गृहमन्त्री रमेश लेखकले वर्तमानमा सत्ता गठबन्धनलाई २०८२ सम्म लिएर जानुपर्ने बताएका छन्।
बुधबार डडेल्धुरामा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले कांग्रेस र एमालेको गठबन्धन विकल्प नभएको बताएका हुन्।
उनले भने,'मैले हिजो पनि पार्टीको केन्द्रीय समिति बैठकमा ८४ सम्म यो गठबन्धनलाई निरन्तरता दिनुपर्छ । सरकार बनेको १ वर्ष हुन थालिसकेको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हुनुहुन्छ । एक वर्ष पछि हाम्रो पार्टी सभापति आदरणीय नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ । ८४ को निर्वाचन शेरबहादुर दाइले गर्नुहुन्छ ।'
कांग्रेस र एमालेको गठबन्धन मुलुककै आवश्यकता भएको गृहमन्त्री लेखकको भनाइ छ । 'यही अनुसार हाम्रा गतिविधि हाम्रा क्रियाकलाप, काम कारबाही हुनुपर्छ । राजनीतिक विषयलाई हामीले ध्यान दिनुपर्छ,' उनले भने।
यस्तै गृहमन्त्री लेखकले राजनीतिमा षड्यन्त्र हुने गरेको भन्दै पछिल्लो समय आफू पनि राजनीतिक षड्यन्त्रको एम्बुसमा परेको बताए। 'मान्छेका आ-आफ्नो राजनीतिक उद्देश्य छन् । सरकार र समीकरणलाई कसरी कमजोर गर्ने रु कांग्रेसलाई कसरी कमजोर गर्ने भन्ने कुरा होला । मेराविरुद्धमा राजनीतिक षड्यन्त्र भएको हो। यो कुरा बिस्तारै स्पष्ट हुँदै गएको छ । एउटा कार्यालयका कर्मचारीमाथि छानबिन हुँदा मन्त्रीलाई नै जोड्नुको नियत प्रष्टै छ,' उनले भने।
साथै सरकार र विपक्षी दलबिचको सहमति अनुसार अध्यागमनमा देखिएको समस्या समाधान गर्न उच्चस्तरीय समिति बनेको उनको भनाइ छ। यस्तै सुदूरपश्चिमको विकासका लागि सरकार सबै तवरबाट लागि परेको गृहमन्त्री लेखकले बताए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।