पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसबाट ३५ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ।
यस्तै, २४ घन्टामा थप ४ हजार ९२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सर्लाही, धनुषा र सप्तरीमा ५ जना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङको रंगेली नगरपालिका ८ का ४५ वर्षीय पुरुषको साउन २१ गते मृत्यु भएको हो ।
ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि उपचारका लागि कोसी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । यस्तै मोरङको विराटनगर महानगरपालिका ४५ वर्षीय पुरुषको पनि कोसी अस्पतालमै साउन २१ गते उपचारका क्रममा मृत्यु भएको हो ।
सर्लाहीको मलंगवा ८ का ६५ वर्षीया वृद्धाको साउन २१ गते सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा उपचारका क्रममा निधन भएको उनले बताए । यस्तै धनुषा मिथिला नगरपालिका–१० का ७२ वर्षीया वृद्धाको साउन १७ गते उपचारका क्रममा ओम अस्पतलामा काठमाडौंमा मृत्यु भएको हो ।
दम उच्च रक्तचापका विरामी उनमा निमोनियाको पनि समस्या थियो । यस्तै सप्तरीका ४२ वर्षीय पुरुषको साउन २१ गते निधन भएको प्रवक्ता डा. गौतमले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।