संग्रह
अविश्वास प्रस्ताव दर्तामा सभामुखको अर्थपूर्ण निर्देशन
प्रतिनिधिसभाको विघटनपछि सभामुख अग्निप्रसाद सापकोटा मौन बसेका छन्। उनलाई केही वकिलहरूले विशेष अधिकार प्रयोग गरी संसद् अधिवेशन बोलाउन दबाब दिएपछि केही दिन छलफलमा पनि बसेका थिए। तर उनले त्यसबाहेक कुनै पनि गतिविधि गरेका थिएनन्।
अविश्वास प्रस्तावको गृहकार्य
नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढाएको छ। शुक्रबार संसदीय दलको बैठक राखेर सो समूहले अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ।
गण्डकी प्रदेशः मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि भोलि मतदान
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध परेको अविश्वास प्रस्ताव माथि भोलि मतदान हुने भएको छ । गत बैशाख १५ गते नै निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची भएपनि अचानक बैठक स्थगित भएपछि अलपत्र परेको अविश्वास प्रस्ताव माथि भोलि मतदान हुने भएको हो ।