पछिल्लो २४ घन्टामा थप १ हजार ६१४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार २४ घन्टामा २३ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय १२ पुगेको छ।
हाल देशभर कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० रहेको छ।
यस्तै, पछिल्लो २४ घन्टामा १ हजार ४३७ जना कोरोना मुक्त भएका छन्। यो सँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ रहेको छ।
देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ भने ६८० जना क्वारेन्टिनमा रहेका छन्।
बाँकेमा पछिल्लो २४ घण्टाभित्र ९ सय २४ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ४ जनालाई कोरोना संक्रमण भएको छ। भेरी अस्पतालमा ६ सय २५ जनाको परीक्षण गर्दा मंगलबार ३ सय ९४ जनालाई कोरोना पुष्टी भएको छ। यस्तै नेपालगन्ज मेडिकल कलेजको कोहलपुर ल्याबमा २ सय ९९ जनाको परीक्षण गर्दा २ सय १० जनालाई कोरोना देखियो। यसमध्ये बाँकेका मात्र २ सय ६६ पुरुष र २ सय ५५ महिला गरी ५ सय २१ जना संक्रमित भएका छन्।
योसँगै बाँकेमा अहिलेसम्मको कुल संक्रमितको संख्या पुरुष ६ हजार ५ सय ३६ र महिला ४ हजार ५ सय ६५ गरी ११ हजार १ सय १ पुगेको छ। यसैगरी बाँकेका ४ र बाहिरी जिल्लाको २ गरी मंगलबार ६ जनाको मृत्यु भएको छ। अहिलेसम्म बाँकेका १ सय ४३ र बाहिरी जिल्लाका १ सय २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। अहिलेसम्म २ हजार १ सय ५७ पुरुष र १ हजार ७ सय ८८ महिला गरी कुल ३ हजार ९ सय ४५ जना आइसोलेसनमा बसिरहेका छन्।
यसमध्ये १ हजार ८ सय ७६ पुरुष र १ हजार ६ सय ८७ महिला गरी ३ हजार ५ सय ६३ जना होम आईसोलेसनमा छन्। भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज तथा अन्य आईसोलेसन सेन्टरमा ३ सय १९ पुरुष र २ सय १० महिला गरी ५ सय २९ जना बसिरहेका छन्। बाहिरी जिल्लाका १ सय ४७ जनाको बाँकेका अस्पताल तथा आईसोलेसन सेन्टरमा उपचार भइरहेको छ।
केन्द्रका अनुसार मंगलबार १ सय ८२ पुरुष र १ सय ६० महिला गरी ३ सय ४२ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म ४ हजार २ सय ९७ पुरुष र २ हजार ७ सय १६ महिला गरी कुल ७ हजार १३ जना डिस्चार्ज भइसकेका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।