अग्रगामी कि प्रतिगामी ?
१६ पौष २०७७
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
अग्रगामी कि प्रतिगामी ?

प्रधानमन्त्री केपी ओलीले जब संसद् भंग गर्ने सिफारिस गरे उनलाई उनका आलोचकहरूले प्रतिगामी भने । यो सुन्दा नेपालमा को अग्रगामी, को प्रतिगामी, के अग्रगामी र के प्रतिगामी हो भनेर बुझ्न गाह्रो पर्‍यो । जुन प्रधानमन्त्रीलाई झण्डै दुईतिहाइ सांसदको समर्थन थियो त्यस्तो मानिस पनि प्रतिगामी हुन सक्ने रहेछ भनेर कसरी कल्पना गर्नु ? यो मुलुकमा धेरैले मानेको अग्रगामी विचार प्रचण्डपथको थियो । मानिस यसको गुणगान गरेर थाक्दैनथे । आज यसको नामै सुनिँदैन । यसमा त्यस्तो अग्रगमनका के/कस्ता विशेषता थिए शायद प्रचण्ड आफैँले पनि बिर्सिसके होला । अरूले त के सम्झेका होलान् र ? तैपनि नेपालमा अग्रगमन र प्रतिगमनको विवाद कायमै छ ।

प्रतिगामी भनेर गाली गर्नु एउटा कुरा हो, त्यो कुरा सत्य मात्रु अर्कै कुरा हो ।

नेपालमा अग्रगामी र प्रतिगामी भत्रे शब्दहरू राजनीतिक वृत्तमा खुबै चलेका छन् । तर के हो अग्रगामी, के हो प्रतिगामी स्पष्ट भएको छैन । कम्युनिस्टहरू सबैले आफूलाई अग्रगामी भन्छन्, अरूले आफूलाई के भन्छन् भत्रेमा उनीहरू चिन्ता गर्दैनन् । हुन पनि भएका सबै व्यवस्था, रीतिथितिलाई भताभुङ्ग पारेर नयाँ व्यवस्था ल्याउनु, नयाँ रीतिथिति बसाल्नु अग्रगामी जस्तो देखिन्छ । तर के नयाँ कुरा हुनेबित्तिकै अग्रगामी नै हुन्छ ? यसको जवाफ कसैले दिन मान्दैनन् किनभने नयाँ कुरा सधैँ अग्रगामी हुँदैनन् ।

एउटा आधारभूत कुरा लिउँ । कार्ल माक्र्स २०१ वर्षअगाडि जन्मे । उनले प्रतिपादन गरेको सिद्धान्त पुरानो भइसक्यो । त्यो सिद्धान्त बोकेर हिँड्ने मानिस कसरी अग्रगामी भयो ? कम्युनिस्टहरू कुनै पनि मुलुकमा ७० वर्ष भन्दा बढी टिकेका छैनन् । बूढो भएपछि सबै मर्छन् जस्तो गरी उनीहरू पनि मर्दै गएका छन् । त्यस्तो मानिस वा सिद्धान्तलाई अग्रगामी कसरी भत्रे ? अग्रगामी माने अगाडि बढ्नु हो । दुई सय वर्ष पुरानो सिद्धान्त बोकेर हिँड्नेलाई कसरी अगाडि बढेको मात्रे ?  

उता राजा चाहियो भत्रेलाई प्रतिगामी भनेर वर्णन गरिन्छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने १०–१५ वर्षअगाडि सम्म भएको राजा चाहियो भत्रेलाई कसरी प्रतिगामी भत्रे ? यसो भन्दा के राजा भएको मुलुक सबै प्रतिगामी हुन्छन् ? प्रतिगामी भन्दा के अगति परेको अथवा गतिहीन भएको अथवा अविकसित भएको बुझिंँदैन ? के यो कुरा सत्य हो ? के सबै राजा भएका मुलुक गतिहीन र अविकसित भएका छन् ? के जापान, बेलायत र कतिपय युरोपियन देश यस्तो अवस्थामा छन् ? त्यसो त छैन । तर फेरि किन बारम्बार यो कुरा दोहो¥याइन्छ ? त्यसकारण प्रतिगामी भनेर गाली गर्नु एउटा कुरा हो, त्यो कुरा सत्य मात्रु अर्कै कुरा हो ।  

राजसंस्थाको तुलनामा गणतन्त्रलाई अग्रगामी भत्रे गरिएको छ । के यो ऐतिहासिकरूपमा सत्य हो ? होइन । किनभने नेपालको २६ सय वर्षको इतिहासको सुरुमा गणतन्त्र भत्रे चीज थियो । शासक चुनिन्थे । तर सो व्यवस्था टिक्न सकेन । त्यही चीज अहिले चाहियो भत्रे मानिस कसरी अग्रगामी हुन्छ ? सो बुझिनसक्नु छ । गणतन्त्र भत्रे व्यवस्था कति वर्ष टिकेको थियो भत्रे स्पष्ट छैन । किनभने त्यसलाई महत्वका साथ हेरिने पनि गरिँदैन । त्यसको तुलनामा राजसंस्था नेपालमा अनेक किसिमको आए पनि १९० वटा राजा भएको अभिलेख छ । इतिहासको कुनै समयमा राजा सक्रिय थिए । कुनै बेला खोपीको देवता जस्तै थिए । कहिले आफैँले षडयन्त्र गरे । कहिले षडयन्त्रको सिकार भए । यो हिसाबले पनि राजसंस्थालाई प्रतिगामी नै भत्र मिल्दैन ।

जोन स्टुअर्ट मिल २१३ वर्षअघि जन्मेका थिए । उनी स्वतन्त्र अर्थतन्त्रका प्रवर्तक थिए । उनकै सिद्धान्तअनुरूप धेरै देशको अर्थतन्त्र आज पनि चलिरहेको छ । यसलाई अर्को शब्दमा पुँजीवादी व्यवस्था पनि भनिन्छ । यसका अनुयायीलाई के प्रतिगामी भत्रे ? यति प्रतिगामी नै हुन् भने के मात्र प्रतिगामी भएनन् ? अमेरिका प्रतिगामी भए, चीन प्रतिगामी भए, युरोपमा सारा मुलुक प्रतिगामी भए । यो हिसाबले हेर्दा खालि उत्तर कोरिया मात्र अग्र्गामी देखिन्छ ? के यसैलाई सत्य मानेर हिडौँ ?  

समाजवादका केही राम्रा गुण छन् । त्यसलाई सबै पुँजीवादी देशले पनि अंगीकार गरेका छन् । जस्तो– सामाजिक सुरक्षा । युरोपका धेरैजसो देशमा सामाजिक सुरक्षाको राम्रो व्यवस्था गरिएको छ । अमेरिका जस्तो पुँजीवादी देशमा केही वर्ष काम गरेपछि सरकारका तर्फबाट पनि रकम राखेर सामाजिक सुरक्षाको व्यवस्था गरिएको छ । हाल कोरोना महामारीमा ५००, ६०० डलर मात्र राहत दिइएकामा नपुगेर २,००० डलरसम्म दिने भनेर प्रस्ताव गरिएको थियो । तर त्यो त्यहाँको व्यवस्थापिकाले नै स्वीकार गरेन । तैपनि सिद्धान्ततः संकट परिआएको बेलामा जनतालाई सरकारले सहायता गर्नुपर्छ भत्रे सिद्धान्त समाजवादी हो । त्यस्तो आफूसित मेल नखाने सिद्धान्तलाई पनि अमेरिकाले अंगीकार गरेको छ । न त्यो अग्रगामी हो न प्रतिगामी । त्यो हो समय सुहाउँदो कदम जसलाई आज सबै सभ्य समाजले मानेका छन् । प्रतिगामी कि अग्रगामी भत्रे विवाद गरिरहेका छैनन् ।

लोकप्रिय
अर्को समाचार
जो न ओलीका सारथि रहनसके न मधेस मुद्दाका
०९ असार २०७८
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
जो न ओलीका सारथि रहनसके न मधेस मुद्दाका

प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित मंगलबार गृहजिल्ला रौतहट आइपुगे। उनलाई कालो झन्डा देखाउँदा माधवनारायण नगरपालिका–३ सखुवाका ललन यादव, गरुडा–५ का विजय यादव र दीपेन्द्र यादव पक्राउ परे। उनीहरू प्रहरी नियन्त्रणमै रहँदा सर्वोच्च अदालतको अन्तरिम आदेशबाट झासहित २० जना मन्त्री पद्मुक्त भए।

कामचलाउमा परिणत भएको ओली सरकारले मन्त्रिपरिषद् विस्तार गर्नु संविधानविपरीत भएको भन्दै परेका सात रिटमाथि सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश दिँदा उपप्रधान एवं सहरी विकास मन्त्रीको पद गुमाउने राजेन्द्र महतो सिन्धुपाल्चोकको पहिरो प्रभावित क्षेत्रको हवाई अवलोकनमा व्यस्त थिए।

पछिल्लो पटक मन्त्री बनेका मधेसका सांसद धमाधम गृहजिल्ला झर्ने क्रम चलेको थियो। नियुक्त भएयता धनुषा, महोत्तरी, सिरहा र रौतहटबाट प्रतिनिधित्व गर्ने संघीय सरकारका ६ मन्त्री गृहजिल्लामा स्वागत–सम्मान समारोहमा सरिक भए। बाक्लै भिडभाडबीच सहर–गाउँ डुलेर उनीहरूले सम्मान थापे । कोरोना संक्रमणको जोखिम बाँकी छँदै स्वास्थ्य मापदण्डको समेत ख्याल नगरी उनीहरू स्वागत–सम्मानमा व्यस्त रहे। मन्त्रीपद ग्रहण गरेलगत्तै उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ गृहजिल्ला धनुषा पुगे। निर्वाचन क्षेत्रका विभिन्न गाउँ पुगेर सम्मान ग्रहण गरे।  

लगत्तै संस्कृति, पर्यटन तथा नागरिक उ·यनमन्त्री उमाशंकर अरगरिया पनि गृहजिल्ला धनुषा पुगेर स्वागत र सम्मान थापे। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरी शुक्रबार र शनिबार धनुषा र महोत्तरीका विभिन्न स्थानमा स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भइन्। गत शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव हेलिकोप्टरमार्फत गृहजिल्ला सिरहा आए। सिरहाको पश्चिमी सीमा बन्दीपुरमा अवतरण भई सरकारी गाडीमा उनी चोहर्वास्थित घर पुगेका थिए। त्यसलगत्तै स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भएका उनी मोरङ तथा झापा पुगेर पेट्रोलियम पाइपलाइन तथा भण्डारण गृहको निरीक्षणमा व्यस्त भइरहँदा पदमुक्त भएका छन्। यादव जेठ २७ गते मन्त्री बनेका थिए।

सर्वोच्चको अन्तरिम आदेशबाट मन्त्रीपद गुमाउनेमा प्रदेश २ कै बढी छन्। कारण ओली सरकारलाई सुरक्षित बहुमतका लागि जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष टेको बनेका थिए। पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवले ठाकुर, महतोसहितका पदाधिकारीलाई निष्कासन गरेको जनाएका छन्।  

ठाकुरले जसपाको आधिकारिकता आफूलाई दिनुपर्ने भन्दै निर्वाचन आयोग गुहारेका छन्। आयोगले ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न पत्राचार गरेको छ। जसपाका अर्का अध्यक्ष यादव पक्षले शुक्रबार आधिकारिकता माग गर्दै निवेदन दिएपछि आयोगले त्यसको प्रतिलिपि संलग्न गरी ठाकुर पक्षलाई १५ दिने सूचना दिएको हो। जसपाको विधानअनुसार उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा कार्यकारिणी सदस्यको भौतिक उपस्थिति गराएरै बहुमत साबित गरिसकेको एक पदाधिकारीले बताए। निष्कासनमा परेको ठाकुर पक्षले निर्वाचन आयोगमा आधिकारिकता पुष्टि गर्न नसक्ने पक्का रहेको मधेसका राजनीतिज्ञ बताउँछन्। ‘पार्टीलाई चिरा पारेर सरकारमा पुगेकाहरू पदमुक्त भएपछि कहींको रहेनन्’, राजनीतिज्ञ खुशीलाल मण्डलले भने, ‘न मधेस मुद्दाको पक्षमा उभिन सके न सरकारमै टिक्न सके।’

रेशम चौधरीको रिहाइ र मधेसका आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ताको सिँढी चढेर सरकारमा पुगेकाले तिनै माग पनि पूरा गराउन नसकेको उनले बताए। ‘संविधान संशोधनमार्फत पूरा हुने मधेसको माग त उनीहरूको प्राथमिकतामै थिएन’, उनले भने। यस घटनाले राजेन्द्र महतोसहित महन्थ पक्षधर नेताको लक्ष्य केवल सरकारमा सहभागी हुनु रहेको उनले बताए। ‘फेस सेभिङका लागि मुद्दा फिर्ताका कुरा, नागरिकताका कुरा उठाएका हुन्। मुख्य उद्देश्य त सत्ता र सरकार नै रहेछ भने पुष्टि भयो’, मण्डलले टिप्पणी गरे।

सद्भावना पार्टीको आधिकारिकताका लागि लामो समय निर्वाचन आयोग धाएको अनुभूति साझा गर्दै मण्डलले नागरिकसँग भने, ‘हेर्नुस्, जसपाको अधिकारिकता उपेन्द्र यादवले नै पाउँछन्। बहुमत कार्यकारिणी उनकै पक्षमा छन्। अब महन्थजीका सामुन्ने दुइटा विकल्प छन्। उपेन्द्र यादवको नेतृत्व स्वीकार गरेर जसपामै बस्ने अथवा अर्को पार्टी खोल्ने।’

जसपाभित्र परेको चिराले मधेसको मन पनि फाटेको छ। मधेसले चाहेको बलियो, कसिलो पार्टी हो। ‘उनीहरू मिल्दा मधेसको मतको वजन पनि बढ्छ’, मण्डल भन्छन्, ‘०७२ को निर्वाचनमा सहकार्य गर्दा मधेसको मतको भार संघीय समाजवादी र राजपा पक्षमा परेको थियो। जसका कारण यी दुई दलले प्रदेश २ अर्थात् कोर मधेसमा सरकार बनाए। पछि दुवै दल एकीकरण हुन पनि बाध्य भए।’

जसपा फुटेपछि मधेसको मत पनि बाँडिन्छ। मण्डल भन्छन्, ‘०६४ देखि ०७२ सालसम्मको निर्वाचनमा मधेसी दललाई परेको मतलाई मूल्यांकन गर्दा हुन्छ। पहिलो संविधानसभामा मधेसी एक ढिक्का हुँदा मधेसभरि जितको झन्डा फहराएको मधेसी जनअधिकार फोरम चिरा पर्दा दोस्रो संविधानसभा निर्वाचनमा अखाडामै नराम्ररी पछारिएको थियो। अब आउने निर्वाचनमा पनि असर देखिने निश्चित छ।’

ओली नेतृत्वको सरकारमा महन्थ–राजेन्द्र पक्षका ११ जना मन्त्री हुँदा समेत मधेस उत्साहित देखिएको थिएन। यसको एउटा कारण हो–ओलीको मधेसप्रतिको व्यवहार। तेस्रो मधेस आन्दोलनका बेला उनको मधेसप्रतिको दृष्टिकोण र व्यवहारबाट चिढिएको मधेस अझै शान्त भैसकेको छैन। जसले मधेस आन्दोलनमा बलिदानी दिने सपूतलाई सम्मान दिन सकेनन्, मुद्दाका बारेमा सुन्न तयार भएनन्, उनको नेतृत्व अल्पमतमा पर्दा टेको बन्नेसँग पनि मधेसी जनताले उस्तै व्यवहार गर्ने पक्का रहेको मण्डलको विश्लेषण छ। ‘ओलीलाई साथ दिने जसपाका पदाधिकारी न मधेसका रहे र सरकारका’, उनले भने।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस