रवि गृहमन्त्री हुँदा भिजिट भिषामा सबैभन्दा बढी बिदेसिए
१९ जेष्ठ २०८२
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
रवि गृहमन्त्री हुँदा भिजिट भिषामा सबैभन्दा बढी बिदेसिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा दुरुपयोगबारे अनुसन्धान गरिरहँदा विगत पाँच वर्षमा ८ लाख १ हजार ६ सय ६६ जना बिदेसिएका छन्।

पाँच वर्षमा ७ जना सहसचिवहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मेवारीमा रहँदा सो संख्यामा विदेश गएका हुन्।

उनीहरूमध्ये ८० प्रतिशत सेटिङमा जाने गरेको स्रोतको दाबी छ। बालकृष्ण खाँणदेखि रमेश लेखकसम्म आइपुग्दा यो समयमा चार जनाले गृह मन्त्रालयको नेतृत्व सम्हालेका छन्।

विमानस्थल अध्यागमन कार्यालय बसेका पुष्पराज शाहीदेखि तीर्थराज भट्टराईसम्मको भिजिट भिसाको अवस्थालाई दैनिक रुपमा हेर्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा दैनिक औसतमा ८ सय ७४ जना बाहिरिएको देखिन्छ।

उनको पालामा सुरेश पन्थी अध्यागमन कार्यालयका प्रमुख थिए। पन्थीको पालामा २६ हजार २ सय २८ जना भिजिट भिसामा बिदेसिएका थिए।

पाँच वर्षयता कम समय बिताएका पन्थी ४ महिना २ दिन प्रमुख अध्यागमन अधिकृत भएर बसेका थिए। उनी अहिले गृह मन्त्रालय अन्त्रगतकै कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई तानेपछि पाँच वर्षयताको रिपोर्ट हेर्नेक्रममा यस्तो फेला परेको हो।

जतिबेला बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ गृहमन्त्रालयमा थिए। उनीहरुले पठाएका अध्यागमन कार्यालयका प्रमुखहरूका पालामा पनि भिजिट भिसाको दुरुपयोग निरन्तर रहेको पुष्टि हुन्छ।

बालकृष्ण खाँण गृहमन्त्री भएका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखको भूमिकामा पुष्पराज शाही र वासुदेव घिमिरेको पालामा भिजिट भिसाको दुरुपयोग भएका समाचार बाहिर आएका थिए।

गृह मन्त्रालयका अनुसार सहसचिव पुष्पराज शाही १० महिना २५ दिन अध्यागमन कार्यालयमा प्रमुख भएर बस्दा १३ हजार ९ सय ९० जना भिजिट भिसामा उडेको थिए।

शाहीले कमाण्ड लिएका बेला प्रतिदिन औसत ४ सय ६६ जना भिजिट भिसामा बिदेसिएका थिए। शाही अहिले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको भूमिकामा छन्।

उनी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेला सम्पत्ति शुद्धीकरण विभागको प्रमुख भएका थिए। त्यतिबेला आफैं सम्पत्ति विवरण नबुझाएको र उद्योगी व्यापारीहरूलाई अनावश्यक दुःख दिएको समाचार बाहिर आएको थियो।

त्यतिबेला निकै विवादमा परेका थिए। अहिले रुपन्देहीको प्रमुख जिल्ला अधिकारी रहेका वासुदेव घिमिरे विमानस्थलस्थित अध्यागमन कार्यालय प्रमुख हुँदा १८ हजार १ सय ९३ जना भिजिट भिसामा बिदेसिएका थिए।

६ महिना २९ दिन अध्यागमन बसेका घिमिरेको पालामा दैनिक औसत ६ सय ६ जना बिदेसिएका थिए। खाँणपछि गृहमन्त्री भएका नारायणकाजी श्रेष्ठको पालामा विमानस्थल अध्यागमन कार्यालयमा तीन जना सहसचिव पुगेका थिए।

रामबन्धु सुवेदी, गोगनबहादुर हमाल र नरबहादुर थापा नारायणकाजीका बेलामा अध्यागमन अधिकृत गएका थिए। उनकै पालामा अध्यागमन कार्यालयका ९ जना कर्मचारीहरुविरुद्ध मुद्दा चलाइएको थियो।

रामबन्धु सुवेदी प्रमुख अध्यागमन अधिकृत हुँदा भिजिट भिसामा १६ हजार ९ सय ५८ जना बिदेसिएका थिए। ५ महिना १२ दिन प्रमुख अध्यागमन अधिकृत भएर बसेका सुवेदीको पालामा दैनिक औसत ५ सय ६५ जना भिजिट भिसामा विदेश जाने गरेको पाइन्छ।

सुवेदी अहिले सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत छन्। कैलालीको सिडिओ रहेका गोगनबहादुर हमाल विमानस्थलमा हुँदा १८ हजार ४ सय ५६ जना नेपाली भिजिट भिसामा विदेश गएका थिए।

६ महिना ५ दिन प्रमुख अध्यागमन अधिकृत भएका हमालको पालामा दैनिक ६ सय १५ जना भिजिट भिषामा गएका थिए। उनकै पालमा माओवादी निकट रहेका कर्मचारी नरवीर खड्का लगायतलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले मुद्दा चलाएको थियो।

अहिले भोजपुरको प्रमुख जिल्ला अधिकारी रहेका नरबहादुर थापा विमानस्थलमा हुँदा २२ हजार २ सय ७९ जना भिजिट भिसामा बिदेसिएका थिए।

२ महिना १६ दिन अध्यागमन बसेका थापाको पालामा दैनिक ७ सय ४३ जना भिजिट भिसामा विदेश गएका थिए।

रमेश लेखक गृहमन्त्री भएपछि विमानस्थल पुगेका तीर्थराज भट्टराईको पालामा २० हजार ६सय ८८ जना भिजिट भिसामा उडेको थिए। ७ महिना १५ दिन अध्यागमन बसेका भट्टराईले दैनिक औसत ६८८ जना नेपालीलाई भिजिट भिसामा उडाएको देखिन्छ।

भिजिट भिसा काण्डले उनै भट्टराई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा तानिएका छन्। अध्यागमन विभागका प्रवक्ता एवं उपसचिव टिकाराम ढकालका अनुसार भिजिट भिसाको मापदण्ड पूरा गरेर जाने तर अधिकांशचाहिँ नफर्कने अहिलेको समस्या भएको बताउँछन्।

‘सरकारले तोकेको मापदण्ड पूरा गरेका हुन्छन् तर अधिकांश फर्केर आएका हुँदैन, त्यसको ट्राकिङमा पनि समस्या रहेको छ’, विभागका प्रवक्ता ढकालले भने।

रुद्रसिंह तामाङ अध्यागमन विभागको महानिर्देशक हुँदा २०८० माघ ९ मा भिजिट भिसामा नयाँ मापदण्ड लागू गरेको थियो। पुरानो १७ बुँदे मापदण्ड खारेज गरी ६ बुँदे नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको थियो।

सो कार्यविधि लागु भएपछि झन् बढी बिदेसिएका थिए। पुरानो मापदण्डअनुसार वार्षिक न्यूनतम पाँच लाख आय तथा १२ कक्षा उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र आवश्यक हुने प्रावधान थियो।

अहिले भने दुईतर्फी टिकट, होटेल बुकिङ र पाँच सय अमेरिकी डलर राख्नुपर्ने प्रावधान राखिएको छ। युएई, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबिया जानका लागि स्वघोषणा गर्नुपर्ने नयाँ प्रावधान राखिएको थियो।

भिजिट भिसामा जानेलाई १४ बुँदे यात्रा परामर्श पनि जारी गरिएको छ। प्रहरीले त्यतिबेला गरेको अनुसन्धानले डेढ लाख रुपैयाँसम्म लेनदेन गरी भिजिट भिसामा सेटिङ हुने गरेको देखाएको थियो।

त्यसपछि नयाँ नियम लागु गरेको थियो। भट्टराईलाई अख्तियारले छानबिनमा तानेपछि अध्यागमन कार्यालयहरूको नेतृत्व गर्ने अध्यागमन विभागले काजमा रहेका केही कर्मचारीलाई भने फिर्ता बोलाएको छ।

विभागले त्यहाँ कार्यरत कर्मचारीहरूसँग घटनाबारे अनौपचारिक रूपमा सोधपुछ गर्ने र त्यहाँ बढी भएका कर्मचारीलाई फिर्ता गर्ने काम गरेको हो।

अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 

आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock १२ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस