श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन पोर्टल ‘श्रम संसार’ पोर्टललाई थप सुधार गरेर वैदेशिक रोजगारलाई व्यवस्थित गरिने बताएका छन्।
आज मन्त्रालयमा आयोजित कार्यक्रममा श्रम संसार पोर्टलको थप सुधारका विषयमा जानकारी दिँदै मन्त्री भण्डारीले पोर्टलमा आपत्कालीन सहायताको व्यवस्थाबारे गरिने जानकारी दिए। श्रम संसार पोर्टलमा वैदेशिक रोजगारका क्रममा उद्घारको ‘मोड्युल’ तयारबारे उनले बताए।
श्रम संसारमा कन्सुलर सेवासहित विस्तार गरिएकाले विदेशी भूमिमा नेपालीलाई थप सुविधा उपलब्ध भएको मन्त्री भण्डारीले बताए। “यस पोर्टलमा ‘च्याट बट’को व्यवस्था गर्दैछौँ । प्रयोगलाई थप सरल र सहज बनाउनका लागि विकल्पका रूपमा प्रयोगकर्ताले बोलेर पनि सेवा लिन सक्नुहुनेछ”, उनले भने, “अहिले सामाजिक सञ्जालमा उद्घारका लागि याचना गरिरहनु भएकाले यस पोर्टलमा फोटो र भिडियो राख्नसक्नुहुन्छ । उहाँहरू कहाँ हुनुहुन्छ त्यस ठेगाना तुरुन्त पत्ता लगाउन सक्नेगरी यसमा सुधारको काम हुँदैछ ।”
कार्यक्रममा मन्त्री भण्डारीले यस पोर्टलले बेरोजगार व्यक्तिलाई शिक्षा, सीप तथा दक्षता अभिवृद्धिका लागि सहयोग गर्ने बताए। उनले एकीकृत श्रम व्यवस्थापन पोर्टल श्रम संसारले रोजगारदाता ९व्यक्ति वा प्रष्ठिान०लाई श्रमिकसँग जोडनका साथै स्वरोजगारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार यसले स्वरोजगारलाई समेत प्रवर्द्धन गर्नेछ ।
सोही कार्यक्रममा मन्त्री भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बद्ध सेवाहरुलाई ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने गरी रणनीतिक कार्ययोजनाबारे समेत चर्चा गरे।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले आन्तरिक रोजगारको ‘रोडम्याप’ बनाउने काममा आयोग लागिपरेको बताए। उनले ‘डिजिटल डिभाइट’बारे स्मरण गराउँदै पोर्टलको प्रयोग सबैले गर्नसक्ने बनाउनुपर्नेतर्फ पनि सचेत गराए।
यस पोर्टलमा अहिलेसम्म देशभरका ६८९ पालिका आबद्ध भएको मन्त्रालयले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा व्यवस्थापनका लागि डिजिटलाइजेसन कार्ययोजना ९मस्यौदा०बारे मन्त्रीको श्रम विज्ञ सल्लाहाकार युवराज बस्नेतले चर्चा गरे। उनले पोर्टलमा स्वास्थ्य परीक्षण र अभिमुखीकरण, आर्टिफिसियल इन्टेलिजेन्स र वैदेशिक रोजगारका क्रममा उद्घारको मोडयुल तयार भएको जानकारी दिए।
मन्त्रालयअन्तर्गतको आन्तरिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद सापकोटाले पोर्टलले श्रम बजारका सूचना अद्यावधिक र एकीककृत श्रम तथा रोजगार तथ्याङ्क व्यवस्थापन गर्ने बताए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।