संग्रह
कोरोनाबाट थप एकजनाको मृत्यु, मृतकको संख्या २९
कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा रौतहटका ३० वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
कोरोनाबाट थप दुई जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३४
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका १ र रुपन्देहीका १ जनाको कारोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गोरखाको पालुङटार ७ का ४४ वर्षीय पुरुषको आज विहान उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै रुपन्देही देबदहका ७५ वर्षका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको उनले बताए ।
कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३५ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागलुङका २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । बागलुङको मुसिखोला ३ का २९ वर्षीय ती पुरुषको २१ गते क्वारेन्टिनमा मृत्यु भएको हो ।
कोरोनाबाट काठमाडौंको दुई सहित थप तीनजनाको मृत्यु
काठमाडौंका दुई सहित नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ठेगाना भएका दुई र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको हो ।
कोरोनाबाट थप एककाे मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीका ७३ वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ७३ बर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
कोरोनाबाट थप एक जनाको मृत्यु
नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मृत्यु हुनेमा वीरगञ्ज माइस्थानका ७० वर्षीय वृद्ध रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वास प्रस्वासमा समस्या आएपनि उनी नारायणी अस्पताल भर्ना भएका थिए ।
चार दिनभित्र वीरगन्जमा कोरोनाबाट दोस्रो मृत्यु
कोरोना संक्रमणका कारण चार दिनभित्र वीरगन्जमा दुई जना व्यक्तिको मृत्यु भएको छ । शुक्रबार एक जना ८५ वर्षीय बृद्धाको मृत्यु भएको छ भने यसअघि गत मंगलबार एक जना ६० वर्षीय पुरुषको मृत्यु भएको थियो ।
कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४५ पुग्यो
नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाराको परवानीपुर ८ की १७ वर्षीया किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।
थप तीन जनाको कोरोनाबाट मृत्यु, नेपालमा मृत्यु हुनेकाे संख्या ४८ पुग्यो
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एक भारतीय नागरिकसहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज बाराको फेटा–३ का ६० वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी निमोमिया, मस्तिस्क घात र मृगौला सम्बन्धि रोगबाट पीडित थिए ।
नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु
मंगलबार नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ९ गते निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो । बझाङको बुंगल ३ का ६५ वर्षीय पुरुषको साउन ९ गते निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।