संसद् सचिवालयले गरेको कोरोना परीक्षणमा ६९ जनामा कोरोना भाइरस पुष्टि भएको छ। शुक्रबार बेलुकीसम्ममा १५ जना सांसद र अन्य कर्मचारी, सुरक्षाकर्मी गरी ६९ जनामा कोरोना संक्रमण भएको संसद् सचिवालयले जनाएको छ।
कोरोनाको दोस्रो लहरपछि संसद् सचिवालयका कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएको छ। पहिलो लहरमा पनि करिब ४० जना कर्मचारीमा कोरोना संक्रमण भएको थियो। दोस्रो लहरमा पनि निकै धेरैमा संक्रमण भइसकेको सचिवालयले जनाएको छ। शुक्रबार एक जनाको मृत्युसमेत भएको छ। संघीय संसद् सचिवालयमा कार्यरत कानुनका उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट निधन भएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए। संसद् सचिवालयले सांसद र कर्मचारीको पिसिआर परीक्षण अनिवार्य गरेपछि उनले २ दिनअघि २२ गते संघीय संसद् भवन नयाँ बानेश्वरमा स्वाब दिएका थिए।
बिहीबार मात्र उनमा कोरोना पुष्टि भएको थियो। कोरोना देखिएको दोस्रो दिनमै उनको मृत्यु भएको छ। केही महिनाअघि मात्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट संसद् सचिवालयमा सरुवा भएर आएका उपसचिव खनालको शुक्रबार बिहान मृत्यु भएको सचिवालयले जनाएको हो। खनालको पत्थरीको उपचारका लागि भर्खरै शल्यक्रिया भएको र मुटुसम्बन्धी पनि स्वास्थ्य समस्या रहेको थियो। त्यही समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए।
वैशाख २२, २३ र २४ गते गरी १ हजार २ सय ३४ जनाको स्वाब संकलन गरिएकामा ६ सय १४ जनाको रिपोर्ट आएको छ। वैशाख २२ गते ६ सय ९ जना, २३ गते ५ सय २५ जना र २४ गते करिब १ सय जनाको संसद् भवन नयाँ वानेश्वरमा स्वाब संकलन गरिएको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पिएमओ) का अनुसार जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएको छ।
उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायसँगै निजी क्षेत्रले पनि सहयोग गरिरहेको कार्यालयले जनाएको छ। बाढी आएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको थियो। सेना र निजी क्षेत्रका हेलिकोप्टरसमेत प्रयोग गरी उद्धार कार्य सुरु गरिएको थियो।
नेपाली सेनाको टोलीले रातभर स्थलमार्गबाट उद्धार कार्य जारी राखेको थियो। बिहीबार बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर र पैदल टोलीलाई थप सक्रिय बनाइएको छ।
फसेका नागरिकको उद्धारसँगै बेपत्ता भएकाहरूको खोजीलाई पनि तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रलाई प्रभावित क्षेत्रमा केन्द्रित गरिएको कार्यालयले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।