अविश्वास प्रस्ताव दर्तामा सभामुखको अर्थपूर्ण निर्देशन
०९ पौष २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
अविश्वास प्रस्ताव दर्तामा सभामुखको अर्थपूर्ण निर्देशन

प्रतिनिधिसभाको विघटनपछि सभामुख अग्निप्रसाद सापकोटा मौन बसेका छन्। उनलाई केही वकिलहरूले विशेष अधिकार प्रयोग गरी संसद् अधिवेशन बोलाउन दबाब दिएपछि केही दिन छलफलमा पनि बसेका थिए। तर उनले त्यसबाहेक कुनै पनि गतिविधि गरेका थिएनन्। संसद् विघटनको दिनपछि पहिलोपटक संसद् सचिवालयस्थित आफ्नो कार्यकक्षमा आइपुगेका सभामुख सापकोटाले अविश्वासको प्रस्तावको समयलाई संसद् सचिवालयले प्रस्ट गर्नुपर्ने अवस्था आएको भन्दै अविश्वासको प्रस्ताव दर्ता भएको समय पुस ५ गते अपराह्न ३ बजेर ३० मिनेट उल्लेख गरेर विज्ञप्ति जारी गर्न निर्देशन दिएका थिए।

संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा दर्ता भएको समय १० बजेर ५० मिनेट र ३ बजेर ३० मिनेट भन्ने दुईथरि समाचार बाहिरिएका थिए। संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले पनि एकपटक १० बजेर ५० मिनेटमा दर्ता भयो भनेका थिए भने अर्कोपटक साढे ३ बजे दर्ता भएको भनेका थिए। यसबारे स्पष्ट पार्दै प्रवक्ता पाण्डेले भने सभामुखको तोक नलगाई दर्ता भएको रहेछ त्यपछि हामीले सभामुखको तोक लगाएर दर्ता गर्ने प्रक्रिया गरेका थियौं। संसद् विघटन गर्ने प्रस्ताव बिहान १० बजे नै राष्ट्रपतिसमक्ष पुगेको थियो। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो करिब पौने ३ बजेतिर मात्रै संसद् विघटन गरेकी थिइन्।  

संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्दा संसद् विघटन भएको थियो वा अगाडि नै संसद् विघटन भएको थियो भन्ने प्रश्न अदालतमा समेत उठ्ने भएका कारण अविश्वासको प्रस्तावको समयको विषयमा चर्चा हुन थालेको छ। ‘यस विषयमा सभामुख सापकोटा मुछिने भएपछि उनले संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव अपराह्न ३ बजेर ३० मिनेटमै दर्ता भएको विज्ञप्ति जारी गर्न लगाएका हुन्। यो विज्ञप्ति जारी भएपछि सभामुख सापकोटाले सरकारको समर्थन गरेको देखिन्छ। सभामुखलाई यो बाध्यता पनि होला,’ एक नेताले भने। पुष्पकमल दाहालनिकट मानिने सभामुख सापकोटाले यो निर्देशन किन दिए भन्ने कुरालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

लोकप्रिय
अर्को समाचार
संसद अवरुद्ध हुनु राष्ट्रिय संकट : सभामुख सापकोटा
०३ कार्तिक २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
संसद अवरुद्ध हुनु राष्ट्रिय संकट : सभामुख सापकोटा

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदमा जारी गतिरोध सम्वादको माध्यमबाट हल हुने बताएका छन्। संसद अवरोध हटाउन विपक्षीसँग समझदारीको प्रयास भइरहेको समेत उनले बताए।

चौतारा साँगाचोकगढी नगरापलिकास्थित गृहगाउँको कुविण्डे दुग्ध उत्पादक सहकारी संस्थाको २९ औँ वार्षिक साधारणसभाको बुधबार उद्घाटन गर्दै सभामुख सापकोटाले भने, ‘संसद अवरुद्ध हुनु राष्ट्रिय संकट हो। यो समस्याको हल गर्न समझदारीको लागि प्रयास भइरहेको छ। विपक्षीसँग विभिन्न माध्यमबाट छलफल भइरहेको छ।’

एमालेका १४ सांसदलाई कार्वाही नगरेको विषयमा उसले प्रतिनिधिसभा लामो समयदेखि अवरोध गरिरहेको छ। यसतर्फ संकेत गर्दै सापकोटाले आफूले कसैको दबाब र प्रभावमा निर्णय नगर्ने स्पष्ट पारे। ‘कसैको दबाबमा निर्णय नगर्न आफूले आफैँलाई तयार पारेको छु,’ प्रष्टोक्ती दिँदै उनले भने, ‘सरकारको तर्फबाट प्रधानमन्त्री र संसदको नेतृत्व सभामुखबाट संसद अवरोध हटाउने प्रयास जारी छ। वाद, बिवाद र संवादको माध्यमले यो गतिरोध हट्ने विश्वास छ।’

सभामुख सापकोटाले एकै वर्ष दुई चोटी संसद विघटन हुनुलाई राष्ट्रिय संकटको संज्ञा दिए। विश्वमै एकै वर्ष संसद बिघटन कतै नभएको उल्लेख गर्दै उनले भने, ‘यो दुर्भाग्य नेपालमा मेरै कार्यकालमा भयो।’ संसद बिघटन परिघटनाले आफूलाई विश्वविद्यालय धाउँदासमेत प्राप्त नहुने ज्ञान दिएको सापकोटाको भनाइ थियो। घुमाउरो ढंगमा संसद बिघटन गर्नेलाई मुर्खको संज्ञा दिँदै उनले थपे, ‘यदि, कसैलाई म मुर्ख छु भन्ने लाग्छ भने उसले ज्ञान लिन थाल्छ र विद्धान बन्छ। तर कसैले म विद्धान भइसकेँ भन्ने सोच्छ भने उसले मुर्खता गर्न थाल्छ ।’

संसद पुनःस्थापनापछि पनि मुलुकको राष्ट्रिय राजनीति पेचिलोकै अवस्थामा रहेको उनको तर्क छ। यही पेचिलो राजनीतिकै कारण सरकारले पूर्णता पाउन तीन महिना लागेको प्रसंग जोड्दै सभामुख सापकोटाले भने, ‘अब भने बिस्तारै राजनीतिक गतिरोधको समस्या हल हुँदै जाने ठानेको छु।’

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस