कोरोनाबाट ज्यान गुमाएका शिशुको मृत्यु प्रमाणपत्र दिन अस्पतालको आनाकानी
१९ असार २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोनाबाट ज्यान गुमाएका शिशुको मृत्यु प्रमाणपत्र दिन अस्पतालको आनाकानी

जलजला गाउँपालिका–४ लामाखेतकी सिमा पुनले आफ्नै कोखबाट जन्मिएको छोरालाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा गुमाईन् । कोरोना भाइरस सक्र्रमणको कारण ४९ दिनको छोरा गुमाएकी पुनको आँखामा अझै आँँसु रोकिएको छैन । उनको छेउमै रहेका श्रीमान समेत दोस्रो सन्तानको उपचार गरेर घर फर्किने चाहना अधुरै भएको बताउँछन्। अस्पतालमा शिशुलाई कोरोनाबाट गुमाएपछि सिमा, उनका श्रीमान र फुपुको स्वाब परीक्षण गरिएको थियो । पिसिआर रिपोर्ट नेगेटिभ आएको पनि शिशुको मृत्यु प्रमाणपत्र माग्दा समेत अस्पतालले दिन आनकानी गरेपछि शुक्रबार साँझसम्म अस्पतालमै छन् ।  

‘छोराको मृत्यु प्रमाणपत्र पाए घर फकिन्थ्यौं,‘पटक–पटक माग्दा समेत दिएनन्’ सिमाको भनाई उद्धित गदैं उनका आफन्त अमृत पूर्जाले भने । अस्पतालमा शुक्रबार दिनभरी शिशुको प्रमाणपत्र माग्दा समेत बेवास्ता गरेको भन्दै प्रमाणपत्र नपाएसम्म घर नजाने अडान लिएको बताए । अस्पतालले शिशुको मृत्यु प्रमाणपत्र नदिदाँ अनेक आशंका उब्जिएको पूर्जाले बताए । 

‘मृत्युको प्रमाणपत्र दिन आनकानी गरिएको छ, ‘लापरवाहीलाई कोरोना भनेर उम्किने प्रयास त होईन्’ उनले प्रश्न गरे । काखमा लुटपुटिन नपाउँदै कोरोना जस्तो भयानक रोगको शिकार भएको भन्दै भावुक बनेका सिमा र उनका श्रीमानलाई आफन्तले सान्त्वना दिने प्रयास गरेका छन्। म्याग्दीको धवलागिरी गाउँपालिका–४ मल्कवाङको भेडिखाल्टा पुख्र्यौली घर भई हाल पर्वतको लामाखेतमा बस्दै आएकी सिमाले गएको वैशाख ३१ गते बेनी अस्पतालमा शिशुलाई जन्म दिएकी थिईन् ।

शिशुको आन्तरिक शारिरीक बनावटमा समस्या देखिएपछि जन्मिएको भोलीपल्टै मणिपाल अस्पताल पोखरा रिफर गरिएको थियो । मणिपालबाट जेठ ८ गते थप उपचारका लागि काठमाडौं पठाइएको थियो । शिशु जन्मिदाँ ज्वरो थिएन्, ‘आन्तरिक समस्या देखेर पोखरा रिफर गरिएको हो ।’ बेनी अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले भने । 

शिशु जन्मिएको मितिमा म्याग्दीमा कुनैपनि कोरोना संक्रमति थिएनन्। लामो समय आइसियूमा राखिएको शिशुमा कोरोना संक्रमण काठमाडौंमा भएको अनुमान गरिएको छ । गएको असार ९ गते अस्पताल भर्ना भएका शिशुलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिरहेको क्रममा बुधबार मृत्यु भएको थियो । मृतक शिशुको अन्तेष्टी गरिएपनि परिवारका सदस्यहरू अस्पतालमा मृत्युको प्रमाणपत्रको पखाईमा छन् ।

लोकप्रिय
अर्को समाचार
स्वास्थ्य वीमा सेवा झन्झटिलो
२० साउन २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
स्वास्थ्य वीमा सेवा झन्झटिलो

स्वास्थ्य वीमा सेवा झन्झटिलो भएको सेवाग्राहीहरुले गुनासो गरेका छन्। अस्पतालहरुमा वीमा सेवा लिन झन्झटिलो प्रक्रिया पूरा गर्नु परेको सेवाग्राहीले गुनासो गरेका हुन्।  

स्वास्थ्य वीमा कार्यक्रम लागू भएका प्रदेश १ का अस्पतालहरुमा उपचार सेवा पाउन कुनै अस्पताल वा कुनै स्वास्थ्य चौकीबाट रेफर भएको हुनुपर्ने व्यवस्थाले समस्यामा पारेको सेवाग्राहीले बताएका छन्। स्वास्थ्य वीमा सञ्चालन भएका अधिकांश अस्पतालमा उपचार गराउन आएकाहरुले सेवा प्रक्रिया झन्झटिलो हुँदा हप्तौसम्म अस्पताल धाउनु पर्ने बाध्यता रहेको गुनासो गरेका छन्।  

वीमा कार्ड लिएर उपचार गर्न कोसी अस्पताल आएका विराटनगर–३ का ७५ वर्षीय नारायणप्रसाद सुवेदीले सेवा लिन झन्झटिलो भएको बताए। ज्वरो, रुघा र छाती दुखेर उपचार गर्न आएका सुवेदीले भने, ‘पुर्जा लिन, डाक्टरलाई जचाउनदेखि औषधि लिँदासम्म घण्टौं उभिएर सेवा लिनुपर्ने बाध्याता रहेको छ। एकातिर बिरामी त्यसमा वृद्ध अवस्थाका हामी घण्टौं लाइनमा बस्दा झन सास्ती खेप्नु परेको छ।’ अन्य पद्धतिभन्दा वीमा कार्डबाट सेवा लिन झन्झटिलो र ढिलो हुने गरेको छ।

अस्पताल प्रशासनले ज्येष्ठ नागरिकका लागि छुट्टै छिटोछरितो व्यवस्था गरिदिए सहज हुने थियो, सुवेदीले भने।

स्वास्थ्य वीमाकार्डबाट उपचार गराउन आएकाहरुले धेरै झन्झट खेप्नु परेको बताए। सामान्य रोगको औषधि पाए पनि कडा रोगको औषधि र महँगा औषधि स्वास्थ्य वीमा कार्डबाट नपाउने हुँदा समस्या परेको बताउँछन्।  

प्रदेशमा स्वास्थ्य वीमा कार्यक्रम प्रभावकारी भए पनि सेवा प्रक्रिया झन्झटिलो रहेको छ। कर्मचारीको अभाव र कागजपत्र मिलाउन समय लाग्ने भएकाले वीमाबाट उपचार गराउन सेवाग्राहीलाई झन्झटिलो भएको बताएका छन्। तर सरकारी सहयोग नपाउँदा वीमा कार्यक्रम व्यवस्थापनमा समस्या भएको अस्पतालले जनाएको छ।  

कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले अस्पतालमा बिरामी अत्याधिक चाप भएका कारण लाइन बस्नु पर्ने बाध्यता आएको हो। लाइनमा भीडभाड हुने र पालो मिच्ने समस्या देखिएपछि अस्पतालले टोकन सिस्टम लागू गरी भीड व्यवस्थापन गर्ने प्रयास गरेको छ।  

दैनिक १ हजार बढी बिरामी आउने भएका कारण ओपिडीमा अत्याधिक भीड हुने गरेको छ। त्यस कारण अस्पतालले टोकन मेसिन राखेर भीड नगरी सेवा दिइने व्यवस्था मिलाएको हो।  

स्वास्थ्य वीमा कार्यालय प्रदेश १ का अनुसार नेपालमा ४२ लाख २२ हजार ६ सय ११ जनाले स्वास्थ्य वीमा गरेका छन्। प्रदेश १ मा १३ लाख ७५ हजार ६ सय ८२ जनाले वीमा गराएका छन्। प्रदेशमा ९८ वटा अस्पतालबाट बिमितहरुले सेवा पाउँछन्। सरकारी ७२, निजी २१ र सामुदायिक ५ वटा अस्पतालबाट उपचार सेवा पाउँदै आएका छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस