‘ओली विश्वासघाती, नरसंहारकारी, भष्मासुर, हिटलरको नेपाली संस्करण’
१० माघ २०७७
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
‘ओली विश्वासघाती, नरसंहारकारी, भष्मासुर, हिटलरको नेपाली संस्करण’

नेपाल कम्युनिस्ट पार्टी (नेपाल–दाहाल) समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले देखाएको प्रवृत्ति हेर्दा माफीमात्रै दिएर छाड्ने अवस्था नभएको बताएका छन् । राजधानीमा शुक्रबार आयोजित जनसभामा अध्यक्षद्वयले ओली भष्मासुर भएको र त्यस्ता व्यक्तिलाई सामान्य रुपको माफीले नपुग्ने बताएका हुन् ।  

जनसभामा अध्यक्ष नेपालले लामो समयदेखि ओलीले दुःख दिएको बताए । ‘केपी शर्मा ओलीलाई समयमै ठीक ठाउँमा ल्याउन सकिएन । त्यसैले अहिले संविधानमाथि नै प्रहार भयो । अब आत्मसमीक्षासहित अघि बढ्नुपर्ने छ’, नेपालले भने । तत्कालीन एमालेको नवौं महाधिवेशनमा जालझेल गरेर ओलीले जित हासिल गरेको आरोपसमेत उनले लगाए । पार्टी एकतापछि नयाँ तरिकाले अगाडि बढ्ने अपेक्षा गरे पनि पार्टी र सरकार सञ्चालनमा ओलीको निरंकुश शैलीलाई समयमै सच्याउन नसक्नु गम्भीर कमजोरी भएको नेपालको भनाइ थियो । ‘शिवजीले वरदान दिएर भष्मासुर बनाए तर उसले शिवलाई नै समाप्त पार्न खोजेपछि शिवजीले भष्मासुरलाई समाप्त पार्नुपर्‍यो’, नेपालले पुराणको दृष्टान्त अघि सार्दै भने, ‘पार्टीले पनि केपी ओलीलाई अध्यक्ष बनायो, प्रधानमन्त्री बनायो तर उनी भष्मासुर बने, त्यसैले अब पार्टीले ओलीको भष्मासुर प्रवृत्तिलाई समाप्त पार्नेछ ।’  

नेपालले ओली हिटलरको नेपाली संस्करणका रुपमा देखा परेको आरोप लगाए । ‘केपी ओली हिटलरको बाटोमा हिँड्ने हिटलरी नाजीवादको नेपाली संस्करण हुन् । नेपाली जनता त्यस्तो प्रवृत्तिसामु थरर कामेर दास बन्दैनन्’, नेपालले भने, ‘घरझगडा हुँदा घरकै मान्छे सिध्याउने, घरमा आगो लगाउनेजस्तै पार्टी, संसद्, संविधान सिध्याउने केपी ओली नरसंहारकारी हुन् ।’ ओली कम्युनिस्ट पार्टीको सदस्य हुन समेत लायक नरहेकाले कारबाही गरिएको बताउँदै नेपालले अपराध स्वीकार गरेर प्रतिनिधिसभा पुनस्र्थापना स्वीकार नगरेसम्म ओलीसँग पार्टी नझुक्ने प्रस्ट्याए । ‘प्रतिनिधिसभा विघटन गलत हो, पुनस्र्थापनाका लागि म पनि जुलुसमा सामेल हुन्छु भनेर भनिहाल्ने हो कि, मान्छेले गल्ती गर्छ, अपराध गर्छ, समयमै सच्चिन्छु भन्छ भने केही समय जेलमा राखेर फेरि निकालौंला केही फरक पर्दैन, होइन भने सीधै माफी दिउँला, केही फरक पर्दैन । तर केपी ओलीसँग नेकपाले झुक्ने कुनै काम गर्नेछैन । कसैले पनि सँगसँगै जान्छ भन्ने भ्रम नपाले हुन्छ’, नेपालले भने ।  

असंवैधानिक तवरबाट ओलीले संसद् विघटन गरेर संविधानमाथि कु गरेको आरोप नेपालको थियो । ‘ओलीको संसद् विघटनको कदम असंवैधानिक मात्र होइन संविधानमाथिकै कु हो,’ अध्यक्ष नेपालले भने । उनले केपी ओलीसँग साइबर झुन्ड र अरिंगालमात्रै भएको भन्दै उनीहरूले विशाल फौजको सामना गर्न नसक्ने दाबी गरे । नेपालले कांग्रेसलाई लक्षित गर्दै संयुक्त आन्दोलन सुरु गर्दा धोका पो पाइन्छ कि भन्ने आशंका नपाल्न आग्रह गरे । ‘अहिले कतिपय राजनीतिक पार्टीलाई शंका लागेको छ । कतै नाटक त गरिरहेका छैनन्, कम्युनिस्ट मिलेर कतै धोका त दिने होइनन् भन्ने शंका छ । हामी मूल्यको, विचारको राजनीति गर्छौं त्यसैले शंका नगर्दा हुन्छ’, उनले भने ।

प्रदर्शनमा बृहत् सहभागिता देखेर उत्साहित नेपालले आन्दोलनको उपस्थितिले पछिल्लो जनआन्दोलनको झल्को दिएको बताए । ‘आजको उपस्थितिले मलाई जनआन्दोलनको झल्को दिएको छ । ०६२÷६३ को जनआन्दोलनमा पनि यसैगरी जनता देशैभर जागेका थिए, सिंगै काठमाडौंलाई आन्दोलित बनाएका थिए । यसपटक पनि दायाँतिर, बायाँतिर सिंगै टुँडीखेलवरिपरि भरिएको छ, यसबाट जनता के चाहन्छन् भन्ने प्रस्ट भएको छ,’ नेपालले भने ।  

अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटनले शान्ति प्रक्रिया नै खतरामा पार्न खोजेको आरोप लगाए । ‘केपी ओलीले संविधानविरुद्ध प्रतिनिधिसभा विघटन गरेको मात्र नभई शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेका छन्,’ दाहालले भने, ‘खबरदार, त्यस्ता कदमलाई यो जनसागरले पराजित गर्नेछ ।’  

दाहालले ०६२–६३ को जनआन्दोलनमा जस्तै फेरि एकपटक नागरिक समाज, पेसाकर्मी, मिडिया र बुद्धिजीवी वर्गले प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गरेको बताए । अहिले देशका विभिन्न भाग र काठमाडौंमा उर्लेको जनसागरलाई अदालतले पनि हेरेको उनको भनाइ थियो । ‘संसद् विघटन ठीक हो भन्ने मान्छे मैले अहिलेसम्म देखेको छैन’, दाहालले भने, ‘सिंगो राष्ट्र प्रतिगमनविरुद्ध खडा भएको छ । जनताका अगाडि निरंकुश तानाशाहीको केही चल्नेवाला छैन ।’ तीन वर्षमा पनि ओलीले आफूलाई सुधार नगरेको र आफूहरूले पनि सुधार गर्न नसकेको भन्दै दाहाललले पश्चात्तापसमेत व्यक्त गरे । उनले ओली समूहमा लागेका पूर्वमाओवादीहरू भगौडा भएको टिप्पणी गरे । ‘ओलीसँग लागेका पूर्वमाओवादीका साथीहरूले ओलीका साइबर सेनाले भन्दा पनि बढी खरानी घसेको देख्दा लाज लाग्न थाल्यो’, दाहालले भने ।  

वरिष्ठ नेता झलनाथ खनालले केपी ओली विश्वासघाती भएको बताए । ओली कम्युनिस्ट पार्टीको अध्यक्ष बन्न लायक नभएको उनको टिप्पणी थियो । ‘उनी (ओली) अब कमरेड रहेनन् । पार्टी अध्यक्षबाट त हटाइनै सक्यौं । अब उनलाई कम्युनिस्ट पार्टीको सदस्यबाट नै हटाउँदैछौँ’, खनालले भने । उनले केपी ओली आफू भगौडा भए पनि अरुलाई भगौडा भन्दै आरोपित गरिरहेको बताए । ‘केपी ओली अरुलाई भगौडा भन्दैछन् । तर उनी नै कम्युनिस्ट आन्दोलन र नेकपाका भगौडा हुन्,’ खनालले भने, ‘रुख पनि बढ्दै जाँदा बोक्रा उप्किने हुँदोरहेछ । हाम्रो पार्टी पनि रुखजस्तै हुर्कियो र केपी ओली बोक्रा उप्किएझैं उप्किएर गए ।’ जीवनको उत्तरार्धमा केपी ओलीले लोकतन्त्र र कम्युनिस्ट आदर्श मात्र नभएर संविधान र कानुनसमेत भुलेको खनालको भनाइ थियो ।

आमसभामा स्थायी कमिटी सदस्य घनश्याम भुसालले ओली साइबर स्यालको नेता भएको बताएका थिए । उनले अदालतसँग पनि ओलीले हार खानुपर्ने दाबी गरेका थिए ।

लोकप्रिय
अर्को समाचार
जो न ओलीका सारथि रहनसके न मधेस मुद्दाका
०९ असार २०७८
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
जो न ओलीका सारथि रहनसके न मधेस मुद्दाका

प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित मंगलबार गृहजिल्ला रौतहट आइपुगे। उनलाई कालो झन्डा देखाउँदा माधवनारायण नगरपालिका–३ सखुवाका ललन यादव, गरुडा–५ का विजय यादव र दीपेन्द्र यादव पक्राउ परे। उनीहरू प्रहरी नियन्त्रणमै रहँदा सर्वोच्च अदालतको अन्तरिम आदेशबाट झासहित २० जना मन्त्री पद्मुक्त भए।

कामचलाउमा परिणत भएको ओली सरकारले मन्त्रिपरिषद् विस्तार गर्नु संविधानविपरीत भएको भन्दै परेका सात रिटमाथि सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश दिँदा उपप्रधान एवं सहरी विकास मन्त्रीको पद गुमाउने राजेन्द्र महतो सिन्धुपाल्चोकको पहिरो प्रभावित क्षेत्रको हवाई अवलोकनमा व्यस्त थिए।

पछिल्लो पटक मन्त्री बनेका मधेसका सांसद धमाधम गृहजिल्ला झर्ने क्रम चलेको थियो। नियुक्त भएयता धनुषा, महोत्तरी, सिरहा र रौतहटबाट प्रतिनिधित्व गर्ने संघीय सरकारका ६ मन्त्री गृहजिल्लामा स्वागत–सम्मान समारोहमा सरिक भए। बाक्लै भिडभाडबीच सहर–गाउँ डुलेर उनीहरूले सम्मान थापे । कोरोना संक्रमणको जोखिम बाँकी छँदै स्वास्थ्य मापदण्डको समेत ख्याल नगरी उनीहरू स्वागत–सम्मानमा व्यस्त रहे। मन्त्रीपद ग्रहण गरेलगत्तै उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ गृहजिल्ला धनुषा पुगे। निर्वाचन क्षेत्रका विभिन्न गाउँ पुगेर सम्मान ग्रहण गरे।  

लगत्तै संस्कृति, पर्यटन तथा नागरिक उ·यनमन्त्री उमाशंकर अरगरिया पनि गृहजिल्ला धनुषा पुगेर स्वागत र सम्मान थापे। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरी शुक्रबार र शनिबार धनुषा र महोत्तरीका विभिन्न स्थानमा स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भइन्। गत शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव हेलिकोप्टरमार्फत गृहजिल्ला सिरहा आए। सिरहाको पश्चिमी सीमा बन्दीपुरमा अवतरण भई सरकारी गाडीमा उनी चोहर्वास्थित घर पुगेका थिए। त्यसलगत्तै स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भएका उनी मोरङ तथा झापा पुगेर पेट्रोलियम पाइपलाइन तथा भण्डारण गृहको निरीक्षणमा व्यस्त भइरहँदा पदमुक्त भएका छन्। यादव जेठ २७ गते मन्त्री बनेका थिए।

सर्वोच्चको अन्तरिम आदेशबाट मन्त्रीपद गुमाउनेमा प्रदेश २ कै बढी छन्। कारण ओली सरकारलाई सुरक्षित बहुमतका लागि जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष टेको बनेका थिए। पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवले ठाकुर, महतोसहितका पदाधिकारीलाई निष्कासन गरेको जनाएका छन्।  

ठाकुरले जसपाको आधिकारिकता आफूलाई दिनुपर्ने भन्दै निर्वाचन आयोग गुहारेका छन्। आयोगले ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न पत्राचार गरेको छ। जसपाका अर्का अध्यक्ष यादव पक्षले शुक्रबार आधिकारिकता माग गर्दै निवेदन दिएपछि आयोगले त्यसको प्रतिलिपि संलग्न गरी ठाकुर पक्षलाई १५ दिने सूचना दिएको हो। जसपाको विधानअनुसार उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा कार्यकारिणी सदस्यको भौतिक उपस्थिति गराएरै बहुमत साबित गरिसकेको एक पदाधिकारीले बताए। निष्कासनमा परेको ठाकुर पक्षले निर्वाचन आयोगमा आधिकारिकता पुष्टि गर्न नसक्ने पक्का रहेको मधेसका राजनीतिज्ञ बताउँछन्। ‘पार्टीलाई चिरा पारेर सरकारमा पुगेकाहरू पदमुक्त भएपछि कहींको रहेनन्’, राजनीतिज्ञ खुशीलाल मण्डलले भने, ‘न मधेस मुद्दाको पक्षमा उभिन सके न सरकारमै टिक्न सके।’

रेशम चौधरीको रिहाइ र मधेसका आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ताको सिँढी चढेर सरकारमा पुगेकाले तिनै माग पनि पूरा गराउन नसकेको उनले बताए। ‘संविधान संशोधनमार्फत पूरा हुने मधेसको माग त उनीहरूको प्राथमिकतामै थिएन’, उनले भने। यस घटनाले राजेन्द्र महतोसहित महन्थ पक्षधर नेताको लक्ष्य केवल सरकारमा सहभागी हुनु रहेको उनले बताए। ‘फेस सेभिङका लागि मुद्दा फिर्ताका कुरा, नागरिकताका कुरा उठाएका हुन्। मुख्य उद्देश्य त सत्ता र सरकार नै रहेछ भने पुष्टि भयो’, मण्डलले टिप्पणी गरे।

सद्भावना पार्टीको आधिकारिकताका लागि लामो समय निर्वाचन आयोग धाएको अनुभूति साझा गर्दै मण्डलले नागरिकसँग भने, ‘हेर्नुस्, जसपाको अधिकारिकता उपेन्द्र यादवले नै पाउँछन्। बहुमत कार्यकारिणी उनकै पक्षमा छन्। अब महन्थजीका सामुन्ने दुइटा विकल्प छन्। उपेन्द्र यादवको नेतृत्व स्वीकार गरेर जसपामै बस्ने अथवा अर्को पार्टी खोल्ने।’

जसपाभित्र परेको चिराले मधेसको मन पनि फाटेको छ। मधेसले चाहेको बलियो, कसिलो पार्टी हो। ‘उनीहरू मिल्दा मधेसको मतको वजन पनि बढ्छ’, मण्डल भन्छन्, ‘०७२ को निर्वाचनमा सहकार्य गर्दा मधेसको मतको भार संघीय समाजवादी र राजपा पक्षमा परेको थियो। जसका कारण यी दुई दलले प्रदेश २ अर्थात् कोर मधेसमा सरकार बनाए। पछि दुवै दल एकीकरण हुन पनि बाध्य भए।’

जसपा फुटेपछि मधेसको मत पनि बाँडिन्छ। मण्डल भन्छन्, ‘०६४ देखि ०७२ सालसम्मको निर्वाचनमा मधेसी दललाई परेको मतलाई मूल्यांकन गर्दा हुन्छ। पहिलो संविधानसभामा मधेसी एक ढिक्का हुँदा मधेसभरि जितको झन्डा फहराएको मधेसी जनअधिकार फोरम चिरा पर्दा दोस्रो संविधानसभा निर्वाचनमा अखाडामै नराम्ररी पछारिएको थियो। अब आउने निर्वाचनमा पनि असर देखिने निश्चित छ।’

ओली नेतृत्वको सरकारमा महन्थ–राजेन्द्र पक्षका ११ जना मन्त्री हुँदा समेत मधेस उत्साहित देखिएको थिएन। यसको एउटा कारण हो–ओलीको मधेसप्रतिको व्यवहार। तेस्रो मधेस आन्दोलनका बेला उनको मधेसप्रतिको दृष्टिकोण र व्यवहारबाट चिढिएको मधेस अझै शान्त भैसकेको छैन। जसले मधेस आन्दोलनमा बलिदानी दिने सपूतलाई सम्मान दिन सकेनन्, मुद्दाका बारेमा सुन्न तयार भएनन्, उनको नेतृत्व अल्पमतमा पर्दा टेको बन्नेसँग पनि मधेसी जनताले उस्तै व्यवहार गर्ने पक्का रहेको मण्डलको विश्लेषण छ। ‘ओलीलाई साथ दिने जसपाका पदाधिकारी न मधेसका रहे र सरकारका’, उनले भने।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस