‘शून्यता निम्त्याई खेल्ने ओली रणनीति’
२९ जेष्ठ २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
‘शून्यता निम्त्याई खेल्ने ओली रणनीति’

सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको उद्देश्य निर्वाचन नगराई भ्याकुमको अवस्थामा मुलुकलाई पुर्‍याउनु रहेको ठहर गर्दै सचेत रहनुपर्ने निष्कर्ष निकालेको छ। प्रतिनिधिसभा विघटन भएपछिको परिस्थितिबारे छलफल गर्न सभामुखले पूर्वप्रधानमन्त्री, दलका शीर्ष नेता र संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई शुक्रबार बोलाएका थिए। संसद् भवन नयाँ बानेश्वरमा आयोजित छलफलमा पूर्वप्रधानमन्त्री तथा शीर्ष नेताहरूले संविधान असफल बनाउने प्रपञ्च प्रधानमन्त्री ओलीले गरेको भन्दै त्यसलाई रोक्न अहिल्यै सचेत भएर लाग्नुपर्ने निचोड निकालेका हुन्।

‘६ महिनाभित्र निर्वाचन हुन ओलीले नै दिँदैनन्। त्यसपछि हुने भ्याकुमको अवस्थामा खेल्ने रणनीति उनको हुनेछ। उनलाई कुनै पनि हालतमा सफल हुन दिनुहुँदैन भन्दै पूर्वप्रधानमन्त्रीहरूले सभामुखलाई समेत सचेत रहन आग्रह गरे।’

‘सर्वोच्च अदालतमा संसद् विघटनको मुद्दा विचाराधीन छ। यो असंवैधानिक कदम भएकाले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्छ भन्ने हामीलाई विश्वास छ। कथंकदाचित प्रतिगामी शक्तिको खेलमा संसद् पुनर्स्थापना भएन भने मुलुक संविधान नै असफल हुने दिशामा जानेछ। अहिले सभामुखले पनि यसमा सचेत भएर बस्नुपर्ने बेला आएको छ भन्ने निष्कर्ष रह्यो’, बैठकपछि एक सहभागी नेताले भने।

‘छ महिनाभित्र निर्वाचन हुन ओलीले नै दिँदैनन्। त्यसपछि हुने भ्याकुमको अवस्थामा खेल्ने रणनीति उनको हुनेछ। उनलाई कुनै पनि हालतमा सफल हुन दिनुहुँदैन भन्दै पूर्वप्रधानमन्त्रीहरूले सभामुखलाई समेत सचेत रहन आग्रह गरे’, स्रोतले भन्यो। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिबाट पटकपटक संसद् विघटन गरिनु निरंकुशता र स्वेच्छाचारिताको पराकाष्ठा भएको ठहर छलफलमा गरिएको थियो।  

छलफलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद् पुनर्स्थापना भएन भने ६ महिनाभित्र निर्वाचन गर्न प्रधानमन्त्री ओली तयार नहुने अवस्था देखिएको भन्दै सचेत रहनुपर्ने बताएका थिए। निर्वाचन नै नभएपछि आउने शून्यताको अवस्थाले व्यवस्था नै फेल गराउन सक्ने खेलप्रति सचेत हुनुपर्ने बेला आएको आफूले छलफलमा बताएको उनले जानकारी दिए। उनले भने, ‘संसद् पुनर्स्थापना हुन्छ भन्ने हामीलाई विश्वास छ तर प्रतिगामी शक्तिको खेलमा पुनर्स्थापना भएन भने लोकतन्त्र खतरामा पर्नबाट बचाउन अहिल्यै सचेत हुनुपर्ने बेला आएको छ।’ नेपालमा भएको परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र मन नपराउने आन्तरिक तथा बाह्य शक्तिले खेल्ने प्रयास गरिरहेको तर्फ आफूले सबैलाई सचेत बनाएको डा. भट्टराईले बताए। ‘सभामुखले पनि लोकतन्त्र बचाउने प्रयासमा लागिरहने बताउनुभयो’, उनले भने।

जसपा अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र खतरामा पर्न लागेकाले त्यसलाई बचाउन सबै सचेत हुनुपर्ने बेला आएको निष्कर्षमा पुगेको बताए। नेमकिपाका प्रेम सुवाल र राप्रपाको प्रतिनिधिले भने संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतको फैसला नआउँदै यस विषयमा छलफल गर्नु उचित नभएको बताएका थिए। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, डा. भट्टराई र झलनाथ खनाल (भर्चुअल) सहभागी थिए। यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दीपक बोहोरा र नेमकिपाबाट सुवाल सहभागी थिए। छलफलमा प्रधानमन्त्री ओलीलाई पनि बोलाइएको थियो तर उनी अनुपस्थित थिए भने जसपा महन्थ ठाकुर समूहको पनि उपस्थिति थिएन।

त्यस अवसरमा समसामयिक राजनीतिक विषयसँगै राष्ट्रिय संकट र कोरोना महामारीबारे पनि छलफल भएको थियो। महामारीको रोकथाम, खोप आपूर्तिसँगै राजनीतिक संकट समाधानका लागि साझा धारणा हुनुपर्नेमा सबैको एकमत रहेको बैठकमा सहभागी नेताहरूको भनाइ छ। सरकारले गिट्टी बालुवा निकासी गर्ने तयारी गरेकोप्रति नेताहरूले आपत्ति जनाएको एक नेताले बताए। प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन्।

लोकप्रिय
अर्को समाचार
एमालेले अवरोध कायमै राख्ने
०९ फागुन २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
एमालेले अवरोध कायमै राख्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा अवरोध कायमै राख्ने भएको छ। एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाही वा सभामुख अग्नि सापकोटाको बहिर्गमनको माग कार्यान्वयन हुनुपर्ने भन्दै संसद् बैठकमा अवरोध जारी राखेको छ।

संसद्मा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को प्रस्ताव छलफलका लागि पेस हुँदा पनि एमालेले अवरोध जारी राख्यो। ‘हामी प्रतिपक्षमा छौं, आन्दोलनमा छौं। हामीले उठाएका कुरामा संवाद भएको छैन। सरकार र सभामुख पनि गम्भीर छैनन्। भनेपछि संसद् अवरोध कायमै छ भनेर बुझ्नुस्’, एमालेका एक पदाधिकारीले भने। उनका अनुसार यही अवस्थामा एमालेले संसद्को अवरोध हटाउँदैन।

एमालेका सांसदले अध्यक्ष केपी शर्मा ओलीलाई एमसिसी नबोक्न आग्रह गरेपछि यस विषयमा अहिलेसम्म सो दल मौन छ। एमालेले गठबन्धन दलहरूभित्रै बहुमत रहेका कारण एमसिसी पास गर्न आफ्नो आवश्यकता नभएको बताउँदै आएको छ।

एमसिसीको विषय गठबन्धनतिरै फर्काएर संसद् अवरोधलाई कायमै राख्ने नीति एमालेले लिएको छ। एमाले उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीले निष्कासन गरेका सांसदमाथिको कारबाहीलाई मान्यता दिनुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग सरकारले कार्यान्वयन नगरेकाले अवरोध कायम रहने बताए।

‘अवरोध जारी राख्ने हाम्रो दृष्टिकोणमा कुनै परिवर्तन आएको छैन। एमसिसीबारेमा औपचारिक निर्णय केही भएको छैन तर हाम्रो अडान कायमै छ। यो अवस्थामा संसद्मा पेस भएको एमसिसीबारे हाम्रो पार्टीले छलफल गर्ने वातावरण बनेको छैन’, ज्ञवालीले भने।

संसद्मा आफूहरूको उपस्थिति सहज नबन्दासम्म एमसिसीमात्र होइन, जुनसुकै प्रस्तावबारे पनि एमालेले छलफल नगर्ने र अवरोध कायमै राख्ने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए। उनका अनुसार संसद्मा एमालेलाई छलफल गर्ने वातावरण बनाइएको छैन। ‘जबसम्म एमालेलाई संसद्मा उपस्थित भएर विधेयकमाथि छलफल गर्ने वातावरण हुँदैन, एमालेले उठाएका मागको सम्बोधन हुँदैन, त्यति बेलासम्म अवरोध जारी रहन्छ’, उनले भने।

सत्ता गठबन्धनसँगै बहुमत रहेको र गठबन्धनभित्र एकरूपता नदेखिएको अवस्थामा एमाले एमसिसीको अजेन्डा नबोक्ने नीतिमा पुगेको हो। यद्यपि सरकारको नेतृत्वमा हुँदा एमाले आफैंले एमसिसी संसद्मा दर्ता गराएको थियो।

एमाले मात्रै होइन, सबैजसो ठूलो दल एमसिसी सम्झौता अघि बढाउन सहभागी बनेको अवस्था छ। तत्कालीन माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा ०६८ मा अनुदानका लागि नेपाल योग्य रहेको भन्दै अनुदान माग गरेपछि अगाडि बढ्दै आएको एमसिसी प्रकरण संसद्मा टेबुल हुँदासम्म सबै दल यसमा सहभागी बनेका छन्।

०७३ साउनमा एमसिसी र नेपाल सरकारबीच प्रारम्भिक सम्झौता हुँदा प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेल थिए।

त्यस्तै ओली नै सरकारको नेतृत्वमा रहेका बेला ०७५ मा मन्त्रिपरिषद्ले विकास समिति ऐनअनुसार निर्मित गठन आदेशका आधारमा अर्थ मन्त्रालयका सचिवको अध्यक्षतामा एमसिए नेपाल (बोर्ड) गठन गरेको थियो।

ओली नेतृत्वकै सरकारले ३१ असार ०७६ मा एमसिसी संसद् सचिवालयमा दर्ता गरी पास गर्न खोजेको थियो। तर तत्कालीन सभामुख कृष्णबहादुर महरा विपक्षमा उभिँदा संसद्मा टेबुल हुन सकेको थिएन।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस