शुक्रबार बारा परवानीपुरकी १७ वर्षीय युवतीको कोरोना संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपचारको क्रममा उनको स्थानीय गण्डक कोभिड अस्पतालमा मृत्यु भएको हो । गत बुधबार वीरगंज हेल्थकेयर अस्पतालमा लगिएकोमा आरडिटी परीक्षण गर्दा पोजिटिभ आएपछि बिहीबार अस्थायी कोभिड अस्पताल रेफर गरिएको थियो । साउन ९ गते कोरोना पुष्टि भएको थियो । उनमा जीउ काम्ने र पखाला लाग्ने र श्वास–प्रश्वासमा समस्या देखिएको थियो ।
उनीसंगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । गत चौविस घण्टामा थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ पुष्टि संख्यासंगै नेपालमा कुल १८ हजार ४ सय ८३ जना संक्रमित संख्या पुगेको छ । शनिबार थप १ सय ६ जना निको भई डिस्चार्ज भएपछि नेपालमा कुल निको हुनेको संख्या १३ हजार ५३ अर्थात् ७०.६२ प्रतिशत छ ।
गत चौविस घण्टामा परीक्षण भएका कुल ४ हजार ७५ नमुनामध्येमा १ सय ९ जनामा पुष्टि भएको हो । यो संक्रमण दर भनेको २.६७ प्रतिशत हो । सवै भन्दा बढी संक्रमित हुने जिल्लाहरुमा सप्तरीमा ११ जना, डोटीम १३, सुर्खेतमा ११ जना छन् । त्यसैगरी हाल देशभरिमा १८ हजार १ सय ८३ जना क्वारेन्टिनमा छन् भने सकृय संक्रमितहरु ५३ सय ८५ जना छन् ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन खुलेपनि कोरोना संक्रमणको उच्च जोखिम रहेको जनाउँदै लापरवाही नगर्न सवै जनतालाई आग्रह गरेको छ । दैनिक जीवनमा कोरोनाबाट सुरक्षित हुने उपाय अपनाएर मात्र काममा जानको लागि अनुरोध गरेको छ ।
कोरोना संक्रमणका कारण थप ३३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रका अनुसार गत बिहीबारदेखि आइतबारसम्म नेपालका विभिन्न अस्पतालमा गरी थप ३३ संक्रमितको मृत्यु भएको हो।
पछिल्लो तथ्यांकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ३५ पुगेको छ। पछिल्लो पटक मृत्यु हुने संक्रमितमा धेरैजसो खोप नलिएका, दीर्घरोगी र वृद्धवृद्धा रहेको चिकित्सकले जनाएका छन्। यस्तै पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना संक्रमणदर २६.९ प्रतिशत देखिएको छ। कुल परीक्षण भएका १३ हजार १ सय ४५ वटा नमुनामा ३ हजार ५ सय ४० मा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमणदर एक साताको तुलनामा २२ प्रतिशत र शनिबारकोे तुलनामा ९ प्रतिशत विन्दुले घटेको तथ्यांकले औंल्याएको छ। परीक्षणदर घटेकाले संक्रमणदर पनि घटेको हो। मन्त्रालयले शंका लागेमा कोरोना परीक्षण गराउन सबैलाई आग्रह गरेको छ। ‘स्थानीय तहमा एन्टिजेन परीक्षण निःशुल्क छ, शंका लागेमा परीक्षण गर्नुहोला’, मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा व्यवस्थापन महाशाखा प्रमुख डा. रुद्र मरासिनीले भने।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी छ। जसअनुसार ३ हजार ५ सय ४० जना नयाँ संक्रमित र निको हुने ६ हजार ३ सय ५९ जना छन्। आइतबार नेपालमा सक्रिय संक्रमित संख्या ८३ हजार ९ सय ९९ छ। ८२ हजार ३ सय ५९ जना होम आइसोलेसन र १ हजार ६ सय ३० जना संस्थागत आइसोलेसनमा छन्। जसमध्ये २ सय ८५ जनाको आइसियु र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
‘सिटामोल अभाव छैन’
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले केन्द्रीय र पथलैयामा १० लाख प्यारासिटामोल ट्याब्लेट भण्डारणमा रहेको जनाएको छ। मन्त्रालयले गर्ने नियमित पे्रस ब्रिफिङका क्रममा आइतबार महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले यस्तो जानकारी दिएका हुन्। ‘केन्द्र र पथलैयामा गरी १० लाख ट्याब्लेट प्यारासिटामोल भण्डारणमा छ,’ उनले भने।
केही सातादेखि बजारमा प्यारासिटामोल अभाव थियो। चिकित्सकले कोरोना संक्रमितलाई ज्वरो घटाउन प्यारासिटामोल सेवन गर्न सुझाव दिँदै आएका छन्।
डा. मरासिनीले देशभरका सरकारी स्वास्थ्य संस्थाबाट सिटामोल निःशुल्क रुपमा वितरण गरिरहेको र थप ५० लाख ट्याब्लेट नेपाल औषधि लिमिटेडबाट खरिद गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिए।
माघभित्रै थप ४० लाख डोज खोप आउँदै
स्वास्थ्य सेवा आपूर्ति महाशाखाले थप ४० लाख डोज खोप केही दिनभित्रै नेपाल आइपुग्ने जनाएको छ। महाशाखा प्रमुख डा. रुद्र मरासिनीका अनुसार सिनोभ्याकको खोप आउन लागेको हो। अस्ट्राजेनेकाको थप खोप पनि आउने क्रममा रहेको उनले बताए। दुई महिनाभित्र ५ देखि ११ वर्षभित्रका बालबालिकालाई समेत खोप दिने तयारी भइरहेको जानकारी उनले दिए।
हालसम्म नेपालमा ४ करोड २० लाख ४९ हजार ९ सय ४० डोज खोप आइपुगेको छ। जसमध्ये ३ करोड ८ लाख ७६ हजार ९ सय डोज खोप प्रयोग भइसकेको छ। कुल जनसंख्याको ५४ प्रतिशतले खोपको पहिलो मात्रा र ४६ प्रतिशतले पूर्ण मात्रा लिइसकेको मन्त्रालयले जनाएको छ।
१८ वर्ष उमेरमाथिका ८३ प्रतिशतले पहिलो मात्रा र ७० प्रतिशतले दोस्रो मात्रा खोप लिइसकेका छन्। ७३ लाख खोप भण्डारणमा रहेको महाशाखाले जनाएको छ। कोभिड संक्रमण भएका बेला खोप नलगाउन मन्त्रालयले अनुरोध गरेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।