नगरपालिका र जिल्ला अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र जिल्ला अस्पताल बैतडीलाई संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) ले स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई सजिलो होस भन्ने हेतुले संक्रमण रोकथामका सामग्री हस्तान्तरण गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए । दशरथचन्द नगरपालिका मातहतका सम्पूर्ण स्वास्थ्य संस्था, पाटन नगरपालिका मातहतका सम्पूर्ण स्वास्थ्य संस्था र जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरूका लागि सामग्री हस्तान्तरण गरिएको हो । सेनेटाइजर, ग्लोब्स, सर्जिकल मास्क, एन ९५ मास्क, इन्फ्रारेड थर्मोमिटर, साबुन, एप्रोन लगायतका स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको हो ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषबाट प्राप्त सामग्रीले कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मीका लागि केही सहज हुने दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए । यसअघि कोषले क्वारेन्टिनमा बसेका महिलाका लागि डिग्नीटी किट वितरण गरेको थियो ।
स्वास्थ्य वीमा सेवा झन्झटिलो भएको सेवाग्राहीहरुले गुनासो गरेका छन्। अस्पतालहरुमा वीमा सेवा लिन झन्झटिलो प्रक्रिया पूरा गर्नु परेको सेवाग्राहीले गुनासो गरेका हुन्।
स्वास्थ्य वीमा कार्यक्रम लागू भएका प्रदेश १ का अस्पतालहरुमा उपचार सेवा पाउन कुनै अस्पताल वा कुनै स्वास्थ्य चौकीबाट रेफर भएको हुनुपर्ने व्यवस्थाले समस्यामा पारेको सेवाग्राहीले बताएका छन्। स्वास्थ्य वीमा सञ्चालन भएका अधिकांश अस्पतालमा उपचार गराउन आएकाहरुले सेवा प्रक्रिया झन्झटिलो हुँदा हप्तौसम्म अस्पताल धाउनु पर्ने बाध्यता रहेको गुनासो गरेका छन्।
वीमा कार्ड लिएर उपचार गर्न कोसी अस्पताल आएका विराटनगर–३ का ७५ वर्षीय नारायणप्रसाद सुवेदीले सेवा लिन झन्झटिलो भएको बताए। ज्वरो, रुघा र छाती दुखेर उपचार गर्न आएका सुवेदीले भने, ‘पुर्जा लिन, डाक्टरलाई जचाउनदेखि औषधि लिँदासम्म घण्टौं उभिएर सेवा लिनुपर्ने बाध्याता रहेको छ। एकातिर बिरामी त्यसमा वृद्ध अवस्थाका हामी घण्टौं लाइनमा बस्दा झन सास्ती खेप्नु परेको छ।’ अन्य पद्धतिभन्दा वीमा कार्डबाट सेवा लिन झन्झटिलो र ढिलो हुने गरेको छ।
अस्पताल प्रशासनले ज्येष्ठ नागरिकका लागि छुट्टै छिटोछरितो व्यवस्था गरिदिए सहज हुने थियो, सुवेदीले भने।
स्वास्थ्य वीमाकार्डबाट उपचार गराउन आएकाहरुले धेरै झन्झट खेप्नु परेको बताए। सामान्य रोगको औषधि पाए पनि कडा रोगको औषधि र महँगा औषधि स्वास्थ्य वीमा कार्डबाट नपाउने हुँदा समस्या परेको बताउँछन्।
प्रदेशमा स्वास्थ्य वीमा कार्यक्रम प्रभावकारी भए पनि सेवा प्रक्रिया झन्झटिलो रहेको छ। कर्मचारीको अभाव र कागजपत्र मिलाउन समय लाग्ने भएकाले वीमाबाट उपचार गराउन सेवाग्राहीलाई झन्झटिलो भएको बताएका छन्। तर सरकारी सहयोग नपाउँदा वीमा कार्यक्रम व्यवस्थापनमा समस्या भएको अस्पतालले जनाएको छ।
कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले अस्पतालमा बिरामी अत्याधिक चाप भएका कारण लाइन बस्नु पर्ने बाध्यता आएको हो। लाइनमा भीडभाड हुने र पालो मिच्ने समस्या देखिएपछि अस्पतालले टोकन सिस्टम लागू गरी भीड व्यवस्थापन गर्ने प्रयास गरेको छ।
दैनिक १ हजार बढी बिरामी आउने भएका कारण ओपिडीमा अत्याधिक भीड हुने गरेको छ। त्यस कारण अस्पतालले टोकन मेसिन राखेर भीड नगरी सेवा दिइने व्यवस्था मिलाएको हो।
स्वास्थ्य वीमा कार्यालय प्रदेश १ का अनुसार नेपालमा ४२ लाख २२ हजार ६ सय ११ जनाले स्वास्थ्य वीमा गरेका छन्। प्रदेश १ मा १३ लाख ७५ हजार ६ सय ८२ जनाले वीमा गराएका छन्। प्रदेशमा ९८ वटा अस्पतालबाट बिमितहरुले सेवा पाउँछन्। सरकारी ७२, निजी २१ र सामुदायिक ५ वटा अस्पतालबाट उपचार सेवा पाउँदै आएका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।