भिजिट भिसा प्रकरण : अनिर्णयको बन्दी बन्दै संसद्
२२ जेष्ठ २०८२
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
भिजिट भिसा प्रकरण : अनिर्णयको बन्दी बन्दै संसद्

भिजिट भिसा दुरुपयोगका दोषी पत्ता लगाउन छानबिन समिति गठन गर्ने र गृहमन्त्री रमेश लेखकले छानबिन समितिको प्रतिवेदनसम्म राजीनामा दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहितका दलहरूले सदन अवरुद्ध गर्दै आएका छन्।

बजेटमाथिको छलफल सुरु गर्न मङ्गलबार बोलाइएको बैठक पनि यहीकारण बस्न सकेन। यसपछि सूचना टाँस गरी स्थगित गरिएको थियो। बुधबार पनि सदन बस्न सकेन। बुधबार पनि मङ्गलबारकै कार्यसूचीलाई निरन्तरता दिइएको थियो। तर, बैठक स्थगन भएपछि त्यो कार्यसूची बिहीबार (आज) लाई सरेको छ।

यो प्रकरणले बजेटको कार्यसूची प्रभावित भइरहँदा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतक तथा सचेतकसँग मङ्गलबारदेखि गरेका छलफलहरू निरर्थक बन्दै आएका छन्। सदनको गतिरोध अन्त्य गर्नका लागि सभामुख घिमिरेको पहल निरर्थक बन्दा संसद् यतिबेला अनिर्णयको बन्दी जस्तै भएको छ।

प्रतिपक्ष माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी लगायतका दलबाट भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्नुपर्ने र छानबिनको प्रतिवेदन आउँदासम्म गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग उठेको छ।

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले मन्त्री जोडिएको प्रकरण नभएकाले गृहमन्त्री लेखको राजीनामा अस्वीकार गर्दै आएका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको विषयमा संवैधानिक, कानूनी र परम्परागत रूपमा छानबिन समिति गठन गर्न मिल्दैन भन्ने अडान लिइरहेका छन्।

दुबैतर्फ आ-आफ्ना अडानमा अडिग रहँदा सदनको बैठक बस्दै नबसी स्थगित हुँदै आएको छ। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे प्रकरणमा समिति बन्नैपर्ने माग गर्छन्। '‘भिजिट भिसा प्रकरणमा पहिला छानबिन समिति बनाउन तयार हुनुपर्‍यो। छानबिन समिति बनाउन तयार भएपछि टिओआर बनाउने बेलामा २०६४ देखि यताको भिजिट भिसाको विषयमा अनुसन्धान गर्ने कि अहिलेको गर्ने भन्ने कुराको निर्णय हुनेछ। टिओआर बनेपछि गृहमन्त्रीले छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने कुरा आउने छ । हामी यसमा अडिग छौँ,' उनले भने।

स्रोत गृहमन्त्री लेखकलाई राजीनामा दिन नलगाइने बताउँछ। 'वर्तमान गठबन्धनका सूत्राधार मानिने गृहमन्त्री लेखककै राजीनामा माग भएपछि गठबन्धनभित्रै उनलाई राजीनामा दिन लगाइएको छैन, स्रोतले भन्यो। त्यसकारण अब सदनको काम बरु बल प्रयोग गरेर गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई गएको छ।

प्रधानमन्त्री ओ‌लीको आग्रहमा सभामुख घिमिरेले बल प्रयोग गर्न सक्ने अनुमान पनि गरिएको छ। प्रधानमन्त्री ओलीले पनि संसदीय दलको बैठकमा बल प्रयोग गरेर सदन चलाउन सक्ने विषयमा भनाइ राखेका थिए। बुधबार दिउँसो १ बजे बोलाइएको बैठक २ घण्टासम्म पनि चल्न नसकेपछि सूचना जारी गर्दै सवा ३ बजेका लागि सारिएको थियो।

दोस्रो बैठक पनि सहमतिमा सञ्चालन हुन नसक्ने अवस्था भएपछि हो-हल्लाका बीच गृहमन्त्री लेखकलाई सदनमा बोल्न समय दिने तयारी थियो। त्यो पछि भएन। कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि यसको पुष्टि गरे। उनले भने, 'निरन्तर सदन अवरुद्ध हुने भयो भने त्योबारे सोचौँला तर, बुधबारको बैठक सूचना नै जारी गर्ने कुरामा सत्तापक्ष सहमत भएकाले सूचना जारी गरियो।'

यता, गृहमन्त्री लेखकले सदनमा आफ्ना कुरा राख्न पाएमा सबै प्रष्ट पार्ने थिए भनेर प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बुधवार बिहान बसेको बैठकमा बताएका थिए।

अर्कोतर्फ, हो-हल्लाबाट बजेट र आर्थिकसँग सम्बन्धित विधेयक माथिको छलफल गरियो भने पनि प्रभावकारी नहुनेमा सभामुख घिमिरे जानकार छन् । यसरी बजेट र आर्थिकसँग सम्बन्धित विधेयक माथिको छलफल प्रभावित हुन थाल्यो भने छलफलको समय घटाउने अवस्था आउने संसद् सचिवालयले जनाएको छ। विनियोजन विधेयकमाथि दश दिन र बजेटमाथि ४ दिन छलफल गर्ने संसद्को कार्यसूची छ। तर, अब यसैगरी सदनको काम अवरुद्ध हुँदै जाने हो भने दुवैको समय घटाउनेतर्फ सभामुखले छलफल सुरु गरेका छन्। पहिले बजेटमाथिको छलफल दुई दिनमात्र गर्ने त्यसपछि विनियोजन विधेयकमाथिको छलफल प्रतिपक्षको व्यवहार हेरेर घटाउने अवस्था आउने संसद् सचिवालयका अधिकारी बताउँछन्।

राष्ट्रिय सभालाई १५ दिनको समय दिनुपर्ने हुँदा प्रतिनिधि सभाले विनियोजन विधेयक र आश्रित विधेयकअन्तर्गतका दुई विधेयक राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयकलाई १५ दिनभित्र फिर्ता आउने समय पुग्ने गरी पठाउनु पर्ने हुन्छ। असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने भएकाले दुबै सदनले समयमै आर्थिकसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने हुन्छ। जसका कारण अब एक दुई दिन पनि सदन अवरुद्ध भएमा बजेट माथिको छलफल र विनियोजन विधेयक माथिको छलफलको समय घटाउनुपर्ने ती अधिकारीको भनाइ छ।

संसद्को कार्यसूचीमा जेठ २०, २१ , २२, २३ गते बजेटमाथिको छलफल हुने र विनियोजन विधेयक माथि जेठ २६, २७, २८, २९, ३० र असार १, २, ३, ४, ५ गरी दश दिनको समय तोकिएको छ। यसअघि भिसा प्रकरणमा प्रतिपक्षले जेठ १३ र १४ गतको संसद् बैठक बैठक अवरुद्ध नै गरेका थिए।

अर्को समाचार
विपद् प्रतिकार्यका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँका पुगेका छौंः गृहमन्त्री लेखक
०७ साउन २०८२
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
विपद् प्रतिकार्यका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँका पुगेका छौंः गृहमन्त्री लेखक
मंगलबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखक । तस्बिर : गृहमन्त्रीको सचिवालय ।

गृहमन्त्री रमेश लेखकले विपद् प्रतिकार्य खोज, उद्दार र राहत जस्ता कामका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँमा पुगेको बताएका छन् । 

मंगलबार गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानव रहित विमान (ड्रोन) संघ-नेपाल ड्रोन संघबिच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले ड्रोनको प्रयोगले विपद् प्रतिकार्य खोज, उद्दार र राहत (औषधी र पानी लगायत) ड्रोन मार्फत पुर्‍याउन सकिने बताए । 

उनले विपद्को पुर्व सूचना र प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न जरुरी रहेको बताउँदै पूर्व सूचनालाई चुस्तदुरुस्त गर्ने गरी अगाडी बढेको जानकारी दिए  । “हामी विपद्को उच्च जोखिम भएको भूगोलमा छौं । बाढी पहिरो, भूकम्प, चट्याङ र  लूदेखि हिउँ लाग्ने सम्मको जोखिममा छौं,” मन्त्री लेखकले भने,“ हामी अब नीजि क्षेत्रमा काम गरिरहेका संस्था, व्यक्तिहरु पनि विपद् प्रतिकार्यमा जोडिनुपर्छ भनेर समझादारी गरेका छौं ।”

मन्त्री लेखकले विपद् प्रतिकार्यमा सबैले साझा रुपले हातेमालो गरेर विपद्को व्यवस्थापनका लागि सरकार र नीजि क्षेत्र समेत मिलेर अगाडी बढ्ने काम भइरहेको बताए । नागरिकको जिउधनको रक्षा गर्ने विषयसित जोडेर राष्ट्रको महत्वपूर्ण दायित्व पालना गर्न अघि बढेकोप्रति ड्रोन संघलाई मन्त्री लेखकले धन्यवाद दिए । 

समझदारी पत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानव रहित विमान (ड्रोन) संघ बीच सहकार्य  गर्ने गरीे सम्झौता भएको छ ।

जसमा खोज तथा उद्धार, राहत वितरण तथा अन्य सामाग्री ढुवानी, विपद् प्रभावित क्षेत्रको निरिक्षण, भौगोलिक नक्साङ्कन तथा इिमेजिङ, क्षति मूल्याङ्कन र सूचना संकलन तथा विश्लेषण कार्य गरिनेछ ।

त्यस्तै विपद्को समयमा ड्रोनको प्रयोग गर्न प्राधिकरणले आवश्यक देखी माग गरेमा ड्रोन संघले निःशुल्क रूपमा ड्रोन र तत् सम्बन्धी उपकरण ९पाईलट सहित० उपलब्ध गराउने समझदारी पत्रमा उल्लेख छ र सो कार्यमा खटिने  सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था प्राधिकरणले गर्नेछ ।

प्रचलित कानून र ड्रोन उडान सम्बन्धी अनुमति लिएका ड्रोन र पाइलट विपद्को समयमा परिचालन गर्न आवश्यक समन्वय र सहजीकरण प्राधिकरणले गर्ने भनिएको छ ।

ड्रोन सञ्चालनका सन्दर्भमा आवश्यक मार्गनिर्देशन, समन्वय र सहजीकरणका समन्वय समिति गठन समेत गरिएको छ । जसमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रतिकार्य शाखा प्रमुख संयोजक रहनेछन् ।

प्राधिकरणको समन्वयमा तत्काल ड्रोन उडान  गर्ने÷गराउने गरी गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले परिचालन गर्नेछ । उक्त समझदारी एक बर्षसम्म कायम रहने र आपसी समझदारीमा पुनः नवीकरण गर्न सकिने शर्त राखिएको छ ।

कार्यक्रममा निमित्त गृहसचिब जयनारायण आचार्य, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्ट,  नेपाल ड्रोन संघका अध्यक्ष राजबाबु महर्जन लगायतको सहभागिता रहेको थियो । यसअघि मन्त्रालयले हेलिकप्टर एसोसियसनसंग पनि विपद् प्रतिकार्यका लागि निःशुल्क हवाई उद्दार लगायतका विषय समेटेर समझदारी गरेको थियो ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock १२ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस