्तो अभ्यास देखिएको छ। निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसभित्र बढी असन्तुष्टि देखिन्छ। यहाँ कांग्रेसभित्र रहेका अनेक अप्ठ्यारामध्ये पहिलो केन्द्रीय सदस्यमा मनोनीत नगरेको भन्दै बिच्किएका पूर्वसांसद एवं पूर्वकेन्द्रीय सदस्य पार्वती डिसी चौधरीले पार्टी छाड्नु रहेको छ। उनी अहिले नागरिक उन्मुक्ति पार्टीको समानुपातिक बन्दसूचीमा परेकी छन्।

उता सिट बाँडफाँटमा क्षेत्र नम्बर १ नेकपा एसलाई दिइएको भन्दै कांग्रेसभित्र अर्को असन्तुष्टि छ। सोही क्षेत्रमा प्रदेशसभा (ख) मा तमाम पाका नेतालाई पाखा लगाएर खुमबहादुर खड्काका २८ वर्षीय छोरालाई उम्मेदवार बनाइएको भन्दै अर्को असन्तुष्टि छ। यी फरकफरक असन्तुष्टि मिलाउन हम्मेहम्मे परिरहेको सत्ता गठबन्धनका स्थानीय नेता–कार्यकर्ता बताउँछन्। यसको फाइदा उठाउन विशेषगरी नागरिक उन्मुक्ति पार्टी तम्सिएको छ। यहाँ थारू जातिको बहुल्य रहेको क्षेत्र रहेकाले थारू मत बटुलेर फाइदा उठाउन सक्ने दाउमा उक्त पार्टीका प्रतिनिधिसभा उम्मेदवार सुरेन्द्र चौधरी छन्। यहाँ सत्ता गठबन्धनका तर्फबाट नेकपा एसका मेटमणि चौधरीलाई उम्मेवार बनाएको छ, जो सहरी विकासमन्त्री पनि हुन्। एमालेले निवर्तमान सांसद शान्ता चौधरीलाई उठाएको छ। एमालेले टिकट नदिएर असन्तुष्ट बनेकी निवर्तमान सांसद गंगा चौधरी (सत्गौवा) पनि हाम्रो नेपाली पार्टीको चुनाव चिह्न लौरो लिएर उम्मेदवार बनेकी छन्। यहाँ स्थानीय तह निर्वाचनको मत परिणामअनुसार सत्ता गठबन्धनको फराकिलो अग्रता छ।

उता क्षेत्र नम्बर २ मा कांग्रेस र माओवादी केन्द्रभित्रै समस्या देखिन्छ। तर दुवै पार्टीले समस्या नरहेको दाबी गर्दै आएका छन्। यहाँ सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा माओवादी केन्द्रकी रेखा शर्मा उम्मेदवार छन्। यस्तै एमालेका महासचिव शंकर पोखरेल यही निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा छन्। स्थानीय तहको मतपरिणामअनुसार सत्ता गठबन्धन यहाँ हाबी छ। तर पोखरेलले कांग्रेस र माओवादी केन्द्रकै मत तानेर जित्ने रणनीतिका साथ अभियान चलाइरहेका छन्।

यहाँ दुवै पक्षले आआफैं जित्ने दाबी गरेका छन्। ‘महासचिव कमरेड हार्ने त सवाल नै हुन्न। मज्जाले जित्नुहुन्छ। कांग्रेस र माओवादी केन्द्रकै मतदाताले मत दिन्छन नि,’ एमालेका जिल्ला सचिव मनोहर बुढाथोकीले भने, ‘राष्ट्रिय राजनीतिको पात्र, भविष्यमा प्रधानमन्त्री पनि हुन सक्ने, विगतमा जिल्लाको विकासका लागि भूमिका खेलेको पात्र भएकाले जित्ने कुरामा शंका नै छैन।’

उता सत्ता गठबन्धनले पनि आफ्नो सहज जित हुने ठोकुवा गरेको छ। ‘कहीँकतै शंका छैन। सब मिलाइसकेका छौं। तर ट्रान्सफरमा विगतमा केही गाह्रो भएको थियो। इच्छाशक्तिले भन्दा मतपत्रको त्रुटिले त्यस्तो भएको थियो,’ माओवादी केन्द्रका जिल्ला इन्चार्ज आचार्यले भने, ‘त्यहीँकारण घोराही र तुल्सीपुरमा १०औं हजार मत बदर भएका थिए। अहिले त्यस्तो हुँदैन। मतपत्र र मनपत्र सबै तयार भइसक्यो।’

क्षेत्र नम्बर १ र २ को तुलनामा क्षेत्र नम्बर ३ मा भने विवाद कम छ। यसपटक केन्द्रीय सदस्यहरू दीपक गिरी र गेहेन्द्र गिरी मिलेर हिँडेकाले अवस्था सहज देखिएको स्थानीय जानकार बताउँछन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस