नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेका छन्। प्रधानमन्त्री ओलीले सोमबार बिहान दाहाललाई टेलिफोन गरेर भेटको प्रस्ताव गरेका छन्। ओलीले भेटको प्रस्ताव गरे पनि दाहालले तत्काल भेट्नेबारे कुनै जवाफ नदिएको बताइएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने दुई नेताबीच भएको टेलिफोन संवादमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए। थापाले प्रधानमन्त्रीले सामान्य राजनीतिक व्यवहारअन्तर्गत दाहालसँग टेलिफोन गरेको बताए। ‘प्रधानमन्त्रीज्यूले कसैसँग पनि शत्रुतापूर्ण व्यवहार गर्नुहुन्न।
त्यसैले संवादहीनतालाई अन्त्य गर्दै उहाँले दाहालसँग टेलिफोनमा कुराकानी गर्नुभएको हो,’ थापाले भने।
प्रधानमन्त्री ओली र दाहालबीच लामो समयको अन्तरालपछि संवाद भएको हो। नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको नेतृत्व गरिरहेका ओली र दाहालबीच लामो समयसम्म मनमुटावको अवस्था रहेको थियो। विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि दुई नेताबीचको तिक्तता आरोप–प्रत्यारोपमा परिणत भएको थियो। नेकपाभित्रको दाहाल र माधव कुमार नेपाल समूहले ओलीको संसद् विघटन गर्ने निर्णयको सार्वजनिक रूपमै आलोचना गर्दै ओलीलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाहीसमेत गरेको थियो।
सर्वाेच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिँदै एमाले र माओवादी केन्द्रबीचको एकतालाई खारेज गरेपछि हाल ओली र दाहाल पूर्ववत् पार्टीको नेतृत्वमै फर्किएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनको लागि पुगेका छन्।
प्रधानमन्त्री ओली आज हेलिकप्टरबाट हेलम्बु क्षेत्रमा पुगेका हुन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशेबगर जाँदै छन्। उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाई निरीक्षण पनि गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत रहेका छन्। मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो।रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।