नयाँ सत्ता गठबन्धन कसरतः कांग्रेस–माओवादी–जसपा सम्भावना बढी
०६ चैत्र २०७७
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
नयाँ सत्ता गठबन्धन कसरतः कांग्रेस–माओवादी–जसपा सम्भावना बढी

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध केही दिनभित्र अविश्वास प्रस्ताव ल्याउने कसरत भइरहेको छ। ओलीले नेपाली कांग्रेस वा जनता समाजवादी पार्टी (जसपा) सँग नाटकीय सहमति गरेबाहेक माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वास प्रस्ताव सँगसँगै ल्याउने तयारी भएको छ।  

‘कांग्रेस र जसपाले प्रधानमन्त्री ओलीलाई सहयोग नगर्ने संस्थागत निर्णय गरेमा तुरुन्तै हस्ताक्षर प्रक्रिया सुरु हुनेछ। बहुमत हस्ताक्षर बनाएर राखेपछि माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ’, स्रोतले भन्यो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आलोपालो प्रधानमन्त्रीको प्रस्ताव कांग्रेस सभापति शेरबहादुर देउवासँग राखेका छन्। जसपाको एउटा धारले देउवालाई उनकै निवास बुढानीलकण्ठ पुगेर औपचारिकरूपमै प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेको छ। जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गएको शुक्रबार देउवालाई प्रधानमन्त्री स्विकार्ने बताएका थिए। जसपाभित्र अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले भने अहिले कसैलाई पनि समर्थन गर्न नहुने धारणा राख्दै आएको छ।

अहिलेसम्म कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न तयार भएको मात्रै बताएको छ। उसले कुन–कुन दलसँग सहकार्य गर्ने भन्ने निर्णय गरेको छैन। स्रोतका अनुसार कांग्रेसले माओवादी केन्द्र र जसपासँग गठबन्धन गर्ने सम्भावना बढी छ किनभने ओलीसँग सत्तासमीकरण गर्दा ऊ बढी आलोचित बन्न पुग्नेछ। जसपाले एकमतले ओलीसँग सत्तासमीकरण नगर्ने घोषणा गरेपछि मात्र देउवाले यस विषयमा धारणा सार्वजनिक गर्ने स्रोतले बतायो।  

माओवादी केन्द्रका नेता जनार्दन शर्माले पनि आफूहरूसँग गठबन्धन गर्ने निर्णय लिनासाथ ओली सरकार विघटन हुने सार्वजनिक रूपमा बताएका छन्। कांग्रेस र माओवादी केन्द्रसँग सत्तासमीकरण गर्नेनगर्ने विषयमा जसपाले संस्थागत निर्णय नगरेसम्म कुनै पनि गतिविधि अघि नबढ्ने देखिएकाले उसले सम्भवतः केही दिनभित्रै संस्थागत निर्णय गर्ने स्रोतको भनाइ छ। जसपाको बिहीबार बोलाइएको केन्द्रीय कार्यकारिणी समिति बैठक स्थगित भएपछि उसको निर्णय आउन अझै समय लाग्न सक्ने देखिन्छ।  

प्रमुख प्रतिपक्षी दल कांग्रेस र माओवादी केन्द्रले निर्णय नगरेको र एमालेभित्र माधवकुमार नेपाल–झलनाथ खनाल समूहको असन्तुष्टिका कारण जसपाले सहयोग गरे पनि ओलीले विश्वासको मत लिन नसक्ने अवस्था देखिएपछि उसले तत्काल निर्णय गर्न नसकेको स्रोतको दाबी छ।  

कांग्रेस र माओवादी केन्द्रमा सत्ता गठबन्धनबारे आन्तरिक विवाद नभएकाले उनीहरूसँगै सत्तासमीकरण गर्ने निर्णयमा जसपा पुग्ने सम्भावना बढी देखिएको स्रोतले बतायो। जसपाका केही नेताले ओलीविरुद्ध निर्णय हुने आश्वासन कांग्रेस र माओवादी केन्द्रलाई दिएको स्रोत बताउँछ। ‘अहलेसम्म जसपाभित्र मिश्रित धारणा छ, अब अनिर्णयको बन्दी बन्नु हुँदैन। त्यसैले केन्द्रीय कार्यकारिणी समितिको बैठकले एउटा निर्णय तत्काल लिनुपर्छ’, जसपा पार्टी स्रोतले भन्यो। जसपा ओलीको समर्थनमा गए पार्टीमा फुट आउन सक्ने र ओलीको चाहना पनि मधेसी दल फुटाउने रहेकाले उसले कांग्रेस र माओवादी केन्द्रसँग सत्तासमीकरण गर्ने सम्भावना बढी छ।

जसपाले कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्दा पार्टी फुटबाट बच्न सक्ने र आफ्नो मतको मूल्य पनि हुने भएपछि उसले ओलीलाई समर्थन गर्न सक्ने सम्भावना न्यून रहेको राजनीतिक विष्लेषण छ। कांग्रेस र जसपाको समर्थन पाएलगत्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएकाले ओली पक्षीय एमालेले कर्णालीका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। ओली एमालेले संघीय संसदीय दलको बैठक बिहीबार बोलाएर सरकारविरुद्ध संसद्मा मतदान गरेमा कारबाही गर्नेगरी संसदीय बोर्ड गठन गरेको छ। एमाले नेपाल समूहले अविश्वासको प्रस्तावमा मतदान गर्ने सम्भावना देखिएपछि ओलीले कारबाही गर्ने तयारी गरेको स्रोत बताउँछ।

नेपाल समूहले जसपाले सहयोग नगरे पनि ओलीको विपक्षमा मतदान गर्ने रणनीति तय गर्न वातावरण तयार भइरहेको स्रोतको दाबी छ। तर नेपाल समूहसँग मात्र भर पर्दा ओलीले कुनै अस्त्र प्रयोग गरी सांसद प्रभावित पारिदिए भने अविश्वासको प्रस्ताव असफल हुने भएकाले जसपाको निर्णयपछि मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिने रणनीति माओवादीले तय गरेको स्रोत बताउँछ। ‘एमालेभित्र ओलीको पक्षमा एकमत हुन सकेन भने जसपाको समर्थनले मात्रै उनी नेतृत्वको सरकार बचाउन कठिन हुन्छ। ओलीलाई समर्थन गर्दा जसरी पनि जसपा फुट्छ। नेपाल पक्षले मतदान गरेन भने सिंगै जसपाले समर्थन गरे पनि ओलीको पक्षमा बहुमत पुग्दैन। त्यसैले जसपाले ओलीसँग जानु आत्मघाती हुन्छ’, स्रोतले भन्यो।  

सरकारको बारेमा निर्णय नभएसम्म प्रतिनिधिसभालाई पनि काम गर्न समस्या हुने भएपछि यसबारे चाँडै छिनोफानो हुनुपर्ने अवस्था छ। प्रतिनिधिसभा अविधेशन धेरै दिन नचलाउने तयारीमा सरकार रहेकाले पनि केही दिनभित्रै अविश्वास प्रस्ताव ल्याउन सरकारसँग असन्तुष्ट पक्ष लागिरहेको छ। कांग्रेस सभापति देउवाले तीन दलको गठबन्धन बनाउन अग्रसरता नलिएपछि जसपाले पनि कुनै निर्णय लिएको छैन। जसपाले निर्णय गर्नासाथ कांग्रेसले निर्णय गर्नेछ। सत्ता समीकरणबारे निर्णय लिनुअघि निलम्बित सांसद रेशम चौधरीलगायत मधेस र थरुहट आन्दोलनका क्रममा थुनामा परेका/मुद्दा लगाइएका नेता–कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कुरा सुनिश्चित हुनुपर्ने माग जसपाको छ। त्यसपछि मात्रै सत्ता गठबन्धन गर्न सकिने जसपाका नेता बताउँछन्।

लोकप्रिय
अर्को समाचार
जो न ओलीका सारथि रहनसके न मधेस मुद्दाका
०९ असार २०७८
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
जो न ओलीका सारथि रहनसके न मधेस मुद्दाका

प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित मंगलबार गृहजिल्ला रौतहट आइपुगे। उनलाई कालो झन्डा देखाउँदा माधवनारायण नगरपालिका–३ सखुवाका ललन यादव, गरुडा–५ का विजय यादव र दीपेन्द्र यादव पक्राउ परे। उनीहरू प्रहरी नियन्त्रणमै रहँदा सर्वोच्च अदालतको अन्तरिम आदेशबाट झासहित २० जना मन्त्री पद्मुक्त भए।

कामचलाउमा परिणत भएको ओली सरकारले मन्त्रिपरिषद् विस्तार गर्नु संविधानविपरीत भएको भन्दै परेका सात रिटमाथि सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश दिँदा उपप्रधान एवं सहरी विकास मन्त्रीको पद गुमाउने राजेन्द्र महतो सिन्धुपाल्चोकको पहिरो प्रभावित क्षेत्रको हवाई अवलोकनमा व्यस्त थिए।

पछिल्लो पटक मन्त्री बनेका मधेसका सांसद धमाधम गृहजिल्ला झर्ने क्रम चलेको थियो। नियुक्त भएयता धनुषा, महोत्तरी, सिरहा र रौतहटबाट प्रतिनिधित्व गर्ने संघीय सरकारका ६ मन्त्री गृहजिल्लामा स्वागत–सम्मान समारोहमा सरिक भए। बाक्लै भिडभाडबीच सहर–गाउँ डुलेर उनीहरूले सम्मान थापे । कोरोना संक्रमणको जोखिम बाँकी छँदै स्वास्थ्य मापदण्डको समेत ख्याल नगरी उनीहरू स्वागत–सम्मानमा व्यस्त रहे। मन्त्रीपद ग्रहण गरेलगत्तै उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ गृहजिल्ला धनुषा पुगे। निर्वाचन क्षेत्रका विभिन्न गाउँ पुगेर सम्मान ग्रहण गरे।  

लगत्तै संस्कृति, पर्यटन तथा नागरिक उ·यनमन्त्री उमाशंकर अरगरिया पनि गृहजिल्ला धनुषा पुगेर स्वागत र सम्मान थापे। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरी शुक्रबार र शनिबार धनुषा र महोत्तरीका विभिन्न स्थानमा स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भइन्। गत शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव हेलिकोप्टरमार्फत गृहजिल्ला सिरहा आए। सिरहाको पश्चिमी सीमा बन्दीपुरमा अवतरण भई सरकारी गाडीमा उनी चोहर्वास्थित घर पुगेका थिए। त्यसलगत्तै स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भएका उनी मोरङ तथा झापा पुगेर पेट्रोलियम पाइपलाइन तथा भण्डारण गृहको निरीक्षणमा व्यस्त भइरहँदा पदमुक्त भएका छन्। यादव जेठ २७ गते मन्त्री बनेका थिए।

सर्वोच्चको अन्तरिम आदेशबाट मन्त्रीपद गुमाउनेमा प्रदेश २ कै बढी छन्। कारण ओली सरकारलाई सुरक्षित बहुमतका लागि जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष टेको बनेका थिए। पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवले ठाकुर, महतोसहितका पदाधिकारीलाई निष्कासन गरेको जनाएका छन्।  

ठाकुरले जसपाको आधिकारिकता आफूलाई दिनुपर्ने भन्दै निर्वाचन आयोग गुहारेका छन्। आयोगले ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न पत्राचार गरेको छ। जसपाका अर्का अध्यक्ष यादव पक्षले शुक्रबार आधिकारिकता माग गर्दै निवेदन दिएपछि आयोगले त्यसको प्रतिलिपि संलग्न गरी ठाकुर पक्षलाई १५ दिने सूचना दिएको हो। जसपाको विधानअनुसार उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा कार्यकारिणी सदस्यको भौतिक उपस्थिति गराएरै बहुमत साबित गरिसकेको एक पदाधिकारीले बताए। निष्कासनमा परेको ठाकुर पक्षले निर्वाचन आयोगमा आधिकारिकता पुष्टि गर्न नसक्ने पक्का रहेको मधेसका राजनीतिज्ञ बताउँछन्। ‘पार्टीलाई चिरा पारेर सरकारमा पुगेकाहरू पदमुक्त भएपछि कहींको रहेनन्’, राजनीतिज्ञ खुशीलाल मण्डलले भने, ‘न मधेस मुद्दाको पक्षमा उभिन सके न सरकारमै टिक्न सके।’

रेशम चौधरीको रिहाइ र मधेसका आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ताको सिँढी चढेर सरकारमा पुगेकाले तिनै माग पनि पूरा गराउन नसकेको उनले बताए। ‘संविधान संशोधनमार्फत पूरा हुने मधेसको माग त उनीहरूको प्राथमिकतामै थिएन’, उनले भने। यस घटनाले राजेन्द्र महतोसहित महन्थ पक्षधर नेताको लक्ष्य केवल सरकारमा सहभागी हुनु रहेको उनले बताए। ‘फेस सेभिङका लागि मुद्दा फिर्ताका कुरा, नागरिकताका कुरा उठाएका हुन्। मुख्य उद्देश्य त सत्ता र सरकार नै रहेछ भने पुष्टि भयो’, मण्डलले टिप्पणी गरे।

सद्भावना पार्टीको आधिकारिकताका लागि लामो समय निर्वाचन आयोग धाएको अनुभूति साझा गर्दै मण्डलले नागरिकसँग भने, ‘हेर्नुस्, जसपाको अधिकारिकता उपेन्द्र यादवले नै पाउँछन्। बहुमत कार्यकारिणी उनकै पक्षमा छन्। अब महन्थजीका सामुन्ने दुइटा विकल्प छन्। उपेन्द्र यादवको नेतृत्व स्वीकार गरेर जसपामै बस्ने अथवा अर्को पार्टी खोल्ने।’

जसपाभित्र परेको चिराले मधेसको मन पनि फाटेको छ। मधेसले चाहेको बलियो, कसिलो पार्टी हो। ‘उनीहरू मिल्दा मधेसको मतको वजन पनि बढ्छ’, मण्डल भन्छन्, ‘०७२ को निर्वाचनमा सहकार्य गर्दा मधेसको मतको भार संघीय समाजवादी र राजपा पक्षमा परेको थियो। जसका कारण यी दुई दलले प्रदेश २ अर्थात् कोर मधेसमा सरकार बनाए। पछि दुवै दल एकीकरण हुन पनि बाध्य भए।’

जसपा फुटेपछि मधेसको मत पनि बाँडिन्छ। मण्डल भन्छन्, ‘०६४ देखि ०७२ सालसम्मको निर्वाचनमा मधेसी दललाई परेको मतलाई मूल्यांकन गर्दा हुन्छ। पहिलो संविधानसभामा मधेसी एक ढिक्का हुँदा मधेसभरि जितको झन्डा फहराएको मधेसी जनअधिकार फोरम चिरा पर्दा दोस्रो संविधानसभा निर्वाचनमा अखाडामै नराम्ररी पछारिएको थियो। अब आउने निर्वाचनमा पनि असर देखिने निश्चित छ।’

ओली नेतृत्वको सरकारमा महन्थ–राजेन्द्र पक्षका ११ जना मन्त्री हुँदा समेत मधेस उत्साहित देखिएको थिएन। यसको एउटा कारण हो–ओलीको मधेसप्रतिको व्यवहार। तेस्रो मधेस आन्दोलनका बेला उनको मधेसप्रतिको दृष्टिकोण र व्यवहारबाट चिढिएको मधेस अझै शान्त भैसकेको छैन। जसले मधेस आन्दोलनमा बलिदानी दिने सपूतलाई सम्मान दिन सकेनन्, मुद्दाका बारेमा सुन्न तयार भएनन्, उनको नेतृत्व अल्पमतमा पर्दा टेको बन्नेसँग पनि मधेसी जनताले उस्तै व्यवहार गर्ने पक्का रहेको मण्डलको विश्लेषण छ। ‘ओलीलाई साथ दिने जसपाका पदाधिकारी न मधेसका रहे र सरकारका’, उनले भने।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस