म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने ऐतिहासिक खड्गभवानी कोत आन्तरिक पर्यटकहरुको गन्तव्य बनेको छ ।
गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र पुरातत्व विभागको आर्थिक लगानीमा कोत परिसरमा पूर्वाधार निर्माण भएपछि ६०० वर्ष पुरानो ऐतिहासिकस्थल खड्गभवानी कोतमा आन्तरिक पर्यटकहरुको सङ्ख्या बढेको हो।
खड्गभवानी कोतमा मन्दिर, पदमार्ग, तारबार, पटाङ्गिनीलगायत पूर्वाधारहरु निर्माण भएका छन् । गण्डकी प्रदेश सरकारको रु १५ लाख, बेनी नगरपालिकाको रु ७५ लाख, पुरातत्व विभागको रु १० लाख र अन्य निकायको रु १२ लाख गरी यहाँ रु एक करोड १० लाख बढी लगानीमा धार्मिक र पर्यटकीय महत्वको पूर्वाधार निर्माण भएका छन् ।
त्यसैगरी सापकोटा बन्धुहरुले करिब रु २४ लाखको लगानीमा दुर्गा भगवती मन्दिर निर्माण गरेका छन् भने बगाले थापाहरुले दुर्गा मन्दिर र खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिले गणेश मन्दिर निर्माण गरेका खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर सुवेदीले जानकारी दिए।
कोत परिसरको पटाङगिनीमा स्लेट ढुङ्गा विछ्याएर चिटिक्क पारिएको छ । चारैतिर धुपि र सल्लाका रुखको हरियाली र उत्तरतर्फ धौलागिरि, नीलगिरि लगायतका नौ वटा हिमशृङ्खलाहरुले यहाँ पुग्ने जो कोहीलाई आकर्षित गर्ने बेनी नगरपालिका–२ ज्यामरुककोटका वडाध्यक्ष यामबहादुर कार्कीले बताए। यहाँबाट दक्षिणतर्फ बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ ।
विसं १२४६ देखि १५४५ सम्म थापा खलकले राज्य गरेका ज्यामरुककोटमा तत्कालीन पर्वत राज्यको विस्तारसँगै पर्वत राज्यका शक्तिशाली राजा दिलिपवम ९डिम्ब० मल्लका सन्तान भर्दिवम मल्लको समयमा सामरिक क्षेत्र बनेको इतिहासमा उल्लेख छ । कूल ४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा र तरबारलगायतका हातहतियार, प्राचीन शिला र इँट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा ऐतिहासिक प्रमाणस्वरूप अझै आकर्षणका रूपमा रहेका छन् ।
बेनी नगरपालिकाको रु पाँच लाख र वडा कार्यालयको रु दुई लाख विनियोजित बजेटबाट कोत परिसरमा २१० मिटर घेराबार, दुई मिटर बाटो ढलान, पटाङ्गिनी निर्माण, नाग थान र मौलो राख्ने ठाउँको मर्मत गरिएको ज्यामरुकोट क्षेत्र विकास तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले जानकारी दिए।
“ऐतिहासिक स्थलको पूर्वाधारलाई सुरक्षित गरी धार्मिक र पर्यटकीयस्थल बनाउने उद्देश्य अनुरुप काम गरिरहेका छौँ”, वडाअध्यक्ष कार्कीले भने, “गौश्वारमा निर्माणाधीन गोबद्र्धन धाम र पञ्चकोट धामको सामुन्नेमा रहेको ऐतिहासिक खड्गभवानी कोतलाई धार्मिक पर्यटकीय धाम बनाउने योजनासहित काम भइरहेको छ।”, रासस
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।