प्रधानमन्त्रीलाई सभामुखले यसरी भेट्न मिल्छ ?
१७ चैत्र २०७७
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रधानमन्त्रीलाई सभामुखले यसरी भेट्न मिल्छ ?

प्रतिनिधिसभाका सभामुखले प्रधानमन्त्रीलाई भेट गर्नु सामान्य भए पनि प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा गएर दुई घण्टासम्म भेट गर्नुलाई भने अस्वाभाविक मानिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा गएर प्रधानमन्त्री ओलीलाई भेट गरेपछि उनको तीव्र आलोचना भइरहेको हो।

प्रधानमन्त्री र सभामुखबीच विगतमा पनि भेट नभएका होइनन्। संसद्मा प्रधानमन्त्री आएका बेला सभामुखले प्रधानमन्त्रीसँग अनौपचारिक भेट गर्ने चलन छ। संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले विगतमा धेरैपटक प्रधानमन्त्रीसँग भेट गरेका छन्। तर, धेरैपटक आफ्नो कार्यकक्ष सिंहदरबार वा संसद् बैठक बसेको दिन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भेट भएको छ।

स्रोत भन्छ, ‘नेम्वाङले प्रधानमन्त्रीलाई उनको सरकारी निवासमा गएर औपचारिक भेट गरेको कुरा सायद छैन होला।’ सभाध्यक्ष नेम्वाङले भने यस विषयमा केही बोल्न चाहेनन्, उनले यति मात्र भने ‘प्रधानमन्त्री र सभामुखबीच धेरै समयदेखि भेट हुनसकेको थिएन सायद त्यही भएर होला बालुवाटार पुगेर लामो छलफल गर्नुभयो।’

सभामुख जस्तो उच्च पदाधिकारीले प्रधानमन्त्रीको नीजि निवास बालुवाटार मै पुगेर औपचारिक रूपमा प्रधानमन्त्री भेट गर्दा त्यसले व्यवस्थापिकाको मर्यादामा ठेस पुग्न सक्ने राजनीतिक विष्लेषण छ। प्रधानमन्त्री ओलीलाई सभामुख सापकोटाले विदाको दिन निवासमा पुगेर औपचारिक भेट गरेपछि के सभामुख प्रधानमन्त्रीको कर्मचारी हुन् भन्ने प्रश्न उठेको छ।  

संविधानविद् डा.भीमार्जुन आचार्यले प्रधानमन्त्रीको र सभामुखबीच औपचारिक र निजी भेट हुने संसदीय अभ्यास रहेको बताए। ‘शनिबारको प्रधानमन्त्री र सभामुखबीचको औपचारिक भेट हो भने तौरतरिकका यस्तो भेटिँदैन,’ उनले भने। ‘प्रधानमन्त्री कार्यपालिकाको प्रमुख हो, भने सभामुख संसद्को प्रमुख हो, प्रधानमन्त्रीले सभामुखलाई भेट गर्दा आफू निकटको कर्मचारीलाई भेट गरेजस्तो भयो, आगामी दिनमा ख्याल गर्नुपर्छ,’ डा.आचार्यले भने।

स्रोतका अनुसार प्रधानमन्त्री र सभामुखबीच धेरै समयदेखिको तिक्तता रहेका कारण निवासमा पुगेर लामो भेट भएको हुनसक्छ। स्रोतले भन्यो सभामुखले प्रधानमन्त्री कार्यालय सिंहदरबारमै भेट गर्नुपर्दथ्यो, प्रधानमन्त्रीको निवासमा भेट गर्नुभन्दा १८ गतेको संसद् बैठक बस्नुअघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवनमा भेट गर्नुपर्दथ्यो वा चैत १० गतेको संसद् बैठक बस्नुअघि भेट गर्नुपथ्र्यो।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार ११ बजेदेखि २ बजेसम्म भेट भएको छ। 

भेटमा संसद् गतिशील बनाउने विषयमा छलफल भएको कुरा बाहिर आए पनि भेट राजनीतिक प्रकृतिको भएको स्रोतको दाबी छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालनिकट मानिने सभामुख सापकोटाले दाहालको केही सन्देश छोडन पनि बालुवाटार पुगेको हुनसक्ने अनुमान गरिएको छ। एमालेभित्रको आन्तरिक विवादसँगसँगै माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका मुख्यमन्त्रीको पद धरापमा परिरहेको अवस्था र स्वयं सभामुखको पनि पद धरापमा पर्न पुगेको छ।  

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिनासाथ राजनीतिक वृत्तमा नयाँ उथलपुथल आउन सक्ने भएपछि त्यसबारे आउने संकटमा सभामुख सापकोटाले मध्यस्थता गर्न खोजेको हुनसक्ने अनुमान पनि छ। संसद्मा टेबुल भएका अध्यादेश स्वीकृत गर्न संसद्मा पेश गर्नुपर्ने अवस्था र टेबुल हुन नसकेका अध्यादेश टेबुल गर्नुपर्ने अवस्था छ। सरकारले बिजनेस नदिएपछि संसद्का बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित गर्नुपर्ने अवस्था आएका कारण सभामुखले यस विषयमा पनि छलफल गरेको स्रोत बताउँछ। छलफलमा अमेरिकी मिलिनियन च्यालेन्ज कर्पोरेशन (एमसिसी), अध्यादेश स्वीकृतिको र अन्य विधेयक पेश गर्ने विषयलाई सभामुखले कसरी लैजाने भन्ने प्रशंग उठाएको स्रोत बताउँछ।  

सरकार माथि प्रश्न उठिरहेका बेला संसदमा कुनै पनि प्रस्ताव प्रस्तुत गर्नु निकै खतरनाक मानिन्छ। कुनै पनि प्रस्ताव फेल भयो भने सरकारमाथि नैतिक प्रश्न उठ्दछ। यस्तो अवस्थामा सरकारले कुनै पनि प्रस्तावलाई निर्णयमा लैजान मान्दैन, सरकारलाई समर्थन गरेको माओवादी केन्द्रले प्रस्तावको विपक्षमा मतदान गर्ने निश्चित देखिन्छ, त्यो मात्र नभई एमालेभित्र पनि फ्लोरक्रस हुनसक्ने अवस्था भएका कारण प्रधानमन्त्रीले कुनै पनि प्रस्ताव संसद्मा अघि बढाउन नखोजेको स्रोत बताउँछ। प्रधानमन्त्री ओलीले चैत अन्तिम साताभन्दा उता संसद् बैठक नलैजाने तयारी गरेका छन्। १८ गतेको संसद् बैठक पछि अर्को एउटा बैठक मात्र बस्ने सम्भावना रहेको स्रोत बताउँछ। जेठ १५ गते बजे ल्याउनु पर्ने भएका कारण वैशाखको तेस्रो हप्ताभित्र बस्नेगरी बर्खे अधिवेशन बोलाउनुपर्ने स्रोत बताउँछ।

लोकप्रिय
अर्को समाचार
संसद अवरुद्ध हुनु राष्ट्रिय संकट : सभामुख सापकोटा
०३ कार्तिक २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
संसद अवरुद्ध हुनु राष्ट्रिय संकट : सभामुख सापकोटा

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदमा जारी गतिरोध सम्वादको माध्यमबाट हल हुने बताएका छन्। संसद अवरोध हटाउन विपक्षीसँग समझदारीको प्रयास भइरहेको समेत उनले बताए।

चौतारा साँगाचोकगढी नगरापलिकास्थित गृहगाउँको कुविण्डे दुग्ध उत्पादक सहकारी संस्थाको २९ औँ वार्षिक साधारणसभाको बुधबार उद्घाटन गर्दै सभामुख सापकोटाले भने, ‘संसद अवरुद्ध हुनु राष्ट्रिय संकट हो। यो समस्याको हल गर्न समझदारीको लागि प्रयास भइरहेको छ। विपक्षीसँग विभिन्न माध्यमबाट छलफल भइरहेको छ।’

एमालेका १४ सांसदलाई कार्वाही नगरेको विषयमा उसले प्रतिनिधिसभा लामो समयदेखि अवरोध गरिरहेको छ। यसतर्फ संकेत गर्दै सापकोटाले आफूले कसैको दबाब र प्रभावमा निर्णय नगर्ने स्पष्ट पारे। ‘कसैको दबाबमा निर्णय नगर्न आफूले आफैँलाई तयार पारेको छु,’ प्रष्टोक्ती दिँदै उनले भने, ‘सरकारको तर्फबाट प्रधानमन्त्री र संसदको नेतृत्व सभामुखबाट संसद अवरोध हटाउने प्रयास जारी छ। वाद, बिवाद र संवादको माध्यमले यो गतिरोध हट्ने विश्वास छ।’

सभामुख सापकोटाले एकै वर्ष दुई चोटी संसद विघटन हुनुलाई राष्ट्रिय संकटको संज्ञा दिए। विश्वमै एकै वर्ष संसद बिघटन कतै नभएको उल्लेख गर्दै उनले भने, ‘यो दुर्भाग्य नेपालमा मेरै कार्यकालमा भयो।’ संसद बिघटन परिघटनाले आफूलाई विश्वविद्यालय धाउँदासमेत प्राप्त नहुने ज्ञान दिएको सापकोटाको भनाइ थियो। घुमाउरो ढंगमा संसद बिघटन गर्नेलाई मुर्खको संज्ञा दिँदै उनले थपे, ‘यदि, कसैलाई म मुर्ख छु भन्ने लाग्छ भने उसले ज्ञान लिन थाल्छ र विद्धान बन्छ। तर कसैले म विद्धान भइसकेँ भन्ने सोच्छ भने उसले मुर्खता गर्न थाल्छ ।’

संसद पुनःस्थापनापछि पनि मुलुकको राष्ट्रिय राजनीति पेचिलोकै अवस्थामा रहेको उनको तर्क छ। यही पेचिलो राजनीतिकै कारण सरकारले पूर्णता पाउन तीन महिना लागेको प्रसंग जोड्दै सभामुख सापकोटाले भने, ‘अब भने बिस्तारै राजनीतिक गतिरोधको समस्या हल हुँदै जाने ठानेको छु।’

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस